राजा ज्ञानेन्द्रको समवेदना सन्देश

राजा ज्ञानेन्द्रको समवेदना सन्देश

भावविह्वल अवस्थामा राजा ज्ञानेन्द्र
शनिवार मध्यान्ह ११:५६ मा अप्रत्याशितरुपमा आएको महाभुकम्पबाट राजधानी लगायत देशका विभिन्न जिल्लामा ठूलो संख्यामा नेपाली नागरिकहरूको दुखद निधन हुनाको साथै काष्टमाण्डप, धरहरा जस्ता धार्मिक एवं ऐतिहासिक महत्वका अनेक मन्दिर एवं स्मारकहरुको क्षति भएकोमा अति दु :ख व्यक्त गर्दछु ।

यस प्राकृतिक विपताबाट मृत्यु भएकाको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछु । साथै विनाशकारी भुकम्पबाट विपत्तिमा परेकाको उद्धार, घाईतेहरुको उपचार र राहत कार्यमा सबै मिलेर सक्दो सहयोग पुर्‍याउन आव्हान गर्दछु ।
उद्धार र राहतले भुकम्प पीडितलाई रुनु न हाँस्नु बनायो

उद्धार र राहतले भुकम्प पीडितलाई रुनु न हाँस्नु बनायो

गएको शनिवारका दिन घटित ह्दयविदारक महाभूकम्पले ८० लाख भन्दा बढी नेपाली जनताहरू आहत भएका छन् । ११ बजेर ५६ मिनेट अर्थात मध्यान्ह नमुना पर्यटकीय जिल्ला गोरखाको बारपाक गाउँलाई केन्द्रविन्दू बनाएर आएको महा प्रलायकारी भूकम्पले यो सम्पादकीय लेख्दासम्म करिब पाँच हजार तीनसय जनाको ज्यान गएको अर्थात मृत्यु भइसकेको छ भने करिब आठ हजार पाँचसय जति घाइते फेला परेका छन् । तथापि मृत्युदर अझ बढ्न सक्ने संभाव्यता यथावत नै छ । तरपनि नेपाल सरकार नतमस्तक छन् । राहत र उद्धारको नाममा सिंह दरबारको नाकैमुनि महाभूकम्पले तहस नहस भएको घर र जनधनको सुरक्षा राख्न नसकेको कटू यथार्थता सारा नेपालीबीच घाम झैं छर्ल·िएको छ ।
यसैगरी घर अर्थात जनधनको नोक्सानी व्यहोरेका काठमाण्डौ, ललितपुर र भक्तपुरका पीडितहरूका बुवा, छोरा वा छोरीको त ज्यान गुमाए–गुमाए, बाँच्न सफल भएका जिवितहरू खुल्ला आकाशमा दुई रात बिताउँदा पनि जनताका प्रतिनिधि अर्थात नेपाल सरकार नतमस्तक भएर बस्नुले सारा नेपालीहरूको शीर लाजले झुकेको छ । दुईदिनसम्म खुल्ला आकाशमा वर्षा अर्थात आकाशे पानीमा मुसा रुझे झैं बसेका काठमाण्डौ उपत्यकाका नेपाली जनताहरू चार दिन बितिसक्दा पनि पानी र खानाको अभावले भोकभोकै बस्नु परेको ह्दयविदारक दृष्य अर्थात घटनाले सुशील कोइराला नेतृत्त्वको सरकार जनताप्रति कति इमान्दार र उत्तरदायी रहेछन् भन्ने यथार्थता छरप्रष्ट भएको छ ।
दुई तीन दिनसम्म पानी र खाना खान नपाउनु र महाभुकम्पले ढलेका घर अर्थात दबिएका मृतकका शरीरहरू पुरिएर रहेकै अवस्थामा नै रहिरहनुले मृत्यु हुनेको संख्या थप दुई गुणा बढी हुन सक्ने प्रष्टै छ ।
तसर्थ आज पाँच दिन बितिसक्दा पनि महाभुकम्पले ढलेका घर तथा पुरिएर अर्थात धसेर मृत शरीर यथावतै अवस्थामा रहिरहनुले नेपाल सरकारले राहत तथा उद्धार कार्यमा तदारुकता देखाउने खरायोको चालले काठमाण्डौ उपत्यकामा महामारीको समस्या उत्पन्न हुने त होइन ? भनि सारा नेपालीले लख काट्न थाल्नुले थप डर, त्रास र भय बढ्दै गएको छ ।
अन्त्यमा महाभूकम्पले पीडित जनतालाई राहत तथा उद्धारको नाममा हातमा लागे शून्य झैं उपहारको पोको बाँड्ने सुशील कोइरालाको सरकारको प्रतिवद्धता र इमान्दारिता जग हसाँई भएको छ । यो कटू सत्य हो । कोइराला सरकार नालायक बन्न पुगेको छ ।
अन्त्यमा–प्रकृतिको यस महाप्रलयकारी विनाशलीला अर्थात महाभूकम्पमा परेर अकालमै ज्यान गुमाउन पुगेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीप्रति क्राइम चेक साप्ताहिक परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ भने घाइते सम्पूर्णको शीघ्रातीशीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।

प्रकाशित मितिः२०७२  वैशाख १८ गते विहीवार
भू–कम्प पीडितकालागि अल लायन्सद्वारा राहत सामग्री

भू–कम्प पीडितकालागि अल लायन्सद्वारा राहत सामग्री

वीरगंज, १७ वैशाख/
गत शनिवार आएको महाविनाश र प्रलयकारी भूकम्पबाट घरबार प्रभावितहरूकालागि देश विदेशबाट राहत तथा उद्धार कार्य भइरहेको समयमा वीरगंजका सम्पूर्ण लायन्स क्लवले पनि राहत सामग्री संकलन गरेर प्रभावित क्षेत्र धादिङ तर्फ पठाएको समाचार जानकारीमा आएको छ । लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानुले दिनु भएको जानकारी अनुसार विभिन्न लायन्स सदस्यहरूबाट संकलित करिब ८ लाख मूल्य बराबरको राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको थियो । 
लायन्स क्लवले दुई वटा ट्रकमा लोड गरि बुधवार पठाएको राहत सामग्रीहरूमा ७०० पिस त्रिपाल, टेन्ट,  ४ क्वीन्टल च्यूरा, ४ हजार किलो भूजा, ४०० किलो सख्खर, ६० कार्टुन बिस्कुट, ७०० किलो चाउचाउ, ८०० किलो आलु, प्याज, मसला, मैनबत्ती, सलाई, खानेपानी, लत्ता कपडा लगायतका सामग्रीहरू रहेको थियो ।
त्यसैगरी लायन्स क्लव अफ जितपुर/सिमराले पनि संयुक्त रुपमा बुधवार ४ लाख ७५ हजार पाँच सय बराबरको सामग्री धादिङ बेसी तर्फ पठाएको छ ।
त्यस्तै बिहीवार पनि करिब पौने तीन लाख बराबरको सामग्रीहरू नौबिसे खानीखोला पठाइएको लायन्स क्लव अफ जितपुर सिमराका प्रेसिडेन्ट मन्तोष चौधरीले जानकारी दिनुभयो । त्यसमा गजुरीमा एकलाख ११ हजार पाँसयको र अर्को तीन लाख ७५ हजारको अर्को सामग्री धादिङ तर्फ गएको थियो ।
जितपुर–सिमरा लायन्सले पठाएको राहत सामग्रीमा पनि टेन्ट, त्रिपाल, डोरी, चाउ चाउ, एक ट्रक खानेपानी, च्यूरा, चाउचाउ, दालबुट, बिस्कुट, प्लाष्टिक लगायतका लगायतका खाद्य सामग्रीहरू नै रहेको थियो । 
बुधवार धादिङ बेसीमा गएको राहत सामग्री अहिलेसम्मकै पहिलो रहेको प्रेसिडेन्ट चौधरीले जानकारी गराए । 
जोन चेयर पर्सन रामेश्वर रौनियार, होम बहादुर क्षेत्री, लायन रामनिवास, लायन संजय लगायतको टोली राहत सामग्री लिएर गएको थियो भने 
वीरगंजबाट आइडी इन्डोर्सी सन्जय खेतान, डिस्ट्रिक्ट गभर्नर रमेश अग्रवाल, डिस्ट्रिक्ट सेक्रेटरी डिएन अग्रवाल, रिजन चेयर पर्सन देव चौधरी, चिफ एरिया को आर्डिनेटर विजय गुप्ता, डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानु तथा विभिन्न लायन्स क्लवका सदस्यहरू संदीप केडिया, धिरज दारुका, मनस सिस्का, मनोज बावरी, मुकेश खेतान, संजय मारु, गौरव अग्रवाल, राधेशश्याम खेतान, हरिन्द्र प्रसाद गुप्ता, चन्द्र शेखर पटेल, रामेश्वर प्रसाद गुप्ता, रामप्रवेश सिंह, दिपेन्द्र उपाध्याय, प्रजय हरलालाका, विनित जैयसवाल, गणेश बगारिया भवरलाल पारिक, नेपाल रेडक्रस सोसाइटीका मदन गुप्तालगायतहरूको सहभागितामा राहत सामग्री संकलन गरिएको थियो ।  
विश्वकै सबन्दा ठूलो र मूख्य सेवामुखी क्लवको रुपमा स्थापित लायन्स क्लवले आवश्यक परेको खण्डमा लगातार यस किसिमका राहतहरु उपलब्ध गराइरहने जनाएको छ ।








