बीरगंजः २७ जेठ, संघीय सद्भावना पार्टी पर्सा जिल्ला कार्य समितिको अगुवा कार्यकर्ता भेला आज सम्झना होटलको सभाकक्षमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै संघीय सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झाले संघीय सद्भावना पार्टी मधेशी जनताको अधिकार दिलाउन स्थापना भएकोले मधेशी जनताले मत दिए नदिए पनि अधिकार प्राप्तीको लागि सदैव कृयाशिल रहने र संविधान सभामा मधेशी जनतालाई अधिकार सम्पन्न गर्न आन्दोलनको आवश्यकता भएकोले पार्टीका कार्यकर्ताहरु तयार रहन र संगठन निर्माणको कार्य तिब्र रुपमा अगाडी बढाउन आब्हन गर्नु भयो ।
पप्पु पटेलको अध्यक्षतामा आयोजित सो भेलामा पार्टीका महासचिव सुनिल रोहित, सह महासचिव शिव पटेल केन्द्रिय सदस्यद्धय मा. डिम्मपल झा, संजय पाण्डे लगायतले पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।