बाराकै पहिलो दिसामुक्त गाविस खैरा र भौलर

सन्तोष नेपाल ।
बारा ।पन्ध्रौँ राष्टिय सरसफाइ सप्ताह २०७१ को अवसर पारेर खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति -V-WASH-CC) कोल्हवी बाराको आयोजनामा UN HABITAT, IDE Nepal, 

रेडक्रस बाराको संयुक्त सहजीकरणमा कोल्हवी गा.वि.स.को वडा नं. ४ (ख) खैरा र वडा नं. ७ भौलरलाई आज एक समारोहका बिच खुल्ला दिसामुक्त वडा क्षेत्र घोषणा गरिएको छ । जुन बारा जिल्लाको पहिलो खुदिमु वडा भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथिा एंव खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका वास इन्जिनियर गोपीलाल भगत ज्युले यस वडाको नाम बारा जिल्लामा ऐतिहासिक महत्व राख्ने जिकिर गर्नु भयो । खुदिमु घोषणा सँघै अब चुनौती समेत थपिएको र चुनौतीलाई समाधान गर्नु अबको आवश्यकता रहेको बताउनु भयो ।
विशेष अतिथि एंव नेपाल रेड्क्रस सोसाइटी बाराका कार्यालय प्रमुख उदय नेपालले अब कोल्वीलाई २०७१ साल सम्ममा गाविसलाईनै खुदिमु घोषणा गर्ने जिकिरि गर्नु भएको छ । सबै सरोकारवालाहरुको समन्वय, सहकार्य र सहयोगमा वडा खुदिमु घोषणा गर्न सफल भएको बताउनु भयो र आगामि दिनमा समेत यसरीनै कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
यु.एन.ह्याविट्याट जिल्ला संयोजक शुशिल गौतमले सरसफाई गुरुयोजना २०६८को मर्मलाई आत्मसात गरि पुर्ण सरसफाईको अभियानमा हातेमालो गर्न आग्रह गर्नु भयो। गौतमले अब आगामी दिनमा गाविसलाई नै खुदिमु घोषणा गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । वडा घोषणा पश्चात पुर्ण सरसफाई अभियानमा ईट्टा थपिएको बताउनु भयो ।
घोषणा सभामा खुदिमु क्षेत्र हासिल गर्नका निम्ती उल्लेखिए भुमिका निभाउनु हुने १५ जनालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा क्ष्म्भ् नेपालका राजु चौधरी, गा.वि.स.का निवर्तामान गा.वि.स. अध्यक्ष राजहरण चौधरी, उपाध्यक्षअगोविन्द पौडेल, श्री अनुप दिपनी उ.मा.वि. कोल्हवीका प्राचार्य केवल प्र. चौधरी, इलाका प्रहरी.कार्यालय कोल्हवीका प्र.नि. मित्रबन्धु शर्मा, महिला समाजसेवी सुभद्रा धिमाल लयागतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
 उक्त सभा कोल्हवी गाविसका सचिव एंव -V-WASH-CC)  का अध्यक्ष देवनारायण प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।


SHARE THIS

Author:

Facebook Comment