वीरगंज/उदयपुरको बेल्टार नगरपालिका वडा नम्बर ५ मा गएराति स्थानीय युवाहरुबीचको झगडाको क्रममा एक महिलाको हत्या भएको छ । झगडा छुट्याउन गएकी स्थानीय ४५ वर्षीया लक्ष्मी थापालाई एक समूहले घनले हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सवेन गरी एउटा मोटरसाइकलमा आएका तीन जना युवाहरुले रेखबहादुर कटुवाल र रमेश थापालाई कुटपीट गर्न सुरु गरेपछि लक्ष्मी थापा झगडा छुटाउन गएकी थिइन् ।
फलामकै घनले टाउकोमा लागेका रेखबहादुर कटुवालको पनि गम्भीर अवस्थामा भारतको सिलगुडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आक्रमण गर्ने युवाहरु रत्नबहादुर मगर, वुद्धिमान दाहाल र गणेश श्रेष्ठलाई भाग्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार