
क्राइमचेक प्रतिनिधि/
बीरगंज/रौतहटमा बुधबार प्रहरीले चोरीको मोटरसाइकल सहित चारजनालाइ पक्राउ गरेको छ । जिल्लाको हथियाही गाबिसबाट दुई साता अघि चोरी भएको ना ३ प ७०४४ नम्बरको मोटरसाइकल सहित चार जना चोरलाई प्रहरीले पक्राउ गरेको हो । हथियाही २ का भुरन साहको मोटरसाइकल चोरेको आरोपमा प्रहरीले आज सोही गाबिस ६ का लालु यादव, दिपेन्द्र दास, भसेढवा २ का अर्जुन दाश र श्याम कुशवाहालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक प्रतिक शिंह राठौरले बताउनुभयो । गत असार ४ गते राती अभियुक्तहरुले भुरन साहको मोटरसाइकल घरबाट चोरेर लगेका थिए । पक्राउ परेका अभियुक्तहरुलाई थप कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रंहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक भिम ढकालले बताउनुभयो । प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार