रक्तदाता दिवसमा वक्तृत्वकला

वीरगंज, २९ जेठ । नेपाल रेडक्रस सोसाइटी र ब्लड डोनर्स एसोसिएसन पर्साको संयुक्त आयोजनामा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
विपीसी कलेजमा आयोजित वक्तृत्वकला प्रतियोगितामा विकन माविका शार्दुल भट्टराई प्रथम भएका छन् भने गोल्डेन फ्यूचर माविका वंशराज गुप्ता द्वितीय र बाल संसार माविकी रानी साह तृतीय भएकी छन्  । प्रतियोगितामा मिनील्यान्ड माविका निरज जयसवाल, माउन्ट एडमन्डकी शिवानी चौधरी, कंचनजंघा माविका विवेक सुमन र साउथ जोन माविका राकेश सहनी गरी चारजना सहभागिता थिए । कार्यक्रम ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने रेडक्रस सोसाइटी, पर्साका सभापति फुल महम्मद मियाँ प्रमुख अतिथि थिए । कार्यक्रममा रक्तसञ्चार वीरगंजका संयोजक मदन गुप्ताले स्वागत गरेका थिए भने शिक्षा पत्रकार अनन्तकुमार लाल दासले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन ब्लड डोनर्स एसोसिएसनका उपाध्यक्ष अमित श्रेष्ठले गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।


SHARE THIS

Author:

Facebook Comment