१९९० सालको भूकम्प गएको ४ बर्ष पछि जुद्धशमशेरले राष्ट्रको नाममा गरेको सम्वोधन

१९९० सालको भूकम्प गएको ४ बर्ष पछि जुद्धशमशेरले राष्ट्रको नाममा गरेको सम्वोधन

भाइभारदार प्रजावर्ग,
९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो। परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, नपाइरहेकालाई पाल छाप्रो टहरो बाँस खर टिन पाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ।
.
भताभुङ्ग लथालिङ्ग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्राम गर्न पाऊन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड मधेसको समेत जंगल खोलिदिइ दुनियाका निमित्त लखन रुपैयाको काठपात बेदाममा छोडियो। ठाउँठाउँ भट्टा बनाई पोलाएको करोडन इट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकाएको टिन पाता किलाकाँटाहरू सरल मोलमा पाउने प्रबन्ध पनि भयो। नेपालमा भएजति कालीगड पनि पहिले दुनियाका निमित्त छोडिए। भत्किई बिग्रिई खण्डहर सरह शून्य उदासलाग्दो भइरहेका सहर गाउँहरूमा ठाउँठाउँ थुप्रिरहेको र सडकको र दुनियाका नासिएका घरको माटोसमेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो।
.
फण्ड खोली दिनहीन दुःखीहरूलाई त्यसबाट बक्स पाउने बन्दोवस्त पनि हुन गयो। सानाठूला सबैलाई एकै बाजी त्यस्तो ठूलो भूकम्पको मारबाट उठ्नलाई फण्डबाट मात्र नपुग्ने, थातवासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टक्कै अड्कने, पुगिसरी आउनेहरूसँग पनि सबैका घरमा नगद महजुद नरहने खोजमेल गरुन् भने अर्कालाई पनि उस्तै परिरहेको, ऋण काढ्नातिर लागून् भने स्वार्थी सुदखोरहरू पहिले त्यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि ऋणीलाई संकष्ट परेको मौका छोपी बेढव बढी व्याज घीउ खानी खोज्ने भई दुःखीहरूमाथि दुःख थपिन जान भई धेरैजसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहनुपर्ने भएको देखिँदा तिनीहरूलाई त्यो संकटबाट उकास्ने महलवसरि बिना व्याजमा चार वर्षको भाखा गरी सापट दिनानिमित्त मोरु पचास लाख रुपैया पर सारियो त्यसमध्ये मोरु २९८२३१-६२ सापटीको रुपमा गयो।
.
यी सबै प्रम्बन्ध र मद्दतबाट भूकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुविस्तैसँग आफ्नो थातबास तयार गरी जहान बच्चा मालमत्ता थान्को लगाई आनन्दसँग बस्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले, तीन तलेको चारतले पुराना छाँटकाँटको ठाउँमा नयाँ छाँटकाँटको ठूलो र सुविस्ताको घर तयार गरेका छन्। देवालय पाटी पौवाहरू पनि धेरै नै बने यति हुन गएकोले अ‍ैले देख्ने नया मानिसले हेर्दा नेपालमा भूकम्पको मार त्यत्तिको भएको थियो के त भनेजस्तो दृश्य प्रत्यक्षै देखिरहेछ। यतिसंम यति चाडो हुन सक्नु सानो सन्तोषको कुरा होइन। भूकम्पको त्यत्रो मारमा परेको नेपाल आफ्नै बलले फेरि यति चाँडो खडा भयो भन्ने कुरा छापामा छापिएको तिमीहरू सबैले देखे सुनेकै होलाऊ।
.
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु। त्यो दैवी दुर्घटनामा भत्केका घर पर्खालले मिची अकाल मृत्यु भएकाहरूको आत्माको शानित र उद्धारको खातिर आफूले महाकाली किनारामा गरेको सहस्र गोदानको पुण्य अर्पण र सप्ताह लगाउने काम पनि भयो शास्त्रानुसार तिनीहरूको अवश्य उद्धार हुन गई तिन्को परत्र सुध्रन गएको हुनुपर्दछ दुर्गतिको लक्षण पनि केही कतै देखिदैन सुनिदैन।
.
आफ्ना इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रव्य यस काममा उठेको फण्डमा राखिदिने बन्दोबस्त भएकोले कुल जम्मा मोरु १०७४६१३-७९ नोटकंरु २७३३१।।.।।३ आएको हो त्यसमध्ये नानी नानी कमान्डर इनचीफ जनरल पद्मशंशेर जंग–राणा र नानी फ.क.ज. मोहनसंशेर जंग राणा प्रवृत्ति ६ जना (फ.क.ज. बबरसंशेर, द.क.ज. केसरसंशेर, ज. सिंहसंशेर, ज. कृष्णसंशेर, ज. शंकरसंशेर) हाम्रा भतिजाहरूतर्फबाट र सीताभवन महारानी भाउजू औ हामी र हाम्रा बडामहारानीबाट गरी दश लाख चालीस हजार मोरु जम्मा हुन आयो, विदेशमा रहेका नेपाली र नेपालमा रहेका गुरुपुरोहित भारदार दुनियाबाट र नेपालमा रहेका विदेशीहरूबाट गरी मोरु ३४९१३।७९ नोटकंरु ४२९४।। चन्दा आएको थियो।
स्नेहले विशेष सहानुभूति प्रकट गरी बृटिश जापानी हिन्दुस्थानी सज्जनहरूले पनि नोटकंरु २३०३७।२।।३ पठाएका थिए । सो आएको जम्मै दाम फण्डमा जम्मा हुन गएको छ। यो फण्डबाट यहाँ नेपाल खाल्डाका र पहाडका समेत अकिञ्चन दीनदुःखीहरूलाई जिल्लाजिल्ला गाउँगाउँसम्म डोर पठाई अन्न बस्त्र बाँड्ने, ब्यु मासिएकालाई ब्यु दिने, दुनियादारको भत्केको घर छाप्रो कटेरा बनाउनलाई दाम दिने माटो मिल्काइदिने इत्यादि काममा गरी जम्मा मोरु ५४४४।६८ नोट कंरु ३८४२।।। खर्च भइसकेको छ।
.
सोबाहेक भूकम्पले भत्केको बिग्रेका देवदेवालय पाटी पौवाहरूको जीर्णोद्धारको खर्च, भूकम्पोद्धारसम्बन्धी काम गर्नालाई नया थप भएका कामदार कारिन्दाहरूको तलब मसलन्द रेलभाडामा भएको खर्च अधी फण्डतर्फबाट भइरहेको थियो तापनि तिमीहरूलाई मद्दत र सुविस्ता होओस् भन्ने मनसायले सो खर्च पनि सरकारतर्फबाटै गर्ने बन्दोबस्त मिलाएकाले अब फण्डपट्टी नोट कंपनीको पनि मोहरै गरी जम्मा मोरु ५६०९५६। बाकि रहने गराई सापटीवाला तिमी दुनियाहरूलाई पाटीमा सोधभनी गरिदिने बन्दोबस्त गरिएको छ।
.
प्यारा प्रजा हो
यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएकै छ। त्यस्तो परि आउँदा त्यहाँका वासिन्दाहरूले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगधन्दातिर झन् मन बढाई आफ्नो आँत र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन्। यही नेपालमा पनि शक्ति सिंहदेवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ। त्यत्तिको टाढाको के कुरा सय वर्ष अगाडि १८९० सालमा पनि यस्तै उत्पात्ले धेरै धनजन घर देवालय सहरको नास गरेको रहेछ।
.
त्यसबेला ती भूकम्पले पछारिएका प्रजाहरू केवल आफ्नै आँट र उद्योगका जोरले फेरि उक्सिएका थिए भन्ने पनि बुझिन आउँछ। यी कुराहरूले सदा सर्वदा उद्योगमा दत्तचित्त भई प्रजा प्राणीहरूले आफ्नो जीवन सुजीवन बनाउँछु र स्वावलम्बी भई आफ्नो देशको उन्नति गर्नु असल मार्ग हो भन्ने देखाइरहेको छ। दैवी विपत् परी हानिनोक्सानी भएमा सो हानिको पूर्तिको लक्ष्य गरी विशेष परिश्रम लगाई उद्योग गर्नतिर नलागे अघिका परिस्थितिसम्म पुग्न पनि गाह्रो हुने हुन्छ । उद्योगधन्दाको ख्याल सुखमा भन्दा दुःखको अवस्थामा हुने गर्छ।
.
सांसारिक जीवनमा सँधै सुखको दिन मात्र आइरहँदैन केहीले कस्तै परि आउँदछ, कहिले कस्तै मुलुकमा लडाइँभिडाइको काम परि आयो भने अवस्था अनुसार जस्तो परिआउँदा सो बेहोरी मिठोमसिनोको ख्याल छोडी स्वास्थ्यलाई हानि नगर्ने रुख्खासुख्खा सादा चीज जो पाइन्छ, त्यो पनि आधा पेट खाएर निर्वाह गरी जुन काम गर्नाले आफ्नो मुलुकको परिस्थिति सप्रने र आफ्नो तरफको भलाइ पनि हुने हुन्छ, त्यतैतिर ती मुलुकका प्रजाहरू लाग्ने गर्छन् जस्तो लडाइँ भिँडाइ, उस्तै देशमा परिआएको दैवी दुर्घटना पनि दैवी लडाइँजस्तो हो। अकस्मात् त्यस्तो दैवी परिआएपछि घरबास तयारी गरी जहानबच्चाको थान्को लगाउनामा दत्तचित्त भएझैं तिमीहरूले क्षतिपूर्तितिर जाँगर बढाई उद्योगधन्दामा लागी मितव्ययीको बानी बसाली सकेसम्म चाँडो स्वावलम्बी हुने, धन्दामा पनि दत्तचित्त हुने बेला थियो।
.
अवस्थाअनुसार खस्रोधस्रो लगाई रुख वा सुख्खा खाईकन पनि निर्वाह चलाई, सौखिनी फजुल खर्च घटाई, खेतीवालाले अन्नको उब्जा बढाउने, एक बाली हुनेमा २-३ लगाउने र बढी दाम आउने वस्तु पैदा गर्ने, कपडा बुन्नेले बढी कपडा बुनी तयार गरी सो तयार भएका मालको प्रचार बढाउने, गाइवस्तु पाल्नेले त्यसतर्फको उन्नतिमा लाग्ने, व्यापारीहरूले व्यापार बढाउने, शिल्पकार कालिगडहरूले शिल्प र कालिगडी काम तर्फ विशेष यत्त्र पुर्याउने, यस्तै अरु जजस्को जुनजुन काम छ उसमा हौसला बढाई परिश्रम साथ उद्योगधन्दातिर लागे त्यसबाट बढी आर्जन गरेको धनले आफ्नो निर्वाह चलाई थोडबहुत जो सकिन्छ साँच्दै जन सकिने भई देशमा उद्योग बढे देशको पैसा देशैमा रहने र अरु तरहबाट आफ्नो भलाई साथसार्थ देशको पनि भलाई हुने कुरा जानेबुझेकै होलाऊ, नजान्ने नबुझ्नेले पनि जान्नुबुझ्नु योग्य छ।
.
यही मितव्यायी हुने स्वावलम्बी हुने तरफ अर्थात् चाहिँदो बाज्जी मात्र खर्च गर्ने र, आफ्नो भरमा आफू उभ्भिन सक्ने सद्रुणतर्फ हाम्रा प्यारा प्रजाको चित्त आकर्षण गर्नखातिर भूकम्पपछि कुनै बेजरुरी देखिएको वस्तु देशदेशान्तरबाट आउनै बन्द गर्ने, कुनै अनावश्यक वस्तुमा भन्सार बढाउने, कुनै आवश्यक वस्तुमा घटाउने गरेको र, उद्योगपरिषद् स्थापन र स्वदेशी चीजको प्रदर्शनी आदिको प्रबन्ध गरी बाटो देखाउने उपाय पनि भएको हो।
earthquake1990
विचार गर, मुलुकको उन्नति र अवनति त्यहाँका बासिन्दा प्रत्येकको आत्मीक बलको उन्नति र अवनतिसँग सम्बन्ध राख्तछ, उन्नतिको चाहना कस्लाई हुँदैन। देशकाल अवस्था र आफ्नो हविगत इत्यादि कुराको विचारको ठीक तौल पु्र्याई उपातिर लाग्नुपर्छ। टाढासम्म विचारको नजर अगाडि फैलाई, धैर्य र जाँगर दुई हातमा लिई उपाय उद्योगतिर लागेपछि गरेअनुसार अवश्य केही न केही फाइदा नभई रहँदैन । यिनै कुरा मौका परेमा तिमीहरूलाई बराबर सम्झाई बोध गराउने।
.
कोसिस गर्दै रहेको हुँ मुलुकको बहत्तरी प्रजालाई सुख कसरी हुन सक्ला भन्ने ध्यानमा हामी निरन्तर लागिरहेको तिमीहरूले देखेजानेकै होलाऊ । सो सापट गएको रुपैयाँको म्याद पुगेपछि संस्थाको शोधभर्ना आउनुपर्नेमा कतिले बुझाई पनि सके, बुझाउन बाँकी राख्नेलाई ऐले वर्षा र खेतिपातिको काम पर्न गएकाले कार्तिकसम्मको म्याद पनि फेरि थप गरिएको छ। सो म्यादसम्ममा पनि शोध बुझाउन नल्याएको पक्षमा सो सापटको रुपमा गएको रुपैया लिखतबमोजिम धितो लेखिएको घरबाटै उपर गर्ने कुरा तम्सुकैमा लेखिएको र, आम इस्तिहार समेत भई राखेका हुनाले त्यही घर पक्री लिलाम गर्न केही बाधा थिएन।
.
त्यसो गर्दा भत्केको घर सबैलाई एकैचोटि तयार गर्नुपरेको पर्खेर विस्तार गर्ने अवसर नभएकोले कालिगढको र अरु ज्यालादारीको महगीले बढी खर्च पर्न गए पनि आफ्नो थातवास चाँडो जोरी बस्नालाई पुरानो आफ्नो सामानसमेत काम लाग्नेजति काममा लगाई ती घरहरूमा तिनीहरूको निजायति धन पनि केही न केही कसेको परेको होला, त्यस्तो घर लिलाम हुन जाँदा तिनीहरूको मन कल्पनातीत कुरा त छँदैछ, लिलाम लिनेले भरसक किफायतैमा हात लाउन खोज्ने भई तिनबाट सुफत मोल नपाइने स्वभावै हुनाले जेनकेन गरी बल्लबल्ल उभ्याएको वासस्थान काम दाममा अर्काको हातमा पर्न जाने भई ती घरवालाहरू फेरि विनास्थानका हुन जाने छाँट देखिन आयो।
.
कोही कोहीले ता सोही घर साहूलाई भोगबन्धक दिने गरी कर्जा लिई शोध बुझाउन ल्याएका छन् भन्ने पनि सुनिन्छ, धितो लेखिए घर सर्कारैमा भोगबन्धक राखिने गरी भने पनि दुवैथरीलाई पछिसम्मको टन्टा छुट्ने भएन। फेरि प्रजाहरूको बासको सुख पनि तिनीहरूका हातमा हुने भएन। ब्यांकबाट कर्जा मिल्ने प्रबन्ध हुन गएमा पनि ऋणमाथि झन् ब्याज थपिँदै जाने भयो । भाखा पाए तिर्ने थियौं भन्ने यस्तो भनाइ पनि सुनियो।
.
के चार वर्षको भाखा कम थियो र ? त्यो चार वर्षको ब्याज सयकडा पाँचका दर्ले मात्र दिनुपरेको भए पनि कति तिनुर्पे भइसक्ने थियो, आफैं हिसाप गरी हेर, यी सबै कुरा परिस्थिति र ऋणीहरूको अवस्था विचार गरी हेर्दा सर्कारको हारगुहारबाट तनमनधन लगाई प्रजाहरूले ऐले पाइरहेको विश्रामको सुख सपना जस्तो मात्र हुने भई पहिलो भूकम्पको घाउ परिँदा नपुरिँदा तिनीहरूले फेर दोस्रो दुःखको अवस्थाको अनुभव गर्नुपर्ने होल भन्ने छाँट देखिन लाग्यो।
.
हेर, सर्कार र दुनियाको सम्बन्ध बाबुछोराको जसतै हो, त्यति मात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यंग बेग्लाबेग्लै रहेको छता पनि ती सबै मिली एक शरीर एक ज्यान बनेको छ। शरीरभर फिजिने ज्ञान शक्तिको मूल कामानी शिरमा रहेको छ। त्यतैबाट शरीरका सारा अवयवहरूको सञ्चालन हुने हुनाले शिरलाई ‘उत्तमांग’ अंगप्रत्यंगमा जो सुखदुःख पर्दछ, त्यो शिरले र शिरमा जे पर्दछ त्यो अंगप्रत्यंगले अनुभव गर्दछ उसमा पनि कुनै अंगमा चोटपटक लाग्न जाँदा त्यसका साथसाथ अरु अंगले पनि केही न केही दुःख अनुभव नगरी रहन्न भन्ने सबै अंगसँग सम्बन्ध राख्ने उत्तमांगमा त झन् विशेष मात्रामा असर पुग्न जान्छ भन्ने स्पष्टै छ जस्तो शरीरको उत्तमांग शिर, उस्तै प्रजाहरूका उत्तमांग सर्कार हुन्। अर्थात् राज्यका अंगप्रत्यंग प्रजाहरू र उत्तमांग सर्कार बनिरहेका छन्। ती सबै मिली एक शरीर एकज्यू भएको हुन्छ । सरकारलाई परेको सुख दुःखमा प्रजाले र प्रजालाई परेको सुखदुःखमा सर्कारले सहानुभूति देखाई सहयोग गर्नु स्वाभाविक हुनुपन्र्यै कुरा हो।
.
सरकारलाई पनि प्रजातर्फको फिकर मात्र होइन कि सरकार्रले खुद बनाउनुपर्ने दर्बार सर्कारि या घर अड्डअस्पताल असवावघर धरहरा नया बाटो ठाउँठाउँका पाटी पौवा पुराना शिल्पस्थान देवालय इत्यादि जगैदेखि बनाउनुपर्ने जीर्णोदार कारिन्दाहरूको तलबमसलन्द रेलभाडा बाटा खर्चसमेत गरी सयका लाठी एकको बोझ भने झैं त्यसतर्फ पनि सर्कारलाई बोझ कम परेको छैन, अझ पनि खर्च बराबर हुँदैछ तापनि हार्दिक भावभक्ति राखी सर्कारको कल्याण चिताई आफ्ना परिश्रमको जोरले स्वदेशको कल्याणतिर लागिरहेका पुत्रवत् प्रजामा यी विशेषगरी यस्तै ठूलो दुर्घटना परेमा हार्दिक स्नेहसाथ हुन सकेसम्म हारगुहार गरी रक्षा गर्नु सर्कारको कर्तव्यै हो, सोहीअनुसार त्यो भयानक भूकम्पमा तिमी प्रजाहरूको उद्धार निमित्त सकभर गरी अघि यही ठाउँमा ‘यस अवस्थामा मैले गर्नुपर्ने गरिरहेको छु अब पनि गरी हुनेसम्म गर्नामा बाकी राख्ने छैन’ भनेको तिमीहरूले सम्झीराखेकै होलाऊ।
.
यी सबै कुराको ख्याल साथसाथै संस्थाका ऋणी प्रजाहरूले सो ऋणको खातिर चिन्ता लिइरहेका छन् भन्ने सुनिए बुझिएको र तिनीहरूले ऋण लिएको दाम अकार्थमा लाएको नभई अघि भनेबमोजिम जुन कामका निमित्त लिएको छ सोही स्ववासी घर वास खडा गर्नेमा लगाएको, सो लगाउँदा भएको खर्चको दाम पनि आफ्नै सहबासी कालिगढ ज्यामी आदि प्रजामा फिजिन गएको समेत सबै कुराको ख्याल राखी यो पटक आफ्ना प्यारा प्रजालाई चिन्ता र संटबाट पार गराउने उद्देश्यले यो भूकम्पोद्धार संस्था तर्फबाट तमसुक गराई सापट गएको २९८२३१६.६२ मध्ये फण्डको जगेराबाट भर्ना हुने मोरु ५६०९५६ कटाई बाँकी मोरु २४२१३६०.६२ जम्मै तिमीहरूको सुखशान्तिको खातिर माफी गरिदिएको छु।
.
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु। घरघर माटाका चुला भनेजस्तो सानालाई सानै, ठूलालाई ठूलै चोट परेको छ । सुख दुःखको वेदना सबैलाई उही हो।
.
त्यसौ हुनाले तिनीहरूले चार वर्षको भाखामा सोध बुझाउने कवुल गरी तम्सुक लेखी संस्थाबाट लिएको सापटी सोध भई आइसकेको भए पनि फिर्ता गरिदिने प्रबन्ध हुनेछ। आजसम्म अरु जुन जुन सज्जनहरूले आफ्नै परिश्रमको कमाइले होओस् वा साहु काडेर होस् सोध बुझाउन ल्याएका छन्, तिनलाई पनि यो बुझाएको दाम फिर्ता लिदने बन्दोबस्त हुने छ। पाउने छौं खातिर जामासँग सुखशान्तिपूर्वक विश्रम गरुन । ईश्वरमा धर्ममा र सरकारमा अटल रही उद्योग बढाई सुजीवन गराउँदै रहुन् ।
.
यो भूकम्पोद्धार सम्बन्धी सुरुदेखि आखिरतक हरेक विषयमा आडरबमोजिमको आफ्ना आफ्ना कामकाममा नानी कम्पाउन्डर इन चीफ पश्चिमतर्फ का कम्पाउन्डिङ जनरल लगायत हाम्रा भाइछोराहरूबाट र नायव बडागुरुज्यू भाइभारदार अफिसर कर्मचारीबाट औ स्वयंसेवकहरूबाट पनि परिश्रम र तन्देही साथ काम भई चांडो सन्तोष मिल्ने बाटो बन्न गएकाले पल्टनीय जवानहरू र पुलिहरूलाई एक लाख इनाम र विशेष काम गर्नेहरूलाई धन्यवाद नेकीपत्र मानपत्र तक्माहरू समेत अघो बाँडी कृतज्ञता पनि प्रकट गरिसकिएकै छ। ती राम्रो काम गर्नेहरूलाई समाप्तिको यो अवसरमा पनि फेरि धन्यवाद गर्दछु।
(तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले १९९० सालमा गएको भूकम्पपछि देशवासीका नाममा गरेको सम्बोधन)
श्रोतःरेडियो कान्तिपुर 
महाभूकम्प पछि राजा ज्ञानेन्द्र पनि सडकमा......

महाभूकम्प पछि राजा ज्ञानेन्द्र पनि सडकमा......

