अमृता अनाथ आश्रमका बालबालिकालाई जाडोको लुगा तथा खाद्यान्न वितरण

वीरगंज, २२ मंसिर
मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जको १२ औँ बार्षिकोत्सवको अवसरमा तेश्रो दिन आज बाराको कलैयामा रहेको अमृता अनाथ आश्रमका बालबालिकालाई जाडोको लुगा तथा खाद्यान्न वितरण गरेको छ । अमृता अनाथाश्रममा रहेका १९ जना बालबालिका र उनीहरुलाई सेवा गर्ने पाच जना सहयोगीलाई गरी २४ थान जाडोको कपडा प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलाल, जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रविन्द्र रेग्मी, रेडियो विरगंजका अध्यक्ष धु्रव साहले संयक्त रुपमा आश्रमका सञ्चालकद्धय फूलमति बस्नेत र गोवद्र्धन बस्नेतलाई कपडा प्रदान गर्नु भएको हो । कपडा वितरण कार्याक्रममा बौल्दै रेडियाका कार्यकारी अध्यक्ष ध्रुव साहले यस्ता सामाजिक गतिविधिमा रेडियो वीरगंज ९९ मेगाहर्ज सदा अग्रसर रहने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि बाराका सहायक प्रमुख जिल्ला अधिकारी दुलालले रेडियोले सुचना संगतीका साथै यसरी सामाजिक कार्यक्रममा आफनो सक्रियता बढाएको प्रंशसा गर्नु भयो । रेडियो विरगंजका बारा सम्बाददाता सिकेन्द्र पासवानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रविन्द्र रेग्मी, आश्रम सञ्चालक फूलमती बस्नेत, नेपाल पत्रकार महासंघ बाराका अधयक्ष कमल उपाध्ययालगायतले मन्तव्य राख्नुभयो । यस्तै भोली २३ गते बारा र पर्सामा घरदैलोमै पुगेर श्रोताहरुको भावना बुझ्ने तथा २७ गते अन्तिम दिन बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिने कार्यक्रम रहेको छ । बार्षिक उत्सवको अन्तिम दिन मंसिर २७ गते वीरगंजको माइस्थान मन्दिर अगाडि मध्यान्ह १२ बजे देखि शुरु हुने खुला बृहत सास्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक, गायीका तथा हास्यकलाकारहरुले आ–आफ्नो प्रस्तुति दिने छन् । कार्यक्रममा ईन्दिरा जोशी, कोमल ओली, कमल खत्री, हेमन्त शर्मा, सन्जु अमात्य, स्थानिय कलाकार सुनिल पण्डीत, लगायतले पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ ।


SHARE THIS

Author:

Facebook Comment