क्राइमचेक प्रतिनिधि/
बीरगंज/ बेवारिसे अवस्थामा वीरगंजको घण्टाघर र नयां बसपार्कबाट फेला परेका दुई जना नाबालिकालाई सात दिन वितिसक्दा पनि आफन्तहरुले सम्पर्क नराखेपछि जिल्ला प्रहरी कार्यालय पर्साले माईती नेपालको आवास गृहमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले दिएको जानकारी अनुसार असार १० गते घण्टाघरबाट वेवारिसे अवस्थामा फेला परेकी ५ बर्षिय नन्दनी साह नाम गरेकी बालिका र असार १३ गते बीरगंजको नयां बसपार्कबाट फेला परेकी अन्जली कलवार नाम गरेकी बालिकाहरु भेटिएको एक साता वितिसक्दा पनि सम्पर्कमा नआएपछि माईती नेपालको आवास गृहमा पठाईएको हो । नन्दनी साहको बुवा बुधन साह र अन्जली कलवारको बुवाको नाम मुकेश कलवार रहेको पिडित बालिकाहरुले बताएका छन् । प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार