वीरगंज, २७ जेठ
नेपाल आयल निगमको ट्यांकरबाट तेल चोरिगरिरहेको अवस्थामा बाराको छातापिपराबाट प्रहरीले ३ जनालाइ पक्राउ गरेको छ । रक्सौलबाट हवाइ इन्धन लिएर काठमाडौँ तर्फ गइरहेको ना २ ख ४५४९ नम्वरको ट्यांकरबाट तेल झिक्दै गर्दा एक व्यापारी सहित ट्यांकरकै चालक र सहचालकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा व्यापारि रफिक अन्सारी, ट्यांकर चालक शम्भु ठकुरी र सहचालक सजन ठकुरी रहेको इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायव निरिक्षक अरुण कुशवाहाले जानकारी दिनुभयो । डाबर नेपाल नजिकै रहेको एक झुपडि नजिक ट्यांकर रोकेर वायुइन्धन झिकिरहेको अवस्थामा निजहरुलाई गए राति पक्राउ गरिएको कुशवाहाले जानकारी दिनुभयो । उनिहरुको साथबाट ड्रममा निकालेर राखिएको १५० लिटर हवाइ इन्धन, ३० लिटर डिजेल र १० लिटर मट्टितेल समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई ट्यांकर सहित अहिले इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।