उमेश साह कानु
वीरगंज डेस्क/गएको शनिवार आएको महाभुकम्पबाट नेपाली नागरिकले भोग्नु परेको पीडा, त्रास र भयावह स्थितिले प्रत्येक नागरिकहरू खाली खुल्ला चौरमा आत्मसुरक्षाकालागि बस्न बाध्य भएपछि राजा ज्ञानेन्द्र पनि उही पीडाबाट गुज्रिरहेकोले भोलीपल्ट एकाविहानै बस्तुस्थिति नियाल्न खुल्ला चौरमा बास बस्न बाध्य भएका उपत्यकाबासीहरूको जायजा लिन सडकमा ओर्लिए ।
भू–कम्पबाट घरबार बिहिन भइ आफन्त गुमाएको अवस्थामा समेत राज्य पक्षबाट हुने उद्धारको पर्खाईमा बसेका जनतासामु राज्यका उच्च निकायमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री अथवा सरकारी नियोगका कोही पनि प्रभावित अर्थात पीडितहरु समक्ष उपस्थित नहुँदा जनतामा निराशा छाएको समयमा राजगद्दीबाट सत्ताच्युत गरिएपश्चात सामान्य नागरिकझैं बन्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह मुलुकबासीले भोग्नु परेको पीडामा सहभागी हुन जनता भएको ठाउँमा सामान्य लुगामा पुग्नुले देश र जनताप्रति कसको माया र ममता बढी छ भन्ने प्रस्ट्याएको छ ।
महाभूकम्प लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी शिव सेना नेपाल, हिन्दु युवा संघ नेपाल, लायन्स क्लव इन्टरनेशनल लगायतका विभिन्न परोपकारी संघ संस्थाले तत्काल नै उद्धार तथा राहतकालागि कृयाशील हुनु सह्रानीय कार्य भएको छ । र सो सराहनीय कार्यबाट आहात हुनेहरुको संख्या केही कम हुन पुगेको छ । र तत्कालै विभिन्न मित्रराष्ट्रहरूबाट आएको सहयोग पनि अन्तर्राष्ट्रिय विमानस्थलमा नै थन्किन पुग्नुले राहत तथा उद्धार कार्यमा कति सक्षम भयो भन्ने विषय आफैं प्रष्टिएको छ ।

यस विषम परिस्थितिको बज्रपातमा गुज्रेको मुलुक र मुलुकबासीले आफ्ना आफन्त र परिवारका सदस्य गुमाएर जति पीडाको अनुभूति गरिरहेका छन् ठीक त्यति नै पीडा राजा ज्ञानेन्द्र र उनका परिवारका सदस्यहरूले महसुश गरेका छन् । राजा ज्ञानेन्द्रले गद्दी परित्याग गर्दा पनि संभवत: यस्तो पीडाको अनुभूति गरेका थिएनन् शायद । यो कुरा समाचारमा प्रस्तुत फोटोमा राजा ज्ञानेन्द्रको अनुहार हेरेर स्वत: अनुमान गर्न सकिन्छ ।
(फोटो श्रोत: रमा सिंह फेसबुक पेज)

प्ररकाशित मितिः२०७२ वैशाख १७ गते बिहीवार
महाप्रलय अनुभूति: पाँच घण्टापछि फर्किएको उज्यालो संसार

महाप्रलय अनुभूति: पाँच घण्टापछि फर्किएको उज्यालो संसार

महाप्रलय अनुभूति:
पाँच घण्टापछि फर्किएको उज्यालो संसार
– ईश्वोरा भट्टराई
२०७२ वैशाख ११ गते शुक्रवार परेको लोकतन्त्र दिवस र त्यसको भोलिपल्ट शनिवार समेत गरी दुई दिने सार्वजनिक विदा परेकोले मन मस्तिष्क र शरीरले आराम पाएको अनुभूति बिहीवारसाँझदेखि नै भईरहेको थियो । शुक्रवार र शनिवार परेको दुईदिने विदामा लामो समयदेखि थांति रहेका घरका कामहरू सरसफाईकासथै केही किनमेल गर्न बजारतिर जाऔंला भन्ने मनमनै आन्तरिक योजना
बनाएको थिएँ । शुक्रवारको दिन त्यसै बितिसकेको थियो । त्यसको भोलिपल्ट अर्थात शनिवार अरुदिनभन्दा अलि अबेला उठेर घरको नियमित काम अर्थात खानपनि र भाँडाकुटी गर्दै ११:३० बजिसकेको थियो । एकछिन थकाई मारेर बजार जाऔंला भन्ने सोच्दै टिभी खोलेर हेर्न थाले ।
म टिभी हेर्दै थिएँ छोरी र घरमा काम गर्ने नानी खेल्दै थिईन् । लोडसेडिङको समय नभएपनि एक्कासी बत्ती गयो, बत्ती गए लगत्तै टिभी, पर्खाल लगायत जमीन हल्लिन थाल्यो । यो भुकम्प नै हो भन्ने मैले थाहा पाइसकेको थिएँ किनभने यस अगाडी पनि अर्थात चार वर्ष अगाडी असोज १ गते को भूइँचालोको अनुभव मैले बटुलिसेकेको छु । धर्ती हल्लिने बित्तिकै नानीहरूलाई लिएर बाहिर रोडतिर भाग्ने प्रयास गरें । बाहिर निस्किने बित्तिकै मान्छेहरू भागाभाग थियो भने घर अगाडीको बिजुलीको खम्बामा केवल अर्थात डिस टिभीको काम गरिरहेका मान्छे हत्पती पोलबाट हाम फाल्यो । यत्तिहुँदासम्म धर्ती जोरले हल्लि रहेको थियो, घरहरू हल्लिरहेका थिए । नानीहरू अत्तालिएर मलाई समाएर बसेका थिए । करिब तीन मिनेट जतिको ठूलो हलचल पश्चात धरतीले विश्राम लिईन् । विश्राम लिने बित्तिकै हामीकहाँ मात्र यस्तो आएको हो कि अन्त पनि आएको छ भनेर सोधी खोजी गर्न थालें । फोन कतै लागिरहेको थिएन । करिब आधा घण्टालगातारको प्रयासपछि सबभन्दा मिल्ने साथीकोमा फोन लाग्यो । ऊ पनि निक्कै आत्तिएको अवस्थामा थियो ऊ भएको ठाउँतिर पनि भु–कम्प गएको रहेछ । ऊ ठीक भएपनि उसको घर परिवार, र आमाकोमा फोन नलागेर ऊ अत्तालिएको थियो । उसको कुशलताको जानकारी पाएर उसलाई सबै ठिक होल भनि सम्झाई बुझाइगरेर फोन राखेंपछि अन्य ठाउँमा फोन गर्न थालें थुप्रै ठाउँमा फोन लाग्यो, थुप्रै फोन पनि आयो । त्यतिबेलासम्म काठमाण्डौका विभिन्न खबरहरू आउन थालिसकेको थियो ।
तीन मिनेटलामो हलचलले काठमाण्डौ लगायत देशका विभिन्न भागलाई कंक्रिटको थुप्रोमा परिणत गरिसकेको रहेछ । आमा बाबालाई फोन लगाएँ, फोन लागेन, मन निकै अत्तालियो । किनभने गाउँको आमा घर पनि अलि पुरानो नै भइसकेको थियो भने आमा एक्लै घरमा हुनुहुन्थ्यो । हाम्रो आमा प्रत्येक दिन विहान १० देखि ११ बजेसम्म खाना खाइसकेर सुत्ने गर्नु हुन्छ भन्ने कुरा मेरो दिमागमा खेल्न थाल्यो । हे भगवान मेरी आमालाई के भयो होला भन्ने पिरले दिमाग घुम्न थाल्यो । बाबाको नम्बरमा फेरी फोन लगाएँ, उहाँको नम्बरमा पनि फोन लागेन, दिदीको नम्बरमा पनि कुरा हुन सकेको थिएन त्यतिञ्जेलसम्म मन निकै छटपट्टिएको थियो ।
यता बारम्बार राजधानी काठमाण्डौमा घर ढलेर मान्छे पुरिएको ब्रेकिङ समाचारले मेरो मन मस्तिष्क नै हल्लाइरहेको थियो । के गरुँ के गरुँ भैराखेको थियो । मन विचलित भइरहँदा पनि लगातार आमा र बाबाको नम्बरमा फोन ट्राइ गरिरहेकै थिएँ । साथै आमाघरकै छिमेकी आन्टीको नम्बरमा पनि फोन ट्राइ गरिरहेको थिएँ । कतै फोन नलागेपछि निकै निरास भएँ ।
ठिक एक हप्ता अगाडी अर्थात ५ गते शनिवारका दिन माता तीर्थ औंशीको दिन मात्र आमालाई भेटेर आएको मैले अब त्यो नैं अन्तिम भेट भए जस्तो लाग्यो । तैपनि मनलाई शान्त पार्दै भगवानलाई गुहार्दैं थिएँ । मलाई बाबाको पिर त्यतिखेर लागेको थिएन । बाबा भरतपुरमा बनाउन लागेको घरतिर हुनुहुन्छ होला र उहाँ दिउँसो सुत्नु हुन्न त्यसैले उहाँलाई केही पनि भएको छैन भन्नेमा म ढुक्क थिएँ तर आमाको दिनहुँ दिउँसो सुत्ने बानीले हामीबाट खोसिनुभयो भन्ने लागेर रुनु न हाँस्नुको अवस्थामा पुगेको थिएँ । तरपनि लगातार फोन ट्राई गरिरहें, र कामना गरें कि यो समयमा कोही आएर तेरो बाबा आमालाई केही भएको छैन ठिक हुनुहुन्छ भन्ने खबर सुनाईदेओस् ।
मेरो संसार नै अँध्यारो भइसकेको थियो त्यतिबेला । के गरुँ कसो गरुँ एकातर्फ लगातार फेरी भुकम्प आउने सन्त्रासमा छोरीलाई छोडेर कसरी आमा भएको ठाउँमा जाउँ जस्तो भइरहेको थियो भने कतिबेला फोन लाग्ने हो भन्ने पीर लागिरहेको थियो ।
तर भगवानले चाहे भने जे पनि हुन्छ भनें झै भू–कम्प आएको करिब ६ घण्टापछि बल्ल आमा र बाबाको नम्बरमा फोन लाग्यो । आमाले आफू ठिकै छु र घरबाहिर सुरक्षित साथ बसिरहेको छु भन्दा मेरो आँखा चिसो भयो । र आमालाई केयर गर्न भनेर तुरुन्तै बाबालाई फोन गरें बाबा पनि ठीक हुनुहुँदो रहेछ भन्ने जानकारी पाएपछि धेरै हर्षित भएँ । बितेका ती पाँच घण्टाको अवधिमा बाबाआमाले पनि मेरो नम्बरमा सैयौं चोटी ट्राई गरेका रहेछन् तर टेलिकमकी नानीले “तपाईंले डायल गर्नु भएको नम्बरमा अहिले सम्पर्क हुन सकेन” भनेर आमालाई बारम्बार भन्दै गरेसी आमालाई साह्रै रिस उठेको थियो अरे ¤ तर जब हामी सम्पर्कमा आयौं आमाको रिस शान्त भयो र म लगायत सबैको बारेमा सोधी खोजी गर्दै आफ्नो ध्यान दिन भन्नुभयो । मलाई सामान्य सन्चो बिसन्चो हुँदा नि थाहा पाउने आमासँग त्यो पाँच घण्टासम्म कुरा गर्न नपाउँदा आफूले संसार नै गुमाएजस्तो लागेको थियो भने आमाको कुशलतापश्चात संसारै पाएजस्तो भयो । धन्य भगवान मेरो आमालाई जोगाइदिनुभएकोमा । तिमीलाई लाखौं लाख धन्यवाद ।

प्रतिकृयाकोलागि
ishworabhattarai@gmail.com

प्रकाशित मितिः२०७२ वैशाख १७ गते बिहीवार
महाविपत्ति, धैर्यता र मानवता

महाविपत्ति, धैर्यता र मानवता

– स्वयम्भुनाथ कार्की

ठिक ८१ बर्ष ३ महिना १० दिन पछि नेपालले महाभुकम्प प्रकोप बेहोर्नु परेको छ । त्यसबेला आधा ढलेको धरहरा यस पटक फेदैमा ढलेको छ । यो दुर्खान्त विपत्तिको बेला हो, धैर्य, साहस, सुझबुझ तथा शौर्यको परख हुने बेला हो । एक अर्कामा हिलो छ्यापाछ्याप गर्ने बेला हैन । भनिन्छ ‘कुकुरले खुट्टा टोक्यो भनेर कुकुरको खुट्टा टोक्नु हुँदैन ’ । विपत्तिको सामना गर्ने पहिलो लक्ष हुनु पर्छ र धेरै नेपालीले त्यहि गर्दैछन । कसैले दानवता देखायो भन्दैमा आफुले रिसको आवेगमा आएर त्यसको जवाफ दिन लाग्यो भने विपत्तिले जित्ने छ । तर यसको अर्थ ती मानवता छोडेर यो महाकष्ट माथि झन कष्ट थप्नेलाई उनिहरुको यो व्यवहार चटक्कै विर्सेर स्विकार गर्नु हैन । कसैले गरेको ‘पोलेको घाउमा नुनचुक छर्ने’ काम न भुल्न लायक कुरा हो न भुल्नु नै हुन्छ । तर पहिलो लडाई भने विपत्ति संग हो ।

९० सालको भुकम्पको वेलामा नेपालले एक्लै भनेजस्तो त्यसको सामना गर्‍यो । चार, पाँच बर्ष भित्रै घुँडा टेकेर उठ्यो पनि । तर, अहिले नेपालका प्रशस्त मित्रहरु छन । उनिहरु सहायता माग्न भन्दा पहिले नै सकेको मद्दत गर्न तम्तैयार भएर आएका पनि छन । तर यस्तोमा पनि समाजका कलंक साहुकारहरु नाफा कमाउने र आङ्खनो फाइदा कसरी पुग्छ भन्ने ध्याउन्न गर्नेहरु भेटिदैछन । यस्ताको कारणले गर्दा पिडितहरुको आलो घाउमा नुनचुक त छरिएकै छ मित्रहरुको आँखामा पनि नेपाल र नेपालीको यो दानवी स्वरुप झल्केको छ जो क्षमालायक अपराध हैन । परेको बेला थाहा हुने रहेछ भन्ने कुरा यसले सावित गरेको छ । हिजोका नायकहरु यो महाविपत्तिमा खलनायक सावित भएका छन भने हिजो खलनायक भनिएकाहरु नायक सावित हुदैछन । 

समय र विपत्तिले लिएको परिक्षाको यो परिणाम भुल्न हुँदैन, त्यो नै यस्ताहरुलाई ठूलो सजाय हो । अहिले संकटको सामनामा आङ्खनो सम्पूर्ण ध्यान लगाउनु नै समयको माग हो । ठूलो काम गर्न नसकेमा पनि पीडादायी हल्ला रोक्ने, आपसी सद्भाव र बन्धुत्व कायम राख्ने काम पनि महत्वपूर्ण हुन सक्छ । कतिपय कारणले सबैले चाहेर पनि प्रत्यक्ष उद्धारमा सहयोग गर्न नसक्ने अवस्था हुन्छ । यस्तो वेलामा अहोरात्र खटेर उद्धार गरिरहेकाहरुको मनोवल वढाउने काम हुनु पर्ने हो । कोहि आङ्खनो वानीले लाचार छ, कसैको मनोवल बढाउने उसको स्वभाव नै छैन भने कम से कम काम गरिरहेकाहरुको मनोवल तोड्ने काम मात्र नगरे पनि राम्रो काम गरेकै ठहरिन्छ । 

दानवी प्रवृति देखाएर अहोरात्र खट्नेको आलोचना गर्ने काम, मौकाको फाइदा उठाएर रातारात धनी हुने काम गर्नेहरुले कमसे कम आज यो विपत्ति अरुलाई आएको छ भने कुनै समयमा आफुलाई पनि आउन सक्छ भन्ने सोच राख्नु जरुरी छ । काममा खट्नेहरु पनि मान्छे नै हुन तिनीहरुमा पनि मानविय कमजोरी हुनसक्छ । यस्तो देखिएमा उनिहरुको कमजोरी सुधार गर्ने प्रयत्नमा के गर्न सकिन्छ त्यो गर्न छोडेर अपराधीको रुपमा प्रस्तुत गर्ने काम गर्नेहरुलाई कसरी मानव भन्ने ? राजधानीमा उच्च जीवनशैली भएका कयौ यो विपत्तिमा लाइन लागेर एकमुठी खाना र एक घुँड्को पानीको प्रतिक्षामा छन । भोली आजको यो विपत्तिको फाइदा उठाउनेहरुलाई त्यस्तै दिन नआउला भन्न सकिन्न । सधै धनले काम गर्दैन भन्ने कुराको यो भन्दा वलियो प्रमाण के होला र ? यस्तो अवस्थामा ‘खुच्चिङ्ग’ शैलीमा यो यो मुख्र्याइ गरेको थिइस र तेरो घर लड्यो भनेर भन्ने कथित विषेशज्ञ र त्यस्ता कुरा प्रशारित गर्ने संचार माध्यम निश्चय नै मानविय संवेदना विहिन हुन ।

यो विपत्तिको वेलामा ककसले के के गरे ? कसले सहायता गरे ? ककसले आङ्खनो पिडामा नुनचुक छरे ? त्यो महसुस गर्नेले गरेकै हुन्छ । विपत्तिले लिएको यो परिक्षामा आफुले पाएको मूल्यांकन अन्य वेलामा जस्तो पद, समर्थक, धनले उल्टाउन सकिने छैन । त्यसैले अहिलेको आवश्यकता भनेको ‘कुकुरले खुट्टा टोक्यो भनेर कुकुरको खुट्टा टोक्ने’ हैन बरु त्यो कुकुर चिनेर राख्ने हो । समय बलवान छ, दानवी तरिका प्रयोग नै नगरी त्यस्तालाई सजाय गर्नसक्ने परिस्थिति पक्कै आउनेछ । यसका निमित्त सुदुर भविष्यमा कुर्नु पर्ने नै छैन, यो विपत्तिबाट पार पाउने वित्तिकै आउने छ । त्यसवेला मानवताका नामका यस्ता कलंक, संसारमा नेपालको नाम बद्नाम गर्ने यस्ता तत्व, अहिलेको हृदयहिन व्यवहार सबैको जवाफ छिटै दिन पाईने छ । त्यसैले अहिले यो विपत्तिसंग लड्ने र त्यसपछि यस्ता असामाजिक तत्वलाई दण्डित गर्ने हो । अहिलेलाई यो महाविपत्तिमा धैर्यता र मानवताको साथ नछोडी पहिले साहास, सुझबुझ, शौर्यताको साथ काम गर्न आवश्यक छ । आफुलाई परेको वेला आफु प्रति गरेको कसैको पनि व्यवहार भुलिनु हुँदैन । धर्य कायम रहोस, विपत्तिबाट सकिएको राम्रो तरिकाले छुटकारा पाउन सकियोस यहि कामना ।


