अवैध औषधिसहित दुई भारतीय पक्राउ

क्राइमचेक प्रतिनिधि/
वीरगंज/पर्सा प्रहरीले अवैध औषधि सहित वुधबार बीरगंजबाट दुई जना भारतीय नागरीकलाई पक्राउ गरेको छ ।
अपराध नियन्त्रण फरार अभियुक्त पक्राउ तथा भन्सार चोरी निकासी नियन्त्रणको लागि जिल्ला प्रंहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले भारतबाट अवैध रुपमा ल्याउदै गरेको अवस्थामा फेरोभिटल २ सय एम.एल.को सिरफ र हिरोभिट सि १५ एम.एल.को ड्रप्स सहितका दुई कार्टुन औषधी मोटरसाईकलमा राखेर वीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा उनिहरुलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी थाना पलवना ग्राम जगधर बस्ने २२ वर्षीय चन्दन कुमार यादव र २० वर्षीय राहुल कुमार गुप्ता रहेका छन् ।
 प्रहरीले अभियुक्तहरुको साथमा रहेको मोटरसाईकल र औषधी समेत नियन्त्रणमा लिएर थप कारवाहीका लागि प्रहरी हिरासतमा राखेको पर्साका प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले बताउनु भयो ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment