वीउवासङ्घद्वारा “व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य” सम्बन्धी प्रशिक्षण

वीरगञ्ज, २२ मंसिर
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजना तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा “
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य” विषयक दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।
वीउवासङ्घका अध्यक्ष अशोककुमार वैधले प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्नुहुँदैं पर्सा÷बारा क्षेत्रमा अवस्थित उद्योगहरुलाई लक्षित गरी सञ्चालन गरिएको यस प्रशिक्षण कार्यक्रमको नितान्त आवश्यकता रहेको बताउनुभयो । दुई दिने प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरु आ–आफ्नो कार्यस्थलमा कार्यान्वयन गर्न सके मात्र प्रशिक्षणको सार्थकता हुने कुरामा अध्यक्ष वैधले जोड दिनु भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घकी बरिष्ठ अधिकृत तथा प्रशिक्षक शकुन्तला श्रेष्ठले कार्यक्रमबारे प्रकाश पार्दै उद्योग प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यले उत्पादकत्वमा समेत प्रत्यक्ष असर पार्ने भएकोले यसको उपयोगिता बढेर गएको बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा पर्सा÷बारा करिडोरका २५ विभिन्न उद्योगका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment