वीरगंज,मंसिर २२
। काठमाडौको एसएनएस गल्र्स होष्टलमा बसी अध्ययनरत धनुषा जिल्ला तुलसियाहीकी २० वर्षीय रितु महासेठको शानिबार दिउँसो छुरा प्रहार गरी हत्या गरेकोमा मधेसी पत्रकार समाजको गम्भिर ध्यानाकर्षण भएको छ । सिंहदरवारको नजिकै बिद्यार्थीको हत्या हुदाँ पनि हत्यारा पक्राउ पर्न नसकेपछि बाहिरबाट काठमाडौंमा अध्ययन गर्न आउने बिद्यार्थीहरुले असुरक्षित महसुस गर्ने बताए । साथै समाजले हत्यारालाई तत्काल कारवाहीको माग समेत गरेको छ । कान्तिपुर कलेज बानेश्वरमा बिबिएस प्रथम वर्षमा अध्ययनरत महासेठलाई चार जना अज्ञात युवकहरुले छुरा हानी हत्या गरेका मा मैतीदेवीबाट घट्टेकुलो विवाहमा जानेक्रममा शनिबार बाटोमा अपरिचित व्यक्तिहरुको समूहले छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको थियो । महारागंजमा उपचारको क्रममा शनिबार दिउँसो ४ बजे उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । मधेस पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलद्वारा हस्ताक्षरित बिज्ञप्ती मार्फत कारवाहीको मांग गरेका छन् । यस घटना प्रति नेकपा एमाले एवं मधेसवादी दलका जनवर्गीय संगठनले दोषीलाई कारवाहीको माग गर्दै एकवद्धता जनाएका छन् ।