सन्दर्भःरक्तदाता दिवस
"त्यो मरे मरोस् म रगत दिन्न बरु अर्कै विहा गर्छु तर त्यसलाई रगत दिएर म भने चाहन्न ।"
केही वर्ष अघि वीरगंजका कुनै गाउँका व्यक्तिले आफ्नी रोगले

सबैको शरीरमा जीवन बनेर दौडिरहेको रगत कुनवेला दुर्घटना परेर वा कुनै विरामी भएमा चाहिने आवश्यक तत्व हो । तर जानेर वा नमानेर कतिले रक्तदान गर्न मान्दैनन् र जब आफु वा आफन्तलाई रगतको आवश्यकता पर्दछ त्यो वेला संजीजनी बुटी जस्तो लाग्ने रगत संकलन गर्न हारगुहार गर्दछन् ।

रक्तदान र शरीरमा रगत बन्ने प्रकृयाको बारेमा अनभिल ती व्यक्तिको वुद्धिको विर्को खुल्यो कि खुलेन थाहा छैन । तर अहिले बढ्दो शैक्षिक चेतना र विभिन्न संचारमाध्यममा रक्तदानका बारेमा दिनहुँ आउने समाचारले युवाप्रस्ता निक्कै होसिएको छ रक्तदानमा । रक्तदानलाई जीवनदान र महादान जे भने पनि हुन्छ । मानिसको शरीर हरेक तीन महिनामा नयाँ रगत बन्ने र पुरानो रगत खेर जाने गर्दछ । त्यही खेर जाने रगतलाई दान गर्न सक्यो भने अरुको जीवन त बच्छ नै केही राम्रो काम गरेको काम गरेको आत्म सन्तुष्टिका साथै शरीर पनि निरोगी र स्फूर्तिवान बन्दछ ।
वीरगंजको रक्त संचार केन्द्र जँहा पर्सा वाहेक वारा, रौतहट, सर्लाही, चितवन, मकवानपुर लगायतका जिल्लाबाट आएका रोगीहरुले नारायणी उपक्षेत्रीय अस्पताल र अन्य निजि अस्पतालहरु भरिएका छन् । विभिन्न दुर्घटनामा घाइते भएर वा विरामी परेर आएका यी जिल्लाका विरामीहरुहरुलाई रगतको आवश्यकता पर्दछ । त्यसबेला नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्रमा रगतको साटो रगत दिएर मात्र रगत पाइन्छ । तर केही विशेष परिस्थितिमा रक्तदान गर्न संस्था र चिकित्सकहरुको सिफारिशमा सोधभर्ना नगरेरै रगत दिने गरेको वीरगंज रक्तसंचार केन्द्रका इन्चार्ज प्रविण मानन्धर बताउँछन् ।
विशेष परिस्थितिमा छिमेकी मुलुक भारतको विहार राज्यको रक्सौल, बेतिया, मोतीहारी, पटनाबाट आवश्यक पर्दा रगतको भाग हुनेगरेको इन्चार्ज मानन्धर जानकारी दिन्छन् । महिनामा औसत ५ युनिट सम्म रगत यी ठाउँबाट भाग गरिन्छ । विशेष गरी निगेटिभ समूहका रगत भारतका यी ठाउँबाट मांग भएपछि कहिले सोधभर्ना र कहिले संवेदनशील परिस्थितिमा यसै पनि दिएर पढाउने मान्नधर भन्छन् ।
अरु वेला आफ्नो जमिन भाषा संस्कृतिका बेलामा जति विवाद गरेपनि मानिस जीवन र मृत्युको दोर्साद्धमा परेपछि यी सबै भौगोलिक पर्खालको आपसे आप ढल्दछ । मानिसको संवेदनाले गर्दा एउटा देशको अपरिचित मानिसको रगत अर्का देशको अपरिचितको शरीरमा जीवन भएर रगत दौडिन थाल्दछ । त्यो क्षण साँच्चै जीजनको सार्थकता र आफुले केही राम्रो काम गर्न पाएको अनुभुति हुने गरेको रक्त संचार केन्द्रमा २० वर्ष वताई सकेका मानन्धर भावुक हुँदै बताउँछन् ।
सोधभर्ना गरेर पाइने भएपनि विभिन्न रोगहरुको जाँच गरेर मात्र रक्तसंचार केन्द्रबाट रगत प्राप्त गर्न सकिन्छ । विभिन्न रोगहरुको बारेमा जाँचेवापत सरकारी अस्पताललाई ७ सय निजि अस्पताल तथा नर्सिंगहोमबाट ८ सय ५० रुपैंया लिएर मात्र रगत उपलब्ध गराइन्छ । यहाँ हेपाटाइसिस वी र सी तथा एच आइ भी को परिक्षण गरिन्छ । कसैको रगतमा एच.आई.भी. पोजिटिभ भएको रगत परीक्षणबाट थाहापाएपछि थप पृष्टिका लागि केन्द्रको काठमाडौं स्थित प्रयोगशालामा पुनः परीक्षण गरेपछि मात्र एच.आई.भी. भएको भनेर निर्यात गरिने मानन्धर बताउँछन् । रगत परीक्षणबाट यी मध्ये कुनै रोग भएको थाहा भएपछि सो रगतलाई नष्ट गरिन्छ ।
रगतलाई ए.वी.ओ र ए वी पोजेटिभ र ए.वी.ओ. र ए वी निगेटिभ गरी दुई वर्गमा वर्गिकरण गरिएको हुन्छ । नेगेटिभ वर्गको रगत कम पाइने भएकोले यो दुर्लभ समूहमा पर्दछ । ए वी पोजेटिभ रगत समूह सबैभन्दा बढी पाइने रगत समूह हो । ९९ सय प्रतिशत मान्छेहरुको रगत पोजेटिभ समूहमा पर्दछ भने १ प्रतिशत मात्र नेगेटिभ समूहमा पर्दछ । रगतलाई ए वी ओ र ए वी गरी चार समूहमा विभाजित गरिएको छ ।
रगतमा ४५ प्रतिशत कोशिका हुन्छन् भने रातो रक्तकण (RBC) सोतो रक्तकण (WBC) न्यूट्रोकिल, इओसिनोफिल, वेसोफिल, मोनोसाइट, लिम्फोसाइट प्लेट्लेट्स रहेको हुन्छ भने तरल पदार्थको ५५ प्रतिशत हुने गर्दछ । मानिसको शरीरमा नया रगत बन्ने र पुरानो रगत नष्ट हुने प्रक्रिया लगातार रुपमा चलिनै राखेको हुन्छ । रगतको आयु सकिनसाथ यो आफै नष्ट हुन्छ । रातो रक्तकण १२० दिन, सेतो रक्तकण केही घण्टादेखि एक हप्ता र प्लेटलेटस केही दिनमा नष्ट भएर जाने गर्दछ ।
मानिसको शरीरमा रगत बोन म्यारो (Bone Marrow) मा बन्दछ । शरीरमा रगतको निर्माणका लागि लौह तरव, फोर्टिक एसिड र अन्य भिटामिनहरु (Vitamin B12) आवश्यक पर्दछ । जसलाई हामी खानाबाट प्राप्त गर्न सक्दछौं । आमाको गर्भमा हुँदा वा नवमात्र शिशुहरुमा रगत कलेको (Livr) र फियो (Spleen) ले बनाउने गर्दछ । रगतको मात्रा प्रति केजी शरीरमा ७६ मिली पुरुषमा र प्रति केजी ६६ मिली महिलाहरुमा हुने गर्दछ । १८ वर्ष उमेर पुगेको ४५ केजी तौल भएको जुनसुकै स्वास्थ्य ब्यक्तिले रगत अरुलाई दिन सक्दछन् ।
रगतले मानिसको शरीमा विभिन्न अंगहरलाई चाहिने पौष्टिक तत्वको आपूर्ति गर्ने काम गर्दछ । रगतमा शरीरलाई आवश्यक पर्ने विभिन्न तत्वहरु घुलनशील अवस्थामा रहेका हुन्छन् । यी घुलनशील तत्वहरुलाई शरीरको विभिन्न भागहरुमा पुर्याउने काम नै रगतले गर्दछ । राता रक्तकणले फोक्सोबाट कोशिकाहरुमा अक्सिजन पुर्याउने र कोशिकाबाट फोक्सोमा कार्वनडाई अक्साइडलाई फर्काउने कार्य गर्दछ । सेतो रक्तकणले मानिसको शरीरको रक्षा गर्ने कार्य गर्दछ त्यस्तै प्लेटलेटसले रक्तश्राव भएको अवस्थामा रगत बनाउन मदत गर्दछ । क्लटिगं तत्वहरुले रक्तस्राव हुँदा रगत जमाउने कार्य गर्दछ र शरीरको हरेक मष्तिक मात्र ४ मिनेटमा र मुटु ६ घण्टामा निष्क्रिय हुन सक्दछ ।
