व्यवस्थित टाङ्गा सञ्चालनकालागि व्यवसायी र प्रहरीवीच सात बुंदे सहमति

वीरगंज ।            
वीरगंजमा बढ्दो सवारी चाप र सडक दुर्घटनामामा टाङ्गाको पनि मूख्य भूमिका रहेको प्रति सरोकारवालाहरुले चासो व्यक्त गरेपछि सडक दुर्घटना न्युनिकरणकालागि व्यवस्थित टाङ्गा सञ्चालनकालागि टाङ्गा व्यवसायीहरुसँग सात बुंदे सहमति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
                जिल्ला प्रहरी कार्यालय पर्सा द्धारा आयोजित तथा विरगंग उप महानगरपालीका समेत संग समन्वय गरी बिरगगंज नगर एरीया तथा भित्री ग्रामिण एरीयामा सचालीत टांगाहरुलाई व्यबस्थित रुपमा संचालन गर्नको लागी आज मिति २०७१।२।२८ गते दिनको १६ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यालय प्रमुख प्रहरी उपरीक्षक धिरज प्रताप सिंहको समुपस्थितीमा तिन ओटै टागां व्यबसायीको पदाधिकारीहरु,बडा प्रहरी कार्यालय विर्ता,श्रीपुर,प्रहरी चौकी ईनर्र्वाका कार्यालय प्रमुख,जिल्ला स्थिती ट्राफिक        प्रहरीको प्रमुख समेतको सहभागीतामा छलफल भई निम्न बुदाहरुमा सहमती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  निम्नः–
१) १८ बर्ष भन्दा कम उमेर भएका बालक तथा नेपाली नागरीकता नभएको व्यतmीलाई टांगा चलाउन नदिने ।
२)प्रत्येक टांगा कुनै न कु
नै संघमा आबद्ध हुनु पर्ने ।
३ं)प्रत्येक टांगा चालकको अनिवार्य रुपमा परीचय पत्रको व्यबस्था हुनुपर्ने ।
४) प्रत्येक टांगामा नम्बर अनिवार्य रुपमा राख्नु पर्ने ।
५) टांगामा रातको समयमा अगाडी पछाडी लाईटिङ्घको व्यबस्था हुनु पर्ने ।
६) रातको समयमा प्रत्येक टांगामा फलोरोसेन्ट टल्केको व्यबस्था हुनु पर्ने ।
७) ७ (सात) दिन भित्र माथी उल्लेखित निर्णय कार्वान्वयन गरी सक्नु पर्ने ।


SHARE THIS

Author:

Facebook Comment