विराटनगर १
प्रकाशित मिती २०७२।१।१७

राष्ट्रपतिज्यू भैंसी गोठालाहरु चौरमा बसिरहेका छन्

राष्ट्रपतिज्यू भैंसी गोठालाहरु चौरमा बसिरहेका छन्

डा. अम्बरिश पोख्रेल/डा. भगवती कुँवर पोख्रेल

विपतिको एउटा सामान्य नियम र अनुशासन के हो भने सुरुका दिनमा मृतक, घाइते र घरबार विहीनहरुको सहि व्यवस्थापन भौतिक र मानसिक रुपमा गर्नुपर्ने हुन्छ । ठिक त्यही समयमा यदि कसैले यो कुरालाई सामान्य सम्झने र त्यो अनुशासनको आचरण देखाउँ भने सिधा के बुझ्न सकिन् भने त्यो मान्छे वा संस्था वा समूह त्यो विपत्तिप्रति संवेदनशील छैन । अर्थात उसको भित्री मनमा त्यो समवेदना उत्पन्न भएको छैन । त्यो चाहेर आउने होइन, स्वभाविक रुपमा आउने कुरा हो । जसलाई बदल्न सकिन्छ तर झकझकाउने कुनै माध्यम वा संस्था चाहिन्छ । अहिलेको अवस्थामा मिडिया एउटा दह्रो संस्था हो । यहाँ हामी त्यही कुराको अपिल गर्ने छौँ । जसले हाम्रो सिंगो देश सधै र सवैको लागि जुरुक्क उठ्ने छ । के हामी त्यो नगर्ने ? यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवात किन नगर्ने ? हामी लाखौँ लाख जनता यो राष्ट्रिय विपत्तिको समापन गौरवमय इतिहासको सुरुवातको रुपमा ग्रहण गर्न चाहन्छौँ । हामी जनतालाई साथ दिनुहोस महोदयहरु, तपाईहरु हाम्रो अभिभावक हो । हामीलाई तपाईहरु नै मान्य छ । त्यो मान्यतालाई अव अरु गौरवमय बनाउने आँट गर्नुहोस । आउनुहोस, इतिहास लेख्नुहोस महोदयहरु । नेपालमा आएको भुकम्प पीडितहरुको सहयोगार्थ विभिन्न देशबाट भुकम्प विज्ञ, प्राकृतिक तथा दैवी प्रकोप उद्दार विशेषज्ञ र डाक्टर नर्सहरुको टोली मात्र होइन, विभिन्न प्रकारका अरु विशेषज्ञहरु हतारहतार आउँदैहुनुहुन्छ ।  के सहयोग चाहियो भन्नुहोस सकेको दिने छौँ वा दिन्छौँ भन्ने हितैसीहरुको ओइरो लागेको छ । लाग्नु स्वभाविक नै हो । मानवजातिको यस्तो विपत्तिमा हातेमालो नगरे के मा गर्ने त ? यो समयमा आशु नबगे कहिले बग्छ होला त ? यो समय नेपालको समय हो । यो समय नेपाली जनता अस्पताल र चौरमा सुत्नेहरुको लागि हो । अबको केही दिन यहाँ मानवीय नोक्सान र घाइतेको उपचार अनि चौरमा सुत्केरी हुन विवस ति महान आमाहरुको लागि हो र हुनुपर्छ पनि । तिनीहरुको अहिलेको प्राथमिकता के हो ? त्यो हाम्रो चासो हुनु र देखाउनु जरुरी छ । यसमा दायाँबायाँ गर्ने कुनै ठाउँ छैन होला ।  हजारौँको संख्यामा भएको मानवीय नोक्सान र घाइतेहरुले बेहोरेको पीडा अनि खुल्ला आकाशमा बस्नु परेका ति हजारौँ बालबालिकाको पीडा र त्यसबाट हुन सक्ने सम्भावित संक्रमणहरुलाई छाडेर अरु कुरातिर मान्छेहरुको ध्यान मोड्नु किमार्थ राम्रो होइन । कम्तिमा पनि केही दिनको लागि नै त्यो प्रमुख हो । अरु तपशिलका कुरा हुन ।  अरु राष्ट्रको विपत्ति र त्यसको व्यवस्थापनले यहि कुरा मात्र देखाउँछ । के हामी पनि त्यही गर्दैछौँ कि छैनौँ होला । हामीले आफैँ विचार गर्नुपर्ने समय हो यो । जनताले के चाहन्छन, त्यो हाम्रो सरोकार हो र हुनुपर्छ । तर सम्झनुपर्ने कुरा के छ भने त्यो हुनका लागि हामीसँग केही कमनसेन्स चाहिने हुन्छ । त्यो कमनसेन्स विवेकशील मान्छेसँग मात्र हुन्छ । स्मरण गर्नुपर्ने कुरा के छ भने कसैले धेरै किताव पढेकोमा त्यो मान्छे विवेकशील हुन सकछ भन्ने हुँदैन । हामीले त्यो रुपमा बुझ्नु पनि हुँदैन । कुनै ठूलो पदमा छ भनेर विवेकशील हुने हैन । विवेक छ या छैन उसको बोली व्यवहार, चालचलन, काम गराई र उसको दैनिक आचरणले देखाउने गर्दछ ।

यो समयमा हामी जनताका नेताहरु, हाम्रा प्रशासकहरु, हाम्रा ठूलठूला देशका अभिभावकहरु के के गर्दै हुनुहुन्छ होला हामीलाई थाहा हुने कुरा भएन । तर हामी लाखौँ लाख जनताको भौतिक र मानसिक नोक्सान भएको अवस्थामा उहाँहरुको योगदान कता छ ? के गर्दै हुनुहुन्छ ? त्यो हामीलाई जान्ने अधिकार छैन भने पनि सही । तर हामीलाई त्यसको चासो छ । दुई हात जोडेर हामी सोध्न चाहन्छौँ कि मेरा देशका राष्ट्रप्रमुखदेखि भुपु प्रधानमन्त्रीहरु हामीलाई मलम लगाउन कहिले आउनुहुन्छ ? हाम्रो बारेमा कहिले आपतकालिन गोष्ठी गर्दै तपाईले भोग्नु भएको सुविधान कटौती नगरी हाम्रो सेवा गर्नुहुन्छ ? तपाईहरुको सेवा कटौती गर्दै नगर्नुहोस महोदय, हामी त्यो माग गर्दैगर्दैनौँ । बरु थपे पनि सही । तर हामी तपाईहरुलाई हाम्रो अस्पतालमा देख्न चाहन्छौँ । खुल्ला चौरमा हामी सुत्केरीहरुले र हाम्रा नाबालकले तपाईहरुको माया खोजिरहेका छन ।

हाम्रो पीडा सही नसक्नु छ । त्यो पीडा कहाँ बताउँने ? यस्तो बेलामा सिंगो राष्ट्रको बागडोर सम्हाल्नुभएका हाम्रो देशको नायक राष्ट्रपतिदेखि लिएर गतवर्ष मात्र निर्वाचित ६०१ जना सभासदहरु कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? हामीले तपाईहरुको रेखदेख गरेको हो । तर अहिले हाम्रो रेखदेख गर्नुहोस । छिटो गर्नुहोस । हामीले तपाईहरुको कुनै पनि सुविधा रोकेका थिएनौँ र रोक्ने छैनौँ । तर खोई त हाम्रो लागि ? तर हामी असन्तोषी पनि छैनौँ है । हाम्रो लागि तपाईको उपस्थिति काफी छ । अहिले विभिन्न देशबाट चिकित्सकहरु नेपालमा आइरहेका छन । तर हाम्रा चिकित्सकहरु के गर्दैछन ? दिनभरी हस्ताक्षर गर्दै फुर्सद छैन हो ? दिनभरी त्यस्तो के कागजमा हस्ताक्षर गर्दै हुनुहुन्छ ? कार्यकारी त प्रधानमन्त्री हुनुहुन्छ । उहाँ अलि उमेरको पनि हुनुहुन्छ । उहाँलाई हस्ताक्षरको जिम्मा दिने गरौँ । तर हाम्रा सम्माननीय राष्ट्रपति महोदय, दुई हात जोडेर बिन्ती गर्छौँ । अब हातमा स्टेथेस्कोप बोकेर खुल्ला चौर वा अस्पताल आउनुहोस । तपाई जनताको छोरो बनेर आउनुहोस या राष्ट्रपतिको रुपमा आउनुहोस । दुवै रुपमा स्वागत छ । तपाई जनताको छोरो नै हो नि हैन र ? त्यही भएर हामीलाई तपाईको जरुरी छ । हाम्रा चराइरहेका घाउहरुमा मलम लगाउनुहोस । श्रीमान दिनभरी हस्ताक्षर गर्दैमा फुर्सद छैन भने साँझ एक वा दुई घण्टा विरामीको उपचार गरेर जनताको मनोबल उकास्नुहोस । महोदय, यो समय हजारौँको होइन कि लाखौँको मनोवल उकास्ने समय हो । तपाईको आगमनले अरु हजारौँ डाक्टरहरुले दिनको १२ घण्टा समय छोडेर १८ घण्टा काम सुरु गर्नुहुनेछ । के त्यो नगर्ने महोदय ? किन नगर्ने ? कसले गर्ने ? कहिलेदेखि गर्ने ? सम्माननीय राष्ट्रपति महोदय , तपाई जुन जुन अस्पतालमा जानुहुनेछ, त्यहाँका विरामीको सय प्रतिशत मानसिक तनाव घट्ने छ । आउनुहोस महोदय, कृपया आउनुहोस । तपाई हाम्रो अभिभावक हो र मानेका पनि छौँ । किन नआउने ? सुरक्षाको चिन्ता छ भने हामी मृतक र घाइतेका परिवारले सुरक्षा दिने छौँ । त्यो धेरै सुन्दर हुनेछ । त्यो इतिहास हुनेछ । के त्यस्तो इतिहास नलेख्ने महोदय ।  जव तपाईले त्यो गर्नुहुनेछ । सिंगो हाम्रो देश जुरुक्क उठ्न थाल्ने छ । त्यो उठान हामीलाई चाहिएको छ । सहयोग रकम देखि  लियर अरु कुराहरु हिनामिना हुन् सुरु भयो रे ! अव यही निहु झिकेर सुरु गर्नुहोस महोदय, भ्रष्टाचार नियन्त्रण अनि नयाँ नेपाल ।
हाम्रो पीडाबाट सुरु गरेर नयाँ नेपालको युग पुरुष बन्ने कोसिस गर्नुहोस । के त्यस्तो मन पर्दैन र ? हामीलाई त त्यही कुरा मन परेको छ । सन २०१५ को यो पीडा अव नेपालीका लागि सधै खुसी खुसीमा परीणत गर्न त्यो महलबाट जुरुक्क उठेर विशेष रणनीतिसहित आउनुहोस। शोकलाई शक्तिमा बदल्ने कोसिस गर्नुमात्र ठूलो कुरा होइन। देशको मुहार फेर्न राष्ट्र विपत्तिले पनि ठूलो सहयोग गरेको इतिहास छ । जुरुक्क सवैलाई एकसाथ लिएर आउनुहोस । सवै हस्तीहरु बटुलेर जबरजस्ती आउनुहोस । हामी जनतासँगै आउनुहोस । हामीले आजसम्मको सवै कुप्रशासन बिर्सने छौँ । अनि हामी सबै मिलेर त्यो डाँडापारी धिपधिप बलेको दियोमा नया उर्जा सहितको इन्धन हालेर दीप जलाउने छौँ । तपाईको त्यो आगमन इतिहास हुनेछ । तपाईको आगमनले देश हाक्ने सिंगो टिम उत्साहित हुनेछ । सवैले नयाँपन र ताजकिपन महसुस गर्नेछन । तपाईको हातको सच्चा मलमबाट नयाँ नेपालको सुरुवात गराऔँ । प्रतेक नेपालीको चुलोमा आगो नबोलेसम्म  रास्टपती महलमा फर्कने छैन भनेर निस्कनु होस् / त्यहा फर्कन किन हतार ? अरु देशको इतिहासले त्यही भन्ने रहेछ महोदय । जापानदेखि लिएर युरोपसम्मको इतिहास र अन्य राष्ट्रसम्म सवैले एउटा एउटा मोडबाट नयाँ देशको निर्माण सुरु गरेका रहेछन । धेरैले त यस्तै विपत्तिबाट पो सुरु गरेका रहेछन । महोदय, के त्यो सुरुवात नगर्ने ? किन नगर्ने ? कहिले गर्ने ? कसले गर्ने ? त्यसको शुभसाईत यो विपत्ति भन्दा अरु के होला ? अझै ठूलो विपत्ति चाहिने हो र ? कति बटा बिपत्ती चाहिने हो र ? सत्र हजारको ठूलो विपत्ति पनि त हामीले सामना गरिसकेको हो । त्यसबाट ठूलो कुरा हात लागेको छैन । जस्तै तपाई लगायत हाम्रा भूपु ठूलाहरुले १०—१५ जना सुरक्षाकर्मी लिएर हिड्नु परेको छ । त्यसलाई उपलब्धि मान्न सकिन्न । कमनसेन्सको प्रयोग गरेर देशको मुहार फेर्ने हिम्मत गर्नुहोस । मर्न परे पनि केही छैन । अहिलेको भुकम्पजस्तो हल्लाउने मृत्यु रोज्नुहोस । हामीलाई तपाईको र तपाईलाई साथ दिने देशका सयौँ हस्तीहरुको त्यही मृत्यु चाहिएको छ । हो हामीलाई हाम्रा श्रीमान रास्टपतिको  मृत्यु चाहिएको छ । तर सिंगो नेपाल धर्ती हल्लाउने एउटा गौरवमय मृत्यु । कृपया स्वीकार गर्नुहोस । हे उपराष्ट्रपति महोदय विदेशीहरुसँग दोभासेको काम भएपनि गरिदेऊ । अहिले हामीलाई त्यही खाँचो छ । त्यो गर्नुभयो भने हामी जनता कति खुसी हुने थियौँ । विपत्तिको नाममा हुन लागेको हिनामिनाको फैशला दिन सुरु गर्नुस/ जबर्जस्ती भय पनि सुरु गर्नुस । महोदय, हाम्रो न्याय सेवाले नयाँ ताजकी महसुस गर्नेछ । उनीहरुलाई लिएर अव खुल्ला चौरमा आउनुहोस  । आउनु हुन्न भने के गर्ने ? त्यही राष्ट्रपतिले छाडेका केही रहलपहल उद्घाटन गरेर समय बिताउने ? विचार गर्नुहोस ।
हे नेपाली क्रान्ति नायक भूपू प्रधानमन्त्री प्रचण्डदेखि झलनाथसम्म, कमल थापादेखि केपी ओलीसम्म किन किच किच गरेर बसेको हो ? हामीसँग चौरमा बस्ने गर्नुहोस । तर तपाईहरुको सुरक्षा गर्ने जवानहरु कम गरेर आउनुहोस । धेरै सुरक्षा लिएर कृपया नआउनुहोस । उहाँहरुको जरुरी तपाईहरुको लागि भन्दा उद्दारको लागि बढी छ । आज उहाहरुको सहयोग महान सहयोग हुदै छ/ यदि नआउने हो भने बरु ठिकै छ, महल मै बस्नुहोस । तर अनेक लोभका कुरा सामाजिक सञ्जालमा हालेर ससुराली रिझाउने काम नगर्नुहोस । हाम्रा सन्तानले राम्रो मान्ने छैनन् । हे भावी प्रधानमन्त्री भट्टराई महोदय, आफ्नो ससुराली घर भत्केकोमा दुःख मनाउ गर्दै सामाजिक मिडियामा फोटो हाल्नु भएछ, त्यो पनि ठिकै छ ।  जय हिसिला भन्न हामीलाई कुनै गाह्रो छैन । तर हे भट्टराईज्यू बरु कुन कुन घरमा बस्न हुने वा नहुने भन्ने एउटा विशेषज्ञ टोलीको निर्माण गरेर त्यसको नेतृत्व गर्दै हामी जनताको घरमा आउनुहोस । अनि चर्केका घरको बारेमा बताउनुहोस । कुन कुन घरमा बस्न मिल्ने र कुन कुन घरमा बस्न नमिल्ने बताउनुहोस । बस्न मिल्ने भनेर हरियो चिन्ह लगाउनुभयो भने हामी हजारौँ आफ्नो घरमा फर्कने थियौँ । हामीलाई घर फर्काउनुहोस भूपू प्रधानमन्त्रीज्यू । किन ससुरालीतिरको घर फेसबुकमा हाल्ने दुःख गर्नुहुन्छ । त्यस्ता घर त हजारौँ हजार बन्नेछन । अनि एउटा रोजेर पछि लिनुहोला । किन अहिले त्यो घरको चिन्ता ? यो समयमा लाखौँ जनताको मानसिक घर भत्केको छ, त्यो उठाउँनुहोस भट्टराईज्यू । उठाउनु हुन्न ? त्यो टोलीको नेतृत्व गर्नुहुन्न ? गर्नुहुन्न भने के गर्नुहुन्छ महोदय ? जेठी सासुको घर पनि चर्चेको छ, कि त्यो फोटो पनि हाल्ने ? अहिले त्यो समय हो र ? ससुरालीको मात्र चिन्तक नबन्नुहोस कृपया बिन्ती छ ।
हे सडकमा झण्डा लिएर आगो बाल्ने तरुण दल, युवा संघदेखि वाइसिएल कता लुगेका छौ ? हैन किन जादैनौ भत्केका गाउँहरु निर्माण गर्न ? टुँडिखेलमा मान्छे देखाउन गाऊँ पस्ने ए नेता हो भत्केका घर बनाउने गाऊँगाऊँ गएर काम सुरु गरेको खै ? कहिले सुरु गर्ने ? कसले सुरु गर्ने ? हे भूपू कटवालहरु हो के के गर्दै छौँ । कहाँ कहाँ के गर्दैछौँ  । खै तिम्रो नेतृत्वमा भूपू देखि बहालवाल सेनाको प्रभाव कता छ ? छिटो देखाउनुस कृपया । के बनेको थियो विपतको लागि योजना ? तपाईलाई त थाहा छ हैन र ? सेनाको इतिहासमा नयाँ इतिहास लेखेको दावी गर्नुभएको छ । त्यो मान्न तयार हुनुहुन्छ ? तर जनताको लागि पनि इतिहास लेख्ने कोसिस गरेर देखाउनुहोस । तर कहाँ कहाँ मुन्टो लुकाएर बस्नुभएको छ भूपूहरु हो । देशका ठूला ठूला नियुक्ति तपाईहरुको नै हो नि हैन र ? तपाईहरुले नै लिनुहोस । त्यो हामीलाई चाहिएको छैन । जनता महा भूकम्पको चपेटामा छन । नरोएको मन र नभत्किएको घर पाउन दुर्लभ भएको छ । चेतनशील नेपाली र विदेशी मित्रहरु उद्दारमा जुटेका छन । तर आफूलाई वुद्धिजीवि भन्ने दमननाथदेखि संगौलाहरु के योजना बुन्दैछन । हामीलाई देखाऊ । के हो हाम्रो लागि राहत ? कहाँ छ ? तिमीले यो देशका शासकहरुलाई समयमै के के सुझाव दिएका थियौँ । भन हामीलाई भन । हे दमननाथदेखि संगौलाहरु तिमीहरु इतिहासको काल कोठरीमा उभिन बाट बच्दै जनतासंग आऊ ।
हे यो देशका बहालवाला हस्तीहरु हो । कमसेकम कुन कुन बैदेशिक टोलीले कुन कुन ठाउँमा तोकेर के के काम गर्दैछन । त्यो देखाउने गर । तिनीहरुले नभ्याउने राहत सहयोग, उद्दारको काम कसले पुरा गर्ने हो ? कहिले टोली पुग्ने हो ? यो त भन्नु पर्यो नि । जनताले कसलाई कहाँ सम्पर्क गर्नुपर्ने हो ? जस्तै विदेशमा बसेका नेपालीले र अरु विदेशीले पनि नेपाल आएर स्वयंसेवा गर्न चाहन्छन । तिनले कसलाई कहाँ सम्पर्क गर्ने हो  ? तिनीहरुलाई कसले खटाउने जिम्मा लिएको छ ? खै स्वयमसेवकहरुको परिचालनको जानकारी ? खै अपुग भएको मेडिकल सहयोगलाई कसरी कहिले पूर्ति गर्ने हो भन्नेबारे जनतालाई सुसूचित गरेको ? खै तिम्रो ३ दिने योजना ? ५ दिने योजना ? ७ दिने योजना ? ९ दिने योजना ? १२ दिने योजना ? १५ दिने योजना ? ३० दिने योजना ? ४५ दिने योजना खै घोषणा गरेको ? हे प्रशासक हो कहिले बन्ने हो र योजना ? त्यो योजना त पहिले नै बन्नुपर्ने होइन र ? देशमा चरम विपत्ति आउँदा कसले के के गर्ने भन्ने कुरा पहिले नै निश्चित हुने गर्छ होइन र ? तर तिमीहरुले हाँकेको प्रशासनले त विना योजना बसेको पो रहेछ । त्यसैले तिमीहरु नालायक हौँ । त्यो पनि सही तर आजबाट सुरु गरौँ, देश र जनताको लागि काम गर्न ।  के सुरु हुँदैछ छ त नयाँ नेपाल बनाउन ?
त्यसैले शासक तथा प्रशासकका नायकहरु हो, आउनुहोस । हाम्रो नाममा आउने सहयोगमा किन आँखा लगाउने ? हामीले कहिले तपाईहरुलाई के दिएका छैनौँ र ? तपाईहरु नै त हो यो देशको हर्ताकर्ता । देशको ढुकुटी तपाईहरुसँग त थियो आजसम्म । भोलि पनि रहने छ ।  किन हाम्रो पीडामा मलम लगाउने पैसामा आँखा लगाउने अझै पनि ? बरु आउनुहोस, सधैको लागि, सवैका लागि हुने गरी हातेमालो सुरु गरौँ । यो राष्ट्रको विपत्तिको फाइदा लिँदै प्रण गरौँ । अब सवैको लागि  र सधैको लागि सम्पन्न हुने बाटो रोजौँ । के त्यो बाटो मन  पर्दैन  ? पर्दैन भने के गर्नुहुन्छ ? पीडितको नाममा आएको पैसा र त्यो कालो कम्बल समेत घर लगेर कुकुरलाई दाना खुवाउने र सुताउने गर्नुहुन्छ ? त्यो गर्नुहोस । ठिकै छ । तर यस्तै अरु विपत्तिमा तपाईका सन्तानहरुले कोबाट उद्दार पाउँलान ? कसले बचाउँला विपत्तिमा ? विचार गर्नुहोस, तपाईको त्यो कालो सम्पती के होला ? कसले खाला ? त्यसैले अव जय जनता भन्न सुरु गरौँ । आशा गरौँ । अन्त्यमा  एक नेपाली पत्रकार बिम्मी शर्माको शब्दमा मानव निर्मित धरहरा भत्कर केही हुन्न महोदयहरु । फेरि अर्को बन्छ । तर हामी जनता र शासक प्रशासकबीचको विश्वास र सहयोगको धरहरा कहिल्यै नभत्कियोस ।

(लेखकहरु डा. अम्बरिश पोखरेल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुनुहुन्छ भने डा. भगवती कुँवर पोखरेल पोष्ट डक रिसर्च फेलो, जापान हुनुहुन्छ ।)
सरकारले बाँड्यो २६ करोड ३० लाख, तर कहाँ ?

सरकारले बाँड्यो २६ करोड ३० लाख, तर कहाँ ?

११ हजार ८०० थान त्रिपाल र ४ हजार ७ सय थान टेन्ट वितरण


१६ वैशाख, काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा २६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । तर पीडितहरुले अझै पनि राहतको अनुभूति गर्न पाएका छैनन् ।
भूकम्पबाट प्रभावित ३९ जिल्ला छन् र ति जिल्लाका पीडितहरुलाई खाद्यान्न र गैर खाद्यान्न राहत स्वरुप सरकारले बाँडिरहेको छ ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको सचिवालयले दिएको जानकारी अनुसार अति प्रभावित जिल्लामा २६ करोड ३० लाख रुपैयाँ बाँडिएको छ । तर, कहाँ कहाँ बाँडियो भनेर खुलाइएको छैन ।
चामल १३ सय ३६ क्विन्टल बाँडिएको छ । १६ वटा ट्रक र ५ वटा हेलिकोप्टरबाट सो परिमाणको चामल प्रभावित जिल्लामा पठाइएको छ ।
यस्तै चिनी १८७ क्विन्टल, नुन १२२ क्विन्टल, भुजिया २ हजार ६ किलो, चिउरा १ हजार ८०० किलो, बिस्कुट ९ हजार कार्टुन, दालमोठ ७५ बोरा, सिमी ३६ सय बोरा र चाउचाउ २० हजार कार्टुन बाँडिएको छ । यो परिमाणको खाद्यान्नले पर्याप्त छैन र अझै बाँड्ने क्रमलाई निरन्तरता दिइएको छ ।
११ हजार ८०० सय थान त्रिपाल वितरण
गैरखाद्यान्न तर्फ टेन्ट ४ हजार ७ सय थान र त्रिपाल ११ हजार ८०० थान बाँडिएको छ । तर, वास्तविक पीडितहरुले पाएका छैनन् । काठमाडौंमा त्रिपालै त्रिपाल तर गाउँमा पीडितको बेहाल छ ।
घर क्षति नभए पनि डरले चौरमा बसेकाहरुले त्रिपाल पाएको तर घर नै गुमाएकाहरुले नपाएको भनेर जनगुनासो आइरहेको छ ।
यस्तै कम्बल ३ सय थान, ब्ल्याङ्केट २ सय १० थान, सोलार लाइट ३ हजार ५२८ थान र लत्ता कपडा ९ बोरा बाँडिएको गृहमन्त्रालयले जनाएको छ ।
श्रोतःअनलाइनखबर
भूकम्पीय देश जापानबाट तत्काल हामीले सिकेर गर्नु पर्ने कुराहरु

भूकम्पीय देश जापानबाट तत्काल हामीले सिकेर गर्नु पर्ने कुराहरु

  डा. अम्बरिश पोख्रेल/
उप प्राध्यापक/ त्रिभुवन बिस्वबिधाय्लय, त्रि चन्द्र क्याम्पस / (ambarishpokhrel @ gmail .com ).
                             डा. भगबती कुँवर पोख्रेल/ पोस्ट डक रिसर्च फेलो/ होक्कैदो बिस्वबिधाय्लय (bhagawatikunwar @gmail.काम)  

अहिलेको यो भूकम्प धेरै पहिले देखि नै आउने छ भनेर भनियको थियो / जुन स्वाभाविक रुपमा प्रस्तुत भयको हो / यसमा कुनै दुइ विचार छैन / तर यो कहिले वा कुन दिन आउने भन्ने कुरा सधै अनिश्चित थियो / मानब जातीको पहुचको आधारमा केहि मिनट वा सेकेन्ड अगाडी त्यो आउदै छ भनेर भन्न सकिछ/  झन् कुनै घण्टा तोक्नु सरासर गलत हो/ खाली कति प्रतिशत सम्भावना छ भन्ने कुरा भन्न सकिन्छ/ अर्थात् तथ्यहरुले के देखाउछ भने भूकम्प हुने वाला छ/ जस्तै सन् १२५५ को त्यो नेपालको  डरलाग्दो भूकम्प, १५५० को आसाम भूकम्प,  १९०५ को काकड़ा भूकम्प, १८९७ को सिलोंग, १९०५ को देहरादुन / माथिका सबै भूकम्पको कारण के हो भने यहाँ रहेका  इन्डियन प्लेट र तिब्बती प्लेट बिचको टकराब मुख्य हो/ जहाँ इन्डियन प्लेट माथितिर सर्दै गरेको छ / त्यो  माथीतिर सर्दै गर्दा तिब्बती प्लेटले अबरोध सिर्जना गर्ने गर्छ अनि त्यहा डरलाग्दो प्रकारको टकराब सिर्जना हुदा बिशाल सक्ती पैदा हुने गर्छ/ त्यसको कारणले माथी उल्लेख गरेका महा भूकम्प आउने गरेका हुन् / त्यो टकरावको गती के कती छ भनेर खोजि गर्ने काम भैरहेको छ/ त्यसको मापन गरेर नै कहिले आउला वा कती रेक्टरको आउला भनेर भबिस्य बाणी गर्ने हो / जुन कुरा सजिलो छैन र हुने कुरा पनि भयन / तर बितेका तथ्यले त्यसमा सहयोग गर्ने गर्छ / यसरी त्यो हुने वा नहुने भन्ने कुरा प्रतिशतमा भन्न सकिन्छ/ जस्तै सम्बन्धित अनुसन्धानविदका अनुसार पनि  ८ रेक्टर भन्दा माथीको  भूकम्प आउने भन्ने कुरा ८-१० प्रतिशत मात्र देखिन्छ/ अर्थात् तयारी १० प्रतिशत छ/ त्यो १० प्रतिसतले पनि नेपालमा के के हुने र के के नहुने भन्ने कुरा फेरी अर्को प्रतिशत माग गर्दछ/ जस्तै के कति नोक्शान हुने वा नहुने भन्ने कुरा पनि/  

सन् २०११ को भूकम्प र त्यसबाट सृजित महा सुनामी जापानमा आउदै गर्दा हामी जापान मै थियौ/  त्यो सुनामीले सारा बिस्व काम्दै थियो / लगभग धेरै बिदेशी जापान छिटो भन्दा छिटो छोडेर हिडे/ शायद तिनीहरु अब कहिले आउने छैनन् / कम्तिमा पनि उनीहरुलाई अब चिनेको कुनै जापानिजले बोलाउने छैन वा हेर्न रुचाउने छैन/ यसको बिसेस कारण छ/ तर हामी सामान्य नेपालीहरु भागेर हिड्ने काम गरेनौ/ दुखको कुरा हाम्रो दुताबासका महोदयले आफ्नो अफिस घर र ठाउँ छोडेर अर्को शहरमा गयर बसे रे/ त्यो निकै नै दुखको कुरा थियो / जहाँ दशौ लाख जापानिजहरु बसेका छन् त्यो ठाउँ बस्न लायक छैन भनेर भाग्नुले के संदेश बोकेहोला अनुमान गर्न सकिन्छ/ तर कोहि पनि जापानिजहरुले त्यो ठुलो बिपत्तिमा हामीले जस्तो आचरण गरेनन/ हो पक्कै पनि बजारमा खाने कुराको अभाव भयको हो / त्यो पनि केहि बिसेस शहरहरुमा मात्र / धेरै नै प्रभाभित ठाउहरुमा/ त्यो त सवाभाविक नै हो नि/ तर सरकारले तुरुन्तै जनतालाई शान्त रहन अनुरोध गरे पछि त्यो समस्या पनि तेस्रो दिनबाट देखियन/ जनता आफ्नो नियमित काममा तुरुन्तै फर्किय/ बिसेस प्रभावित ठाउँ बाहेक अरुतिर नियमित जस्तै थियो/ कोहि कसैले त्यो चर्चा गर्दै हिडेन/  यसरी, प्रतेक दिन र एकदिनमा धेरै पटक भूकम्प आउने देशका जनताले कसरी यस्ता विपत्तिहरुमा आफुलाई सम्हालेर राख्छन होला पहिला त्यो विचार गरौ/ त्यो अनुसारको आचरण गरौ र गर्न अभिप्रेरति गरौ / त्यो हो शान्त हुने कोशिस गर्नु/ गराउनु / अरुको हल्लामा हिडाउनु हुदैन / हामी नेपालीले जे पनि आफैले जानेको वा सुनेको नै सत्य हो र त्यो नै अन्तिम हो भनेर हिड्ने वा हावादारी कुरामा बहकिने चलन छ/ त्यो पहिला कम्तिमा पनि बिपत्तिमा त्यो नगरौ / त्यसो गरियो भने अरु नया समस्या निस्कने कुरा निश्चित छ/

जापानीहरुबाट सिक्ने सकिने साधारण तर निकै प्रभाबकारी आचरणहरु निम्न तरिकाले सुत्र बढ्द गर्न सकिन्छ/
 
१. अर्को ८.५ को ठुलो झड्का आउदै छ भन्ने कुरा सिधा नबुझौ/ त्यो नआउन पनि सक्छ/ आउन पनि सक्छ/ त्यो त केवल सम्भाबनाको कुरा हो / त्यो आउने प्रतिशत निकै कम वा जम्मा बढीमा १० प्रितशत मात्र छ/ विचार गर्नुस नआउने प्रतिशत ९० छ/ कुन ठुलो हो ?  त्यो १० प्रतिशतमा त जे पनि जहाँ पनि हुन् सक्छ / जस्तै अझ हामी सबारी साधन प्रयोग गर्दा पनि त्यो १० प्रतिशत हुने गर्छ/ अब के भोलि देखि गाडी नचद्ने त ? मारिने भइयो भनेर यात्रा गरुन्जेल रुदै यात्रा गर्ने ? त्यसैले आज भोलि सुचनाको दुरुपयोग हैन कि सदुपयोग मात्र गर्नु पर्ने देखियो / कम्तिमा पनि यो बिपत्तिमा त्यो गरौ/ हामी थप मारिने छैन/
२. केहि  गैर सरकारी सस्थाहरुले  वा तिनका मान्छेहरुले अझ बढी आतंक फैलिने गरी समाचार सम्प्रेसण गरेको देखियो / ति हाम्रा लागी मन्द बिस हुन् तिनीहरुको कुनै कुरा सुनेर विश्वास नगरौ / तिनीहरुको तिरस्कार गरौ अहिले नै /
३. तपाई जहाँ हुनु हुन्छ र जे काम गर्न सम्भव छ त्यो नियमित काम गर्ने कोशिस गरौ/ यसले जीवन सहज बनाउदै लैजाने छ/  
४. तर अनाबश्यक टेलिफोन, बिजुली प्रयोग नगरौ/ त्यो अरुको लागी चाहियको हुन् सक्छ /
५. हाम्रा गाउका गाउ उजाड भयको भन्ने पनि कुरा आयको छ / त्यसो हो भने एक गाउले अर्को गाउको सहयोग गरी बस्ने बासको निर्माण गरौ / जस्तै स्याउले घरहरु निर्माण गरौ/ जुन हल्का र छिटो छरितो बनौन सकिन्छ/
६. तुरुन्तै गाउ गाउमा स्वयम् सेबक समूह निर्माण गरौ/ तिनीहरुको काम छिटो भन्दा छिटो प्रभावकारी बनाउन अरुले बाहिरबाट उत्तिकै स्वयम् सेबक जत्तिकै काम गरौ /
७. केटा केटीहरुको लागी बिसेस बस्ने ठाउको प्रबन्ध गरौ ताकी कुनै सरुवा रोग वा अल्पकालीन रोगहरुको संक्रमण नहोस/ उनीहरुलाई न्यानो पारेर राखौ त्यो काम आगो बालेर पनि गर्न सकिन्छ/
८. अब के हुन्छ भनेर नसोचौ / भूकम्प आउने कुरा शतप्रतिशत भन्न सकिन्न त्यो आउन पनि सक्छ र नआउन पनि सक्छ/ त्यसको धेरै चिन्ता गरेर बस्ने होइन / आफुलाई नियमित बनाउने कोशिस गरौ/ धेरै चर्चा गरेर समयको बर्बाद गरी सहयोग  गर्नु पर्ने ठाउमा अबरोध नगरौ /
९. अस्पतालमा भिड भाड गर्दै नगरौ/ अस्पताल नजिकका मान्छे मात्र केहि सहयोग चाहिन्छ कि भनेर चनाखो बनेर बसौ/
१०. आफु सार्बजनिक सेवामा काम गर्ने मान्छे हो भने त्यो सेवा नियमित गर्ने कोशिस गरौ/ जस्तै औसधी पसलेहरुले आफ्नो दुकान खोलेर राखौ /
११. हाम्रा देशका शासक शासक हैनन् ति त कुशासक हुन् तिनीहरुको आशा गरेर बस्नु मुर्खता हो/ गाउ-गाउ र टोल -टोल मिलेर के के गर्न सकिने हो त्यो गर्न पछी नपरौ/
१२. सेना, पुलिश र अरु सरकारी सेवाका मान्छेहरुले बिबेक प्रयोग गरौ/ माथिको आदेश हेरे र वा पर्खेर नबसौ/ त्यस्तो बिबेक प्रयोग गरेर काम गर्नको लागी ठुला ठालुहरुले छिटो भन्दा छिटो अनुमती दिने गरुन वा अनुमती माग्नु जरुरी छ/
१३. राम्रो गर्न खोज्दा हुन जाने केहि सानो तिनो गड़बदीमा दण्ड हुने छैन भनेर सुरुवातमै हाकिमले सूचना जारी गरुन/
१४. जाना जान बदमाशी गर्ने हरुलाई कडा कारबाही हुने छ भनेर पनि सुरुवातमै हाकिमले सूचना जारी गरुन/ जस्तै:  महाराजगन्जका मान्छेहरुले औसधी पसल  समेत बन्द गरेका थिय भन्ने कुरा बिबेकशील नेपाली समुहले नै उजागर गरेका थिय/
१५. डर हुने कुरा मात्र गर्ने र सुनाउने चलन हामी नेपालीले बन्द गर्नु पर्ने देखियो/  आफुलाई कम गरेर भय पनि सहयोग गर्नु पर्ने देखिन्छ/
१६. संचार माध्यमहरुले  समय र ठाउँ अनुसारको  मात्र समाचार दिनु पर्ने देखियो/ हावादारी समाचार दिने गर्दा झन् सन्त्रास फैलिने गर्छ/ मनोरन्जनका समाचार दिनु भन्दा जानकारी मुलक समाचारले मान्छेमा बढी समबेदना निकाल्ने गर्दछ जुन अति उपयोगी हुने गर्छ/
 
  त्यति मात्र हो र  बिबेकशील हुन सकियो भने नोक्शान कम हुने देखिन्छ/ जापानिजहरुले के बताउने कोशिस गर्छन भने तिमि सहयोगका लागी तयार बन्ने कोशिस गर आधा समस्या घटेर जाने छन्/ तिमि कमन सेन्सको  प्रयोग गर तिमीले दुख पाउने छैनौ वा अरुले तिम्रो कारणले दुख पाउने छैनन् / बिपत्तीमा आफ्नो मात्र नसोच/ त्यो सोचाइले अरु समस्या निक्लने छ र त्यो नै आम रुपमा समस्या बनेर अरु नोक्शान हुने छ/        

त्यसै गरी भूकम्प प्रतिरोधक संरचना बनाउन कडा कानुन को ब्यबस्था गर्नु त छदै छ/ त्यो भन्दा पनि बढी त्यसको पालना गर्ने र गराउने कुरा हाम्रो प्रमुख समस्या हो/ हाम्रा प्रशासक अब प्रशासक रहेनन् / तिनीहरु कुप्रशासक हुन् / २ पैशाको लागी जे पनि गर्ने र गराउने गर्छन/ त्यो बन्द गर्नु र गर्न लगाउनु अनिबार्य छदै छ / कमिशन खोर नेताको जय जय गर्ने हामी नेपालीले प्राकृतिक बिपत्ती भन्दा हामी आफैले सिर्जना गरेका गलत कामले गर्दा बढी समस्या अहिले भोग्न परेको छ/ अबका दिनहरुमा हामी सबैको जय होस्/

 (डा. पोख्रेल हालै मात्र अमेरिकन मौसमविद समाजबाट पुरस्कृत ब्यक्तिक्त्व हुनुहुन्छ भने डा. कुँवर पोस्ट डक फेलो अन्तर्गत जापानमा अनुसन्धानरत हुनुहुन्छ/ )
जाजरकोट महामारीमा सहयोगको अपिल

जाजरकोट महामारीमा सहयोगको अपिल

हार्दिक अनुरोध !!!

जाजरकोटमा स्वाईन फ्लुको महामारीले विकराल रुप लिएको हामी सवैलाई अवगत नै छ ।
समाचार माध्यममा आए जस्तो तेहा  सरकारी निकायबाट महामारी फैलन नदिन कुनै किसिमको प्रभावकारी पहल भएको छैन । जिल्ला प्रशासन कार्यालय जाजरकोट तथा जाजरकोट घर भैई हाल काठमाण्डौमा रहनु भएकी श्रीमती अन्जना शाह  रावलजीका अनुसार झीड्गा मार्ने स्प्रे र गुणस्तरीय माक्स धेरै परिमाणमा आवश्यक भएको र यो महामारी फैलन नदिन यी सामग्रीहरु  प्रभावकारी हुने जानकारी पाएका छौ ।
यस्तो जाजरकोट वासीको पिडामा केही सहयोग गर्नको लागी सम्पूर्ण नेपाली देश-विदेशमा वस्ने महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु ।
साथै अन्जनाजी शुक्रबारनै काठमाण्डौ जाजरकोट प्रस्थान गर्दैहुनुहुन्छ, तेसैले सबैले आफुले सकेको सहयोग गरौ ।
सम्पर्क :
नेपालमा
अन्जना शाह रावल  +९७७-९८५१०६२००१
पोर्तुगलमा :
दीलीप आचार्य +३५१-९२००२३२१५
रमेश  शर्मा     +३५१-९२०१९२९६२
विस्णु आचार्य  +३५१-९२०२२३६६६
प्रवीण धिताल  +३५१-९२०३९६२६२
अंगत देवकोटा  +३५१-९२०३०५४३५
टीकाराम सुवेदी +३५१-९२०२४१४५५
सुनील खड्का    +३५१-९२०१९३७२१

सहयोग गर्ने महानुभाबहरुको नाम तल उल्लेख गरिने छ । धन्यबाद ।।।
महिला अवला र सबला मात्र होइन सपोला र इबोला पनि हो

महिला अवला र सबला मात्र होइन सपोला र इबोला पनि हो

केही अवस्मरणीय नियात्राहरुको छोटकरी संगालो !


– महेश्वोर श्रेष्ठ

यात्रा नं. १
आफ्नो गन्तव्यमा पुग्न माइक्रो बसको यात्रामा थिएं। "ज्येष्ठ नागरिक आरक्षण – २ सिट" भनेर लेखिएको सिटमा प्लस-टु पढ्ने विद्यार्थी जस्ता देखिने २ जना किशोरीहरु बसिरहेका थिए। मैले "अलिकति सर न नानु, मिलेर बसौं" भन्दा एउटीले "अगाडीको सिटमा बस्नुस् न। त्यहाँ पनि पुरुष २ जना मात्रै छन्" भनेर किन्चित मुख लेप्राई। "हुन त हो, तर उहाँहरु मोटा मोटा हुनुहुन्छ, त्यसैले सजिलो ठाउँ खोजेको" मैले यसो भन्दा झ्याल निर बसेकी किशोरीले "शिट, जो पनि केटी भएकै ठाउँमा ढेस्सिन आउँछन् ...." भनेर फत्फताउँदै थिई, कन्डक्टरले "किन गनगन गरिराखेको ? ३ जनाको सिट हो, खुरुक्क मिलेर बस्नुस् त" भनेर कराइदिए पछि मैले बस्ने ठाउँ पाएं।

यात्रा नं. २

कोपुण्डोलबाट भाटभटेनी पुग्नु थियो। त्यसैले एकै यात्राले पुगिने पाटनढोकाको बसमा चढें। चालकको बायाँ पट्टी २ वटा सिंगल सिट ज्येष्ठ नागरिकका लागि आरक्षित गरिएको रहेछ जसमा २ जना महिला बसिरहेका थिए। मैले "म ज्येष्ठ नागरिक हुँ, कृपया उठिदिनुस् त" भनें तर कसैले सुनेको जस्तो पनि गरेनन्। दोस्रो सिटमा अन्दाजी ३० वर्ष जतिकी महिला काखमा बच्चा लिएर बसेकीले अगाडीको सिटमा बसेकी करिब २३-२४ वर्षकी युवतीलाई अलि ठूलो स्वरमा "सुन्नुस् त, ज्येष्ठ नागरिकको सिट खाली गरिदिनुस् त" भनेर कराउँदा पनि उनले मुन्टो फर्काएर हेर्नसम्म पनि हेरिनन्। दिक्क लागेर कन्डक्टरलाई सिट मिलाइदिन अनुरोध गरें। उसले "हामी प्यासेन्जरसंग झगडा गर्न सक्तैनौं। लेखेर सिट छुटाइदिएका छौं, आफै खाली गरेर बस्नुस्" भनेर पन्छियो। मैले "होइन, कन्डक्टरको काम भाडा उठाउनु मात्रै हो र ? यस्तो बेलामा बोलिदिनु, मिलाइदिनु पर्दैन ?" भन्दै थिएं ड्राइभरले "ओइ अंकल, एक छिन सिटमा बस्नकै लागि किन यति धेरै कचकच गरिराखेको ? सिटमा यसको उसको भनेर जेसुकै लेखिए पनि प्राथमिकता महिलालाई नै हो क्या" भनेर हप्काउने स्वरमा भाषण छाँट्यो। "लौ हेर्नुस्, यस्तो पनि नियम हुन्छ र ? यस्तो पनि व्यवहार गर्ने हो र ?" भनेर चारै तिर हेरेको, वरपर नजिकका सहयात्रीहरुको अनुहारमा विरक्ती त देखिन्थ्यो तर मेरो पक्षमा अर्थात नियमको पक्षमा बोलिदिने साहस वा कर्तव्यवोध कसैमा देखिएन। "टाढा पुग्नु छ, म त उभेर यात्रा गर्न सक्दिन" भन्दै आफ्नो स्वाभिमानमा परेको चोट सहन नसकेर अर्को बिसौनी थापाथलीमै बसबाट झरें।

यात्रा नं. ३

जापानी हाइएस माइक्रो बस यात्रुहरुले खचाखच भरिएको थियो। "ज्येष्ठ नागरिक आरक्षण – २ सिट" भनेर लेखिएको सिटमा झ्याल नजिक करिब २०-२२ वर्षकी युवती बसेकी थिइन्। बीचमा त्यति नै उमेरको देखिने युवक र छेउमा ४०-४५ वर्षको देखिने अधवैंसे बसेका थिए। मैले युवकलाई सम्बोधन गर्दै भने "यता हेर्नुस् त भाई। म ज्येष्ठ नागरिक हुँ। तपाईं युवा हुनुहुन्छ, कृपया मेरो लागि सिट खाली गरिदिनुस् न।" युवकले कुनै प्रतिक्रिया नजनाएकोले मैले बोलेको उसले सुनेन कि भनेर मैले आफ्नो कुरा दोहर्यारएं। उसले "म झर्ने बेला हुनै लाग्यो अंकल, एक छिन वेट गर्नुस्" भन्यो। मैले "कहाँ झर्नु हुन्छ ?" भनेर सोध्दा "रत्नपार्क" भनेर उसले हाँस्दै जवाफ दियो। मैले "त्यो त अन्तिम बिसौनी भइहाल्यो नि। होइन, कस्तो कुरा गर्नु भएको ? खै सिट खाली गरिदिनुस्। मैले तपाईं माथि कुनै दयाकृपा खोजेको होइन, जबर्जस्ती गरेको होइन, राज्यले बनाएको नियम पालना गर्नुस् मात्र भनेको हुँ" भनेकोलाई उसले "हें हें, नियम पालना रे ? होइन यो देशमा कसले कुन चाहिं नियम पालना गरेको छ र मैले मात्र गर्नु पर्ने हँ?" भनेर पो उल्टो च्याँट्ठियो। मैले त्यस प्रति आपत्ती जनाउँदै "अरुले के गर्छन् के गर्दैनन् त्यो कुरा छोड्नुस्। ज्येष्ठ नागरिक बस्ने सिटमा ज्येष्ठ नागरिक बस्न पाउनु उसको अधिकार हो। तपाईं ज्येष्ठ नागरिक बस्ने सिटमा बस्नु भएको छ, ज्येष्ठ नागरिक आए पछि उठिदिनु तपाईंको कर्तव्य हो ......" भन्दै थिएं, झ्याल नजिक बस्ने केटीले एक्कासी च्याट्ठिंएर "होइन कति कराउन सकेको ? बसमा चढेदेखि कचकच गर्या छ, छ। सिटमा बस्न शुरुदेखि नै चढ्नु पर्छ। बीचमा चढेर सिटमा बसिरहेको मान्छेलाई उठाउन पाइन्छ ?" भनेर कराउँदा एक छिन त म स्तब्ध भएं। रीस पनि उठ्यो। अलि ठूलो स्वरमै कराएर भनें "शुरु र बीचको कुरा होइन, ज्येष्ठ नागरिक लेखेको सिटमा बरु तपाईं किन बसेको ? अनि उल्टो ठूलो स्वरले कराउने ? कस्तो अनुशासन र संस्कार सिकेछौ नानी तिमीले ?" मात्र के भनेको थिएं "तपाईंहरुले नै सिकाएको हो हामीलाई यस्तो संस्कार, भयो ? अब चुप्प लाग्नुस्, बढी किचकिच गर्ने होइन।" भनेर उल्टो मलाई नै धम्क्याइन्।

मैले भ्याएसम्म चारै तिर हेरेर सहयात्रीहरुलाई भनें "देख्नु भयो देशका कर्णधार भनिने युवाहरुको यो व्यवहार ? होइन हाम्रो समाज कता अघि बढिरहेको छ हँ ? अरे कोहि त बोल्नुस्....." तर कोहि निदाएको जस्तो गरेर आँखा चिम्लेर ध्यानमग्न थिए। कोही मलाई हेर्नु पर्ला भनेर बस बाहिरको दृष्यावलोकनमा मस्त थिए। कोही मोबाइल गेम खेल्नमा व्यस्त थिए। कोही केही नगरे पनि मूर्तिले जस्तै ट्वाल्ल हेरिरहेका थिए। अनि मैले सम्झें, हाम्रो समाज बलियाको पाउमा लम्पसार परेर स्तुती गाउने शक्तिपूजकहरुको हो। हाम्रो समाज नागरिक चेतना विहीन असभ्यहरुको पनि हो। हाम्रो समाज नियम कानून उल्लंघन गर्दा गौरव गर्ने अराजकहरुको पनि हो। हाम्रो समाज अन्यायमा परेकाको पक्षमा बोलिदिनु पर्ला भनेर मुन्टो फर्काउने पानीआन्द्रे स्वार्थीहरुको पनि हो। अनि महिलाहरु उनीहरु सबैभन्दा १ कदम अगाडी हुन सक्छिन् किनकि उनीहरुले चाहेमा आफ्नो ब्लाउज आफैले च्यातेर निर्दोष पुरुषलाई हातपात र दुर्व्यवहारको आरोप लगाउन सक्ने शक्ति छ, महिला भएकै कारण दोषी भए पनि समाजको सहानुभूति पाउने संस्कार छ। त्यसैले त्यस उद्दण्ड केटीलाई सम्बोधन गर्दै भने – "ओहो नानी, तिमीलाई मैले बल्ल चिनें। तिमी त साक्षात चण्डी रहेछौ। एक हातले डण्डी समातेको छु, त्यसैले यो खाली रहेको बायाँ हातले एकहाते नमस्कार गर्छु। धूप दीप नैवेद्य लिएर हिंडेको भए यहीं आरती उतार्थें, पूजा पनि गर्थें। त्यसो गर्न नसकेकोमा क्षमा चाहन्छु ....." यतिकैमा रत्नपार्क आइपुगियो। अघि चुईक्क नबोल्ने सहयात्रीहरु मेरो व्यंग्य सुनेर गललल हाँस्दै मनोरञ्जन लिंदै बसबाट झरे। त्यस छौंडी पनि मत्ताएको राँगोले जस्तै मलाई बाङ्गो आँखाले घुर्दै ओर्लिन्। छौंडाले उसको हात समातेर "भैगो छोडी देऊ। लेट्स मुभ हनी। इट्स अलरेडी लेट" भन्दै तानेर लग्यो।

प्रिय पाठकहरु पढ्नु भयो त छौंडाले बोलेका शव्दहरु ? "भैगो छोडी देऊ" – मानौं उनीहरुको नजरमा दोषी म नै थिएं। त्यसै बेला मनमा एउटा दिव्य ज्ञान फुर्योल – महिला अबला र सबला मात्र होइन, सपोला र इबोला पनि हो! होसियार !!

महेश्वर श्रेष्ठ, ललितपुर
नेसं ११३५ चौलागा आमै विसं २०७२।०१।०५ बैशाखकृष्ण मातातिर्थ औंसी ईसं २०१५ अप्रिल १८ शनिबार

(श्रेष्ठको फेसबुक वालबाट साभार)
गोली हान्ने र बम पड्काउने रवि सिंह अपराधी होइनः एस.पी. लोहनी

गोली हान्ने र बम पड्काउने रवि सिंह अपराधी होइनः एस.पी. लोहनी

पर्साका एसपी दिवेश लोहनीले रवि सिंह अपराधी हैन किन भने ?
कुख्यात अपराधी सुनिल सिंहका सदस्य रवि सिंह रहेको खुलासा

वीरगंज ।

बीरगंजका ब्यापारी महेश कादम्बीया माथी गोली प्रहार गर्ने रवि सिंह भारत बिहारका कुख्यात अपराधी सुनील सिंह समुहका सदस्य रहेको खुलाशा भएको छ ।
मोतीहारीको जेलमा रहेका सुनिल सिंहले वीरगंजका उद्योगी र व्यापारीहरुलाई फोन मार्फत धम्की दिई रकम असुली गर्ने गरेको छ । भारतीय अपराधी सुनील सिंह गिरोहका सदस्यहरु बीरगंजमा सक्रिय रहेको छन ब्यापारी महेश कादम्बियालाई गोली प्रहार गर्ने, दुईवटा हतियार र दुईवटा शतिmशाली बम प्रहार गर्ने रवि सिंहलाई पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले पत्रकार सम्मेलन गरी रवि कुख्यात अपराधी नभएको र पृष्ठ भुमि हेर्दा कुनै अपराधी क्रियाकलापमा संकलग्न नरहेको अभिव्यक्ति दिंदा वीरगंजका व्यापारीहरु छक्क परेका छन् ।
हामीलाई बिशेष स्रोतले जनाए अनुसार रवि सिंहले बिगत ६ महिना अगाडी जिल्ला प्रहरी कार्यलय पर्साका क्रईम ब्राञ्चका निर्मल ज्ञावलीलाई फोन मार्फत धम्की समेत दिएका थिए । “तुम एक मारेगा मै दो मारुँगा, अब देखो वीरगंज मे कैसे आंतक मच्चाउँगा” भन्दै धम्की समेत दिएको हो ।
वीरगंज उपमहानगरपालिका पानीटंकी स्थित बस्ने एक डाक्टरलाई बिगत ६ महिना अगाडी रवि सिंहले मोवाईलमा फोन गरी “ज्यान प्यारी हे तो हमारी बात मानो, नही तो तुम्हारा दिया बुतजायगा” भन्दै धम्की दिएपछि तत्कालिन क्राईम ब्रान्चका सई निर्मल ज्ञवालीले नक्कली ब्यापारी बनी फोनबाट अपराधी रवि सिंह संग डील गरी रकम लिन आउन आग्रह गरेपछि सुनिल सिंहका सदस्य बताउने रवि सिंहले हमारा आदमी तुम्हारा पास जाएगा उसे रकम दे देना भनेपछि रकम लिन आएका तीन जना अपराधीहरु मध्ये एक जना भारत रक्सौल निवासी रामबाबु साहलाई वीरगंजको श्रीराम हलबाट पर्सा प्रहरीले प्रकाउ गर्ने सफल भएको थियो अन्य दुई जना प्रहरीको लापरवहीले भाग्न सफल भएको थियो ।
पक्राउ गरिएका रामबाबु हाल बीरगंज कारागारमा कैदी जीवन बिताईरहेका छन् भने सई निर्मल ज्ञवालीलाई धम्की दिने रवि सिंह यहि हो भन्ने थाहा हुँदाहुँदै पनि पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले रवि सिंह अपराधी होईन भनेर किन अभिब्यतिm दिएका छन् ? पर्सा प्रहरीमाथि नै शंका उब्जिएको छ । सई निर्मल ज्ञवालीलाई फोनबाट धम्की दिएको रकेर्ड पनि सुरिक्षत रहेको छ ।
यस दैनिकले भारतका कुख्यात अपराधी सुनाील सिंह गिरोहका सदस्य रवि सिंह बीरगंजमा आतंक मच्चाएको समाचार ६ महिना आगाडी समाचार सम्प्रेष्ण गरेको थियो । साभार:वीरगंज समाचारपत्र दैनिक
नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन

नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन

–दीपिका भुषाल
प्रकृतिको वरदान हो नेपाल । नेपाल जस्तो प्राकृतिक रुपमा भरिपूर्ण र सुन्दर देश विश्वमा विरलै छन् । “माल पाएर पनि चाल नपाएको” भन्ने उखानलाई चरितार्थ पार्ने देश पनि नेपाल नै भएको छ ।
प्राकृतिक रुपमा अति धनि भएर पनि प्राप्त साधन र श्रोतको सहि सदुपयोग हुन नसक्दा जहिले हेरे पनि गरिब देश नेपालका गतिशील, प्रगतिशील र असल नभएपछि दूर्दसापूर्ण अवस्था, अव्यवस्था रहिरहन्छ । विश्वलाई नै लोभ्याउने नेपाल नेपालीकैलागि विरानो र अभावको जीवन बिताउनुपर्ने वातावरण रहिरहन्छ । “बाँच र बाँच्न देउ, गरी खान देउ” भन्ने नेपालीको पुकार कस्ले सुन्ने ? नेपाल र नेपालीको काँचुली फेर्ने कार्य अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले नगर्ने ?

विकासशील देश नेपालकालागि उपयोगी र सन्तोषजनक काम अझै भएका छैनन् । सबै क्षेत्र लथालिंग, भताभुंग छ । सबै क्षेत्रको संरचना “ओभर हल” गर्नुपर्ने अवस्था छ । नेपाललाई अझै सकारात्मक अर्थ शास्त्रको सिद्धान्तले प्रभाव पार्न सकेको छैन । राष्ट्रिय बचत अनुपात र पूूजी अनुपात आर्थिक वृद्धिका श्रोत हुन् । मुीभरका नेपालीको जीवनस्तर माथि उक्लूदैमा सम्पूर्ण नेपलाी र समग्र नेपालको आर्थिकस्तर माथि उठ्न सक्दैन । सीसित व्यक्तिहरू धनि हुँदैमा देशै धनि हुन सक्दैन ।

सबैकालागि सधैंकालागि धनि बनाउने दिगो उत्पादनका कार्यमा सम्पूर्ण नेपालीलाई जुटाउने योजना, नीति, कार्यक्रम, विधि र प्रकृया हुनु पर्दछ । यी सबै ध्वस्त छन् ।

पूूजी उत्पादनशील र उत्पादकत्त्व वृद्धि नभएसम्म राष्ट्र समृद्ध हुन सक्दैन । राष्ट्र समृद्ध हुनकालागि स्थिर शासन व्यवस्था अनिवार्य हुन्छ । स्वच्छ राजनीतिक वातावरण नभएसम्म सबै उन्नतिका अवसरमा अवरोध उत्पन्न भइरहन्छ । नेपालका श्रमिक युवाहरू देश छोडेर वैदेशिक रोजगारीमा जानुपर्ने कहालीलाग्दा बाध्यताले नेपालको अवस्था दयनीय बन्दै गएको आभाष हुन्छ ।

श्रमको सन्तुलन विन्दू विना राष्ट्रिय सन्तुष्टि प्राप्त गर्न सकिंदैन । नेपाल एउटा कृषि प्रधान देश हो । नेपालमा श्रमको वैज्ञानिक रुपमा सदुपयोग वाञ्छनीय रुपमा हुन सकेको छैन । नेपाल राष्ट्रको अर्थतन्त्रमा कृषि क्षेत्रको प्रमुख भूमिका हुन्छ तर यो भनाईमा मात्र सीमित छ । श्रमको सम्बन्ध खासगरी भूमि तथा कृषिमा प्रभावशाली हुन्छ यो भनाईमा छ, गराईमा छैन । अनि कसरी हुन्छ देशको उल्लेख्य प्रगति ?

प्रतिव्यक्ति आय न्यून, श्रम पलायन नेपालले सामना गर्नु परेको ठूलो चुनौती हो । नेपालीको चाहना एउटा छ, नेपालीको चाहना परिपूर्ति गर्ने जिम्मेवारी पाएको सरकारको हिंडाई अर्कोतिर छ । सरकारी काम गराई र जनताको चाहनाबीच सामाञ्जस्यता छैन जस्ले गर्दा देश उभो गतिमा होइन, उँधो गतिमा गइरहेको छ । भौतिक पूर्वाधारको विकास भइरहेको छ । तर मानवीय आवश्यकताकालागि अनिवार्य रुप्मा हुनुपर्ने मानवीया आवश्यकतालाई सुहाउँदो स्वभाविक विकासमा नानाथरिका अवरोध उत्पन्न भइरहेका छन् । सम्पन्नताको भाग्य र भविष्य बोकेर आएका नेपाली विपन्नताको दुष्चक्रमा रुमल्लिएका छन् ।

जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पनि नकारात्मक प्रभाव पार्दै आएको छ । प्राकृतिक विपत्तिहरू झेल्नु परिरहेको छ । जलवायु परिवर्तनबाट उपलब्ध अवसरको दुरुपयोग गरी गरिबी न्यूनिकरण तथा दिगो विकासका लक्ष्य पूरा गर्न राष्ट्रिय नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु अत्यावश्यक छ । खाद्यान्न आपूर्तिको अवस्था हेर्दा नेपाल आत्मनिर्भर होइन, अति परनिर्भर बन्दै गइरहेको छ ।

बढ्दो लोडसेडिङ, विद्यतु सप्लाईमा कमि र अनियमितताले सबै क्षेत्रमा प्रभाव पारेको छ । विद्युत लोडसेडिङका का।ण जेनरेटर र इन्भर्टर खरिदमा ठूलो रकम खर्च भइरहेको छ । यस्तो अवस्थालाई चुनौती र अवसरका रुपमा लिनु पर्दछ ।

आवश्यकता नै आविष्कारको जननी हो भन्ने कुरालाई मनन र आत्मसात गरी विश्वका पर्यटक धेरै भन्दा धेरै भित्र्याएर देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रयासको शुरुवात हुनु पर्दछ । नेपाल एउटा विश्वकै पर्यटकीय गन्तव्य मध्येको राम्रो देश हो । विश्वभरका पर्यटकहरू नेपाल आउन लालायित छन् । तर पर्यटकीय मैत्री वातावरण, पर्यटकहरूले खोज्ने सेवा नेपालमा सन्तोषजनक छैन । अतिथि देवो भव: भन्ने नेपालीको संस्कार र संस्कृतिमा पनि परिस्थिति अनुसार कमि आउँदै छ । विचित्रको संसारमा अचम्मको देश नेपाल बन्दै गएको छ । नेपालका दलका नेताहरूमा सद्वुद्धि नआएसम्म चमत्कारिक रुपमा आर्थिक फड्को प्रचूर संभावना भएर पनि मार्न नसक्ने अवस्थामा नेपाल रहेको छ ।

मानवरुपी भगवानजस्ता नेपालीलाई शासन गर्ने, असल व्यवस्था नभएबाट नेपालले चाहेर पनि उपलब्धी हासिल गर्न नसकेको हो ।

नीति निर्माण, योजना र कार्यान्वयनको तहमा काम गर्नेहरूको मन र वुद्धिमा शुद्धिकरण र परिवर्तनको आवश्यकता छ । वित्तिय अपराध, आर्थिक भ्रष्टाचार, नैतिकता र जिम्मेवारीमा हूास, धनि र गरिब बीचको खाडल फराकिलो हुँदै गएको नेपाल प्राकृतिक साधन र श्रोतले ति नै धनि छ, जो सदुपयोग र संरक्षणको पर्खाइमा रहेको छ । कृषि, विद्युत र पर्यटनको सूगसूगै उच्च प्राथमिकताका साथ आवश्यक विकास गर्ने हो भने एक दशकमै नेपाल विश्वकै नमूना देश बन्न सक्ने अवसर छ ।

अब उपरान्त हामीले हाम्रो देश गरिब छ, हामी गरिब छौं भन्ने दरिद्र मानसिकता त्याग्नु पर्दछ । भ्रष्टाचार, घुसखोरी र ढिलासुस्तीलाई निर्मूल गर्ने अभियानमा जुट्नु पर्दछ । त्यसपछि हामी नेपाली कोही गरिब र बेरोजगार हुँदैनौं । हामी नेपालीसूग जाँगर, श्रम र सीप छ । सरकारको नेतृत्त्व गर्ने व्यक्ति, समुह असल इमान्दार र सक्ष्म भएमा विधिको शासन कायम भएमा देशले आर्थिक वृद्धिदर उल्लेख्य रुपमा हासिल गर्न सक्ने प्रवल संभावना छ ।

राजनीतिक संक्रमण लम्बिन नै विकासकालागि महाकाल सावित भएको छ । गरिबी निवारण कोषको रकममा समेत भ्रष्टाचार गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीहरू भ्रष्टाचारी हुने प्रवृत्ति रहेसम्म निश्चित रुपमा नेपालले विकास लक्ष्यमा फड्को मार्न सक्दैन । लक्षित वर्गको आयस्तर माथि उठ्न सक्दैन । आर्थिक समृद्धिकालागि दिगो व्यवसाय प्रत्येक घर परिवारको हुनु पर्दछ । उत्पादन कार्यमा सबैजना जुट्नु पर्दछ । रक्सी पिएर, तास खेलेर गफ चुटेर हात बाँधेर बस्ने बेला अहिले होइन । देशको विकास र आफ्नो जीवनस्तर उकास्न हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? विश्वका पर्यटकहरूलाई बढीभन्दा बढी सेवा दिने आकर्षण गर्ने नीति, कार्यक्रम र योजनालाई प्राथमिकता दिनु पर्दछ । नेपालको पर्यटन व्यवसाय प्रवर्द्धन
गर्न सके नेपाल र नेपाली समृद्ध हुनेछन् ।


(पर्वत जिल्ला जन्मस्थान भएकी लेखिका भुषाल हाल इजरायल बस्दै आउनुभएको छ ।)

प्रकाशित मिति:२०७२ वैशाख ३ गते बिहीवार
राजनैतिक दल : आस्था र सिद्धान्त कि व्यक्ति पुजा ?

राजनैतिक दल : आस्था र सिद्धान्त कि व्यक्ति पुजा ?

– स्वयम्भुनाथ कार्की

सामान्यतया राजनैतिक दलहरुलाई जनताले आफ्नो अधिकार उपभोग तथा कर्तव्य निर्वाहनको औजार भनेर मान्ने गरिन्छ । अझ बहुदलिय व्यवस्थामा त जनताको यो काम राम्रोसंग गर्ने अनि जनता प्रति उत्तरदायित्व निर्वाहनको प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राखिन्छ । तर यो मान्यता केवल विभिन्न विचारधारा स्विकार गर्ने पद्धतिको निमित्त मात्र हो । केहि समयदेखि छलफलमा आउने गरेको बहुलवाद र बहुदलको आरभुत भिन्नता पनि यसैमा रहेको छ । जव आस्था वा सिद्धान्त भन्दा दलहरुमा सर्वमान्य नेता, शीर्ष नेता आदि नामले व्यक्तिपुजा शुरु हुन थाल्छ तव बहुलवादको अन्त्य र केवल बहुदलको मात्र वर्चश्व हुन थाल्छ । दलको आधारभूत सिद्धान्त गौण हुन थाल्छ । समयको माँगको बहानामा दलहरु जोडिन वा तोडिन लाग्दछन् । अनि यो कुरा गर्ने नेतालाई यो सैद्धान्तिक विचलन हो कि हैन भन्ने प्रश्न हुँदैन त्यहाँ नै बहुलवादको मृत्यु हुन्छ र तानाशाहको विजारोपण हुन्छ । उदाहरणको निमित्त नाजीको सर्वमान्य नेता हिटलर, फासिष्टको पूज्य नेता मुसोलिनी कै नाम पर्याप्त हुन्छ ।

“क्याडरवेस” दल एक पटक सदस्थता लिए पछि सजिलै छोड्न नमिल्ने किसिमको दल हो । “नोट अफ डिसेन्ट” भनिने गरेको राय बझाउने पद्धति यस्तै दलहरुको हो जहाँ कुनै निर्णय सर्वसम्मत मात्र हुन्छ, चित्त नबुझे राय बझाउने सुविधा दिईएको हुन्छ । जो कि विद्रोह जन्माएर दल विभाजनमा कि आत्मसमर्पणमा समाप्त हुने गर्दछ । कुनै पनि हालतमा दल भित्र वैचारिक विविधता कायम रहन सक्दैन । जति वेलासम्म रहन्छ गुटवन्दी रहने गर्दछ । यस्ता गुटहरुको संघर्ष “प्रेम र युद्धमा सबै उचित छ” शैलीको हुने गर्दछ । विना मनभेदको मतभेद यहाँ संभव नै हुन सक्दैन । यस्ता मनभेदको उपचार रक्तरंजित भएका उदाहरण पनि इतिहासमा छरपष्ट छन । “मासवेस” भनेर कुनै वर्ग समुहको प्रतिनिधित्व गर्ने दलमा यस्तो सर्वसम्मत सम्भव छैन, न कुनै नेताको व्यक्तिपुजा सम्भव छ । त्यसैले “मासवेस” दलहरुको नेतृत्व यस्तै “क्याडरवेस”को आकर्षणमा जाँदैछ । त्यसैले धेरै दलहरुमा बैठक कुनै पर्व जस्तै हुन थालेको छ, त्यो पनि “जुठो”, “सुतक” आदिले थुनिने किसिमको पर्व ।