रक्तदान गर्ने ब्यक्तिको रक्तचाप १००/७० र १६०/९५ हुनुपर्दछ भने हेमोग्लोविन १२ प्रतिशत वा सो भन्दा माथि हुनुपर्ने चिकित्सकहरु बताउँतन् । छारेरोग, क्षयरोग, मधुमेह, दम, उच्च रक्तचाप, मृगौला सम्बन्धि रोग, कमलपित (जण्डिस) यौन रोग, एच.आई.भी. एडस तथा लागु पदार्थको दुब्र्यवसनमा लागेकाहरुले रक्तदान गर्न पाउँदैनन् । महिलाले महिनावारी भएको बेला, गर्भवती बच्चालाई स्तनपान गराइरहेको अवधीमा रक्तदान गर्न हुँदैन । पुरुषले वर्षको ४ पटक ३–३ महिनाको अन्तरालमा रक्तदान गर्न सक्छन् भने महिलाले वर्षको २ पटक मात्र रक्तदान गर्नु राम्रो मानिन्छ ।
रक्तसंंचार सेवाको इतिहास करिब २ सय वर्ष पुरानो छ । सन १८१८ मा वेलायतका डा.जेम्स लवन्डेलले मर्न लागेको एक व्यक्तिमा अर्को मानिसको रगत दिएर रगत संचार गराउने कार्यको थालनी गरेका थिए । त्यसैगरि सन १९०० मा अष्ट्रिका डा.कार्ल लेन्डस्टेनरले रगत समूह पता लगाएर भने वेल्मियमका डा हस्टिन ले सन १९१४ मा मान्छेको शरीरबाट निकाले पछि बोतलमा नजम्ने सोडियम साइट्रेट नामक रसायनको पता लगाए । रुसको लेनिनगार्ड अस्पतालमा सन १९३२ मा पहिलो रक्त संचार केन्द्र स्थापना गरेर संचालन गरिएको थियो । नेपालका पनि वि.सं २०२३ साल साउन १२ गते काठमाडौं वीर अस्पताल नजिकै लक्ष्मी ब्लड बैंकको स्थापना गरी नेपाल रेडक्रस सोसाइटीले यो सेवा संचालन गरेको हो । शुरुवातमा मात्र १ सय ५६ युनिट रगत संकलन गरी सेवा प्रदान गरिएको थियो ।
थालसेमियाका रोगीहरुलाई यहाँ निशुल्क रगत दिने गरिएको मानन्धर बताउँछन् । मानिसको शरीरमा रगत नबन्ने रोग थालसेमिया रोगबाट विशेष गरी बच्चाहरु प्रभावित हुने गर्दछ । महिनामा करिब १३ जना थालसेमिया रोगलाई रगत लिए वापत लाग्ने सेवा शुल्क पनि नलिएर कुनै सोधभर्ना नगरेर नै रगत दिने गरिएको छ । थालसेमिया रोगीलाई प्रत्येक २ महिनामा १ देखि २ युनिटसम्म चढाउनु पर्ने गरेको मानन्धर कताउँछन् ।
वीरगंजको यस रक्त संचार केन्द्रमा महिनामा ३ सय देखि ३ सय ५० सम्म रगत खपत हुने गरेको छ र हप्तामा ५० देखि करिब सय युनिटसम्म रगत संकलन हुने गरेको छ । संघसंस्था मार्फत रगत संकलन भएपनि ब्यक्तिगत रुपमा आएर रगत दिनेहरुको संख्या निक्कै कम भएकोले कहिलेकाहीं ठूलो रगत अभाव हुने गरेको रेड क्रस सोसाइटी वीरगंजको शाखामा कार्यरत उदयराज शर्मा बताउँछन् । दैनिक करिब १५ जना बिरामीलाई कुनै नकुनै रुपमा रगत आवश्यक पर्दछ तर देनिक रुपमा करिब १० जनाले मात्र दिने गरेकोले पनि रगत अभाव हुने गरेको हो । सहर बजारका नागरिकले रक्तदान गर्ने बारे चासो बढेपनि गाउँलेहरुमा अहिले पनि रक्तदानले कमजोरी आउँछ भन्ने धारणाले जरो गाडेको ले पनि रगत प्रयाप्त मात्रामा संकलन हुन नसकेको शर्माको भनाइ छ ।
संकलन गरिएको रगत बढी महिलाहरुलाई आवश्यक पर्न भएपनि यसप्रति महिलाहरुको जागरुकता भने कम देखिएको छ । प्रति १ सय जना रक्तदान गर्नेहरुमा पुरुषको संख्या ७५ रहेको छ भने महिलाहरुमा २५ जनाले मात्र रक्तदानमा सहभागि हुने गरेको इन्चार्च मानन्धर बताउँछन् । ब्यक्तिगत रुचीले रगत दिनेहरुको संख्या निक्कै कमरहेको छ । संकलन भएका रगतमध्ये रक्तदानमा सहयोग गर्ने विभिन्न् संघ संस्थाहरुको सिफारिसमा ८० प्रतिशत रगत कुनै सोधभर्ना विना नै दने गरिएको मानन्धरको भनाइ छ । वीरगंजको नेशनल मेडिकल कलेजमा पनि रक्त संचार केन्द्रले तीन वर्षअघि यूनिट स्थापना गरी त्यहाँबाट पनि रक्त संकलन गर्ने कार्य भइरहेको छ । मेडिकलका यस यूनिटबाट मात्र महिनामा १ सय ५० यूनिट रगत संकलन हुने गरेको मानन्धरले बताए ।
कहिलेकाही लहैलहैमा लागेर रगत दिने भए पनि रक्तदानमा नियमितता नभएकोले पनि रगत संकलनमा अभाव हुने गरेको तर्क औल्याउँदै मानन्धर भन्छन् ‘करिब २५ जना मात्र नियमित रुपमा रक्तदान गर्न आउँछन ।’ सोधभर्ना गरेर विरामीलाई रगत दिनु पर्ने स्थितिको अन्त्य गर्न मोबाइल सेवा र गाउँ गाउँको घुम्ती रक्तदान सेवा संचालनले रक्त संचार केन्द्रमार्फत बनाइरहेको पनि मानन्धरले बताए ।
वीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोगमा ३ हजार यूनिट रगत अटाउने शितकदनको निर्माण भइरहेको छ । यो शितकदन ब्लड बैंक २÷३ महिनामा निर्माण भएर संचालनमा आउनेमा आशावादी देखिन्छन् मानन्धर । वि.सं २०४८ सालमा आफ्नो भवन निर्माणमा सरेको यो रक्तसंचार केन्द्रमा रगत भण्डारण गर्नका लागि ७ वटा फ्रिजरहेका छन् ।
पहिला स्वेच्छिक रुपमा रक्त्दान गर्ने ब्यक्तिहरुको अभावमा कोही अपरिचित र आर्थिक अवस्था कमजोर भएकालाई आफान्त बनाएर रगत किन्ने अवस्था रहेको थियो भने मानिसको रक्त्दान प्रति बढेको रुची र चासोले रगत किन्ने अवस्थाको अन्त्य भएको मानन्धर बताउँछन् । थाहा भएसम्म त्यस्ता ब्यक्तिलाई भित्रै छिर्न नदिने र किनबेच गरेको थाहा पाएमा बरु शोधभर्ना विना नै रगत दिने गरेको मानन्धर भन्छन् । रक्तसंचार केन्द्रका इन्चार्च मानन्धर गुनासो गर्छन् । मानिसमा स्वार्थी प्रवृति बढ्दै गएकोले पनि माग अनुसार रगतको आपूर्ति हुन सकेको छैन । –प्रकाशित मितिः२०७१ जेठ २९ गते बिहीवार