जव सम्पुर्ण जनतलाई कुनै न कुनै दलमा आवद्ध हुनै पर्ने वातावरण पैदा हुन्छ त्यसवेला जति नै ठूलो स्वरले फलाके पनि जनताको अधिकार कुन्ठित नै रहन्छ । दलहरु जनताको अधिकार उपयोग गर्ने हतियार नरहेर जनताको अधिकारको ठेकादार बन्न पुग्छन् । आफ्नो सर्वोच्चता र सार्वभौम अधिकार दलहरुले प्रयोग गरेको टुलुटुलु हेर्न बाहेक अर्को विकल्प रहदैन । केवल मतदान मात्र जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने व्याख्या हुन थाल्छ । अनि विस्तारै पोलपोट, ईदिअमिन, चाउचेस्कु अवतरित हुन थाल्दछन । वर्तमानमा नेपाल यहि अवस्था भोग्दैछ । खाका स्पष्ट छैन, रुप पनि स्पष्ट छैन तर पोलपोट, ईदिअमिन हुनसक्ने कच्चा पदार्थहरु प्रचुर मात्रामा देखिदैछन । जनताको कोखबाट जन्मेका यस्ता तानाशाहको मलजलको निमित्त हमेशा इतिहासलाई गालि गर्नु र त्यसलाई नकार्नु हुन्छ ।

नेपाली मनले न कुनै “क्याडरवेस” दल खोजेको छ , न “मासवेस” नै । यस्ता दलहरुको कमीकमजोरी औल्याउने वित्तिकै आफुलाई गद्दार भनिने छ भन्ने थाहा छ । “ तँ फलानो समुदायको भएर फलानोको विरोध गर्ने , तँ गद्दार होस” भन्ने कुरा नेपाली समाजमा देखिन थालेका छन् । यो कुरा कुनै वर्ग विषेशमा, कुनै समुदाय विषेशमा वा कुनै जाति विषेशमा मात्र सिमित छैन । सबैमा कुनै न कुनै यस्ता स्वघोषित मालिक पैदा भएका छन् जो आफ्नो कुरा नमान्नेलाई मध्ययूगिन बर्बर प्रथाले जस्तै जातीच्यूत, वर्गच्यूत गर्न पछि पर्दैनन । हुक्कापानी बन्द गर्ने यस्तो प्रचलनलाई विश्वले कुप्रथा मानिसकेको अवस्थामा पनि यसैको डर देखाएर आफ्नो वर्चश्व सावित गर्ने यस्ता “क्याडरवेस”, “मासवेस” समुहहरु अव नेपालीका हुन सक्दैनन् । नेपालीलाई चाहिएको छ आस्था आधारित, सिद्धान्त आधारित राजनैतिक समुह । समुहले आफ्नो आस्था सिद्धान्त कतिमात्रामा बोकेको छ त्यो निर्णय त्यो दलले हैन कि जनताले गरेर छान्ने हो ।

नेपालीको दुर्भाग्य कि अहिलेसम्म यस्तो कुनै दल अस्तित्वमा आउन सकेको छैन । कुनैले कसैले आफु यस्तो हुँ भन्ने देखाउन खोजे पनि अलिकति मौका पाउने वित्तिकै उ पनि आफ्नो मतदाताहरु माथि, आफ्ना सदस्यहरु माथि स्वामित्व जनाउन नै खोज्दछ । यसरी बारम्बार विश्वास गुमाउन पुगेका दलहरुलाई जनता आफ्नो अधिकारको निमित्त हैन त्यो दलले पुर्‍याउन सक्ने आफ्नो व्यक्तिगत फाईदा हेरेर मत दिन वा समर्थन गर्न  वाध्य छन । घोर निराशामा अरु केहि नभए पनि अलिकति व्यक्तिगत लाभ नै भए पनि लिन जनता पछि पर्न चाहँदैन । जनता संघर्ष गर्न तैयार छ, तर त्यो संघर्षले स्थापना हुने विकल्पले भरोसा दिन सकेको छैन । नेपालका हरेक आन्दोलनमा साथ दिएर जनताले धेरै अभ्यास गरिसक्यो , स्थायित्वले पैदा हुनसक्ने आफ्नो समृद्धि र सुखको बलिदान दिइसक्यो । विगतका आधा शताव्दि भरि अनगिन्ती आन्दोलन गरिसक्यो तर कुनैको पनि सुरक्षित अवतरण हुन सकेन । के यस्तोमा जनताको अधिकारको उपभोक्ता हैन जनतालाई अधिकार उपभोग गराउन तैयार आस्था आधारित दलहरु निक्लेलान ? दल आस्था सिद्धान्तको निमित्त हो व्यक्तिपुजाको निमित्त हैन भन्ने कुरा कसैको मगजमा पस्ला ? प्रश्न अनुत्तरित छ ।

विराटनगर १


प्रकाशित मिति:२०७२ वैशाख ३ गते बिहीवार
लायनको एउटै सिद्धान्त–हामी सेवा गर्छौं

लायनको एउटै सिद्धान्त–हामी सेवा गर्छौं

–उमेश साह कानु
वीरगंजस्थित होटेल भिष्वामा विश्वकै ए–वन क्लव लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी २ नेपालको तेश्रो वार्षिक सम्मेलन (महाधिवेशन) चैत्र २८ गते अर्थात अप्रिल ११ का दिन भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ । डिस्ट्रिक्ट ३२५ बी २ का गभर्नर लायन रमेश कुमार अग्रवालको सभापतित्त्वमा आयोजित डिस्ट्रिक्ट ३२५ बी २ को महाधिवेशनको उद्घाटन प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास की महावाणिज्यदूत विशिष्ट अतिथि अन्जु रन्जनले संयुक्त रुपमा पानसमा दिप प्रज्वलितका साथ गर्नु भएको थियो ।

केबिनेट सेक्रेटरी डि.एन. अग्रवालले संचालन गर्नु भएको सो महाधिवेशनमा नेपाल अधिराज्यभरिबाट आएका करिब १५०० लायन, लायनेस तथा लियोको उपस्थिति रहेको थियो । लायन्स क्लब्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ बी २ मा महिलाहरूको उल्लेख्य आवद्धता रहेको छ । लायन्स क्लव ३२५ बी २ को नेपालमा विशेषगरी युवा उद्यमी, व्यवसायी रहेकाले यो महाधिवेशनको निकै महत्त्व रहेको छ ।

नेतृत्त्व र व्यक्तिगत विकासमा लायन्स क्लवको योगदान अतुलनीय छ । सेवा र प्रेमलाई प्रदर्शन गर्ने लायनवाद जिन्दावाद ।

आजको ४३ वर्ष अघि नेपालमा लायन्स क्लवको स्थापना भएको हो । विश्वको २१० राष्ट्रमा फैलिएको लायन्स गतिविधिमा नेपालको ५० औं स्थान छ । अन्तर्राष्ट्रिय लायन्स क्लवमा विश्वभरिका १४ लाख सदस्य रहेका छन् । नेपालले ५ लाख सदस्य बनाएको छ । लायन्स क्लव इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ बी २ मा नेपालमा १४ हजार नेपाली लायनवादमा आवद्ध छन् ।

संचारमन्त्री मिनेन्द्र रिजालले शुभकामना मन्तव्यका क्रममा नेपाल नकारात्मक कुरा बढी गर्ने समाजका रुपमा रुपान्तरण हुँदैछ । समृद्धिको मन्त्र लायन्स क्लवमा संलग्न युवा उद्यमी, व्यवसायीहरूबाट मात्र संभव छ । नेपालको आर्थिक र भौतिक पूर्वाधारको विकास, निराशाजनक छैन । संविधान छिटो निर्माण भएमा मनोवैज्ञानिक आधार सिर्जना हुन्छ । आशा जाग्यो भने मात्र उडान र छला· सम्भव हुन्छ भन्नु भएको थियो ।

विशिष्ट अतिथि भारतीय महावाणिज्य दूत अन्जु रञ्जनले हामी रिस्तेदार हौं, सहयोग गर्न तत्पर छौं । लायन्सको प्रोजेक्टलाई भारत सरकारले सघाउन सक्दछ भन्नुभयो ।
नेपालको तर्फबाट लायन्स क्लव इन्टरनेशनलको डाइरेक्टरमा उम्मेदवारी दिनु भएका विजय सुनिश्चित रहेको लायन इन्जिनियर संजय खेतानले पागल र बालकले मात्र जिवनमा आनन्द लिन सक्दछ । दुनियाँमा कहिं स्वर्ग छ भने नेपालमै छ । अमेरिकाको होनोलल हवाईमा विश्वका ४० हजार लायनको सहभागिता हुने लायन्स अन्तर्राष्ट्रिय महाधिवेशनमा नेपालको झण्डा फहराउन आफूले उम्मेदवारी दिएको हो, आगामी जुलाईमा अन्तर्राष्ट्रिय सम्मेलन हुलुलुमा हुँदैछ भन्नु भएको थियो ।

अल लायन्स क्लव अफ वीरगंजको आतिथ्यमा सम्पन्न तेश्रो महाधिवेशनको संयोजक लायन रामविहारी पाण्डे रहनुभएको थियो । सो महाधिवेशनमा लायन्स क्लवका पूर्व पदाधिकारी सुदर्शन प्रधाना·, मनोज कुमार सापकोटा, अनुपा पहाडी, डि.आर खनाल, पी.सी. अग्रवाल, राजकुमार सिन्धी, अरुण प्रताप राणा, सि.एन. ज्ञवाली, भुवन शेरचन, भीम घिमिरे, अजिता बराल, मधुकर उपाध्याय, सगुन उपाध्याय, भरत प्रसाद ढुंगेल, संजिता खेतानलगायतको उपस्थिति रहेको थियो ।

लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २ नेपालका अध्यक्ष रमेश अग्रवालले लायन्स क्लव इन्टरनेशनलबाट उपलब्ध उचित समयमा उचित सम्मान गर्दै लायन भोजराज न्यौपाने, विनय बस्नेत, रामविहारी पाण्डे, मनोज बावरी, अनुज रुूगटा, राम श्रेष्ठ, माधव प्रसाद पौडेल, युवराज क्षेत्री, धर्मराज श्रेष्ठ, विनोद श्रेष्ठ, मुकुन्द ढकाल, माधव प्रसाद भट्टलाई मेडल प्रदान गर्नु भएको थियो ।

त्यस्तै लायन्स क्लव इन्टरनेशनलका तर्फबाट प्राप्त प्रमाणपत्र लायन आर.एस. महतो, अमरवहादुर श्रेष्ठ, हरिगोबिन्द महर्जन, अमरज्योति रंजित, रामचन्द्र दाहाल, शम्भु नकर्मी, देव चौधरी, उमेश साह कानु, प्रजय हरलालका, राजीव आचार्य, मनिष सिस्का, आकाश शाही, मुकेश खेतान, फैज्दार, विजय गुप्ता, प्रकाश वायेती, निर्मला श्रेष्ठ, खोमकान्त रेग्मी, प्रभाकर पण्डित, द्वारिका प्रसाद श्रेष्ठ, सविना श्रेष्ठ, सीता श्रेष्ठ, तुलसी राना, सन्तोष गुप्ता, ज्ञानेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल, रमेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, सुन्दरलाल प्रधान, टेक नारायण पौडेल, बस्नतराज पाण्डे, आलोक जायसवाललाई प्रदान गरिएको थियो ।

प्रमुख अतिथि मन्त्री डा. मिनेन्द्र रिजालले लायन घनश्याम भट्टराई, रामेश्वर पंसाद गुप्ता, संदिप कसोधन, राघव आचार्य, २५ वटा क्लव स्थापना गर्ने विनोद श्रेष्ठलाई MJF (एमजेएफ) प्लेट प्रदान गर्नुभएको थियो ।

चार्टर्ड प्रसिडेन्ट आकाश सर्राफ, विश्वराज खनाल, सन्तोष खतिवडा, बलराम श्रेष्ठ, पुष्कर प्रसाद श्रेष्ठ, भोजबहादुर खड्का, गणेश उप्रेती, जंग बहादुर मल्ल, अमरथापा, रवी सिग्देल, लिसेन बस्नेत, जीवन प्रसाद वली, सरस्वती बस्नेत भागीश्वर शर्मा, योगेन्द्र प्रसाद ढकाल, महेश प्रसाद काफ्ले, भुपेन्द्र प्रसाद बिसी, कृष्णराज पन्तलाई सम्मान गरिएको थियो ।

मल्टिपल काउन्सिलका भरत ढुंगेल,  अन्य डिस्ट्रिक्टका गभर्नर भुवन शेरचनले भाइस प्रेसिडेन्टमा राम्रसाद भट्टराई (चितवन) र मधुसुदन शर्मा (नेपालगंज) लाई चुनावमा प्रतिस्पर्धा नगरी आलोपालो गरी पदभार ग्रहण गर्न आग्रह गर्नुभएको थियो तर चुनाव भएको थियो र सो महाधिवेशनमा ४ जना गभर्नरको उपस्थिति रहेको थियो ।

लायन गणेश प्रसाद लाठ संयोजक रहनु भएको स्मारिका प्रकाशन समितिले 3rd Annual Distrist Convention Dist.325 B2 Nepal Souvenir पनि प्रकान गरेको थियो । सो स्मारिकामा लायन्स क्लवका इन्टरनेशन फाउण्डेशनका चेयर पर्सन बारी जे.पालमर, इन्टरनेशनल एशोसिएशन अफ लायन्स क्लब्सको फष्ट भाइस प्रेसिडेन्ट डा. जिटसुहिरो यामदा, सेकेण्ड भाइस प्रेसिडेन्ट रोवर्ट इ. कोरियु, इन्टरनेशनल डाइरेक्टर लायन आर.मुरुगान, इण्टरनेशनल डाइरेक्टर एन.एस. शंकर, एलसीसीआई चेयर म्यान लायन राजु भी मनवानी, अफ्रिका लिडरशीप कन्फ्रेन्स चेयर म्यन एलिक्स भिन्सेण्ट गायेस, आइ.एम.एम. पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन नरेश अग्रवाल, डाइरेक्टरका उम्मेदवार संजय खेतान, काउन्सिल चेयर पर्सन लायन भरत प्रसाद ढुंगेल, डिस्ट्रिक्ट गभर्नर लायन रमेश कुमार अग्रवाल, डिस्ट्रिक्ट गभर्नर ३२५ बी १ की भुगोल शेरचन, लायन भीम घिमिरे, डिस्ट्रिक्ट गभर्नर ३२५ ए २ का लायन मधुकर कुमार उपाध्याय, एमजेएफ आइपीडीजी महेन्द्र नारायण श्रेष्ठ, एमएफजे डि.के. ढुंगाना, सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर डिस्ट्रिक्ट ३२५ बी २ नेपाल लायन घनश्याम भट्टराई, कन्भेन्सन कन्भेनर लायन रामविहारी पाण्डेको शुभकामना सन्देश समावेश गरिएको छ ।
लायन्स क्लव एक विशुद्ध मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय ठूलो संख्या हो । लायन्सको स्लोगन छ, :L-Liborty, I-Ontalliagence, O-Our, N-Nations, S-Safty । लायन्स क्लवको उद्देश्य WE SERVE  अर्थात हामी सेवा गर्छौं भन्ने छ । लायन्स क्लवको संस्थापनक मेल्भिन जोन्स हुन् । ७ जुलाई १९१७ मा यसको स्थापना भएको हो । यसको प्रधान कार्यालय शिकागोमा रहेको छ । नेपालमा लायनवाद विधिवत शुरु भएको वर्ष सन् १९७१ हो । नेपालको पहिलो लायन्स क्लव लायन्स क्लव अफ विराटनगर र संस्थापक अध्यक्ष पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइराला हुन् ।
नेपालमा लायन्स क्लवका ४ वटा डिस्ट्रिक्ट छन् । लायन्स सदस्यहरू सात प्रकारका हुन्छन् । लायन्स क्लव अन्तर्राष्ट्रियको प्रथम इन्टरनेशनल प्रेसिडेन्ट डा. डब्लु.पी. उडस हुन् । नेपालको फूल फेडज डिस्टिक्ट ३२५ का प्रथम गभर्नर लायन ठाकुर सिंह हुन् । नेपालबाट अन्तर्राष्ट्रिय लिडिङ डोनर पुनमचन्द अग्रवाल हुन् । लायन वर्षको शुरुवात 1st July बाट हुन्छ । लायन्स अन्तर्राष्ट्रिय हेड क्वार्टरमा प्रेसिडेन्ट, पास्ट प्रेसिडेन्ट, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, जुन देशका रहन्छन् त्यही देशको झण्डा गाडिन्छ । नेपालको प्रथम लियो क्लव काठमाण्डौ लियो क्लव हो । लायन्स क्लव अन्तर्राष्ट्रियको साधारण सदस्य लायन जिम्मी कार्टर अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए । लायन नेल अर्मस्ट्रङ चन्द्रमामा पदार्पण गरेका थिए ।

(लेखक लायन्स क्लव वीरगंजमा डिस्ट्रिक्ट चेयर पर्सन हुन्)
(होम क्लव, लायन्स क्लव वीरगंज ग्रीन, क्याम्पस)

लेखकलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहोस्...
उमेश साह कानु
प्रकाशित मिति:२०७२ वैशाख ३ गते बिहीवार