राजनीति पार्टीहरुले दिएको उपहार !

-जनक मान डंगोल,janakdangol@gmail.com
..
बिक्रम सम्बत २०७० सालमा संचालन गरिएको प्रबेसिका (SLC) परिक्षामा यो पटक ४३.९२% परीक्षार्थी उत्तीर्ण भए ! १००% मा ४३.९२ घटाउँदा ५६.८% हुन्छ भने यो पटक ५६.८% परीक्षार्थी अनुत्तीर्ण भएछन ! तथ्यांक हेर्दा निकै कहालीलाग्दो देखिन्छ र यसै बाट हेर्न सकिन्छ नेपालको शिक्षा नीतिको गुणबत्ता !
नेपालमा राजनीतिक पार्टी हेर्ने हो भने नाम चलेको ठुला नेपाली कांग्रेस, ने.क.पा एमाले, एनेकपा माओबादी र रा.प्र.पा नेपाल गन्तीमा क्रमस: १,२,३,४ मा पर्दछन भने त्यो पछिको गन्तीमा रा.प्र.पा, मदेस्बादी केहि दल र अन्य भुरे टाकुरे पार्टीहरु पर्दछन ! राजनैतिक पार्टीको गन्ति १०० भन्दा माथिनै छ !
बिधार्थी भन्नाले नेपाली जनताको छोराछोरीनै हुन ! जनताको छोराछोरी भए पछी पढ्ने शिक्षा दीक्षा लिनेनै सरकारी बिधालय हो ! जनता बाहेकका ठुला नेता देखि साना नेताहरु सम्म अनि तिनका आसेपासे, सरकारी नुनपानी खाने असंख्य सरकारी नोकर देखि सरकारी स्कुलमा पढाउने गुरुबा, गुरुआमा समेतको सन्ततिले सरकारी हैन निजि बिधालयको मुख देख्छन ! सरकारी बिधालय भनेको रैती समान गरिब जनताको छोराछोरीहरुले पढ्ने बिधालय भन्ने मानसिकता छ ! आफ्ना सन्ततिहरुलाइ सरकारी बिधालयमा पढाउँदा मान सम्मान देखि ईज्जत आमाद्मा दाग लाग्छ भन्ने मानसिकता दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ! अरुको त के कुरा गराई भो सरकारी बिधालयमा पढाउने गुरुजनहरु समेतले आफ्ना सन्ततिहरुलाई निजि बिधालयमा पढाउने गरेका छन !
हाल नेपालमा जति पनि ठुला राजनेताहरु देखि तिनका नजिकका कार्यकर्ताहरु छन तिनले निजि बिधालयहरुको मुख देख्न पाएका थिएनन् भने अहिलेका सबै उच्चपदस्थ सरकारी कर्मचारिहरुले पनि सरकारी बिधालयमै अध्ययन गरेका र अध्यापन समेत गराएका हुन ! नेपालको शिक्षाको स्तर ओरालो लागेको नेप्सेको सेयर सूचकांक जस्तरी एकै चोटि ओरालो लागेको भन्ने पक्कै हैन !
नेपालमा पुरानो शिक्षा पद्धति खारेज गरेर नयाँ शिक्षा पद्धतिको लागु २०२८ साल बाट सुरु भएको हो भने त्यहि बेला देखिनै त्यो समयको गुरु बर्गहरुले शिक्षा संगसंगै आफ्ना नजिकका बिधार्थीहरुलाई राजनीतिक चेतना दिन सुरु गरेका हुन यो कुरा म दाबीको साथ् भन्न सक्छु ! यी कुराहरुको सुइँको त्यो बेलाको शासकले पत्ता लाए पश्चात कारबाही स्वरूप स्कुल निल गर्ने पद्धतिको सुरुवात भएको हो ! जसको फल २०३८ सालमा यो पंक्तिकारले समेत भोगेको छ ! स्कुलमा राजनीति चेतना सिकेर फैलाउने त्यतिबेलाका मित्रहरु अहिलेका ठुला पार्टीका ठुला नेतामा गनियेका छन !
मैले लेखमा उल्लेख गर्न खोजेको कुरा के हो भने हाम्रा अहिलेका जति पनि नेताहरु छन ति नेता तथा तिनलाई शिक्षा दिने गुरुजनले शिक्षाको मन्दिरमा राजनीति गर्नु हुन्न ! प्रबेसिका परिक्षाको घडी सम्ममा बिधार्थीले राजनीतिमा हैन आफ्नो पढाइमा दत्तचित्त भएर लाग्नु पर्छ र कलेज स्तरमा पुगे पश्चात राजनीतिको सामान्य ज्ञान सम्म लिने तर राजनीति पार्टको भर्यांग बनेर देसमा असान्ती फैलाउनु हुन्न ! देसमा असान्ती फैलाउनु भनेको देसको अधोगति हुनु हो भनेर न सिके न सिकाए ! भविष्यको कर्णधार उत्पादन गर्ने गुरु बर्गनै आफु राजनीतिमा लागेर पार्टी तथा नेताको चाकरी गर्छन भने त्यस्ता गुरुजनले दिएको शिक्षा कस्तो हुन्छ भन्ने कुरा २०३६ साल पछिको नतिजा बाट देखिदै आएको छ नि !
जब सम्म हाम्रा राजनेताहरुले विधाको मन्दिर (बिधालय) देखि श्रमको सिविर (कल कारखाना) सम्ममा राजनीतिको रोटि सेक्न खोज्छन भने असंख्य बिधार्थीको भबिस्य अन्धकार नहुने त कुरै भएन ! पढाइमा सफल नभयेसी बाच्नको लागी बन्ने पेशा भनेको मजदुरी हो र यी सबैमा राजनीतिले जरो गाडेसी फाईदा कस्लाई र बेफाईदा कसलाई भाको रैछ त्यो जब सम्म बुझ्न सक्दैनौ आज प्रबेसिका परिक्षामा १००% मा ४३.९२ को स्थानमा भोलि एक तिहाई मात्र उतिर्ण हुने दिन पनि नआउला भन्न के बेर र त्यो २५% बिधार्थी पनि निजि बिधालयको हुन्छ किनभने नेपालमा अहिले सम्म प्रबेसिका परिक्षामा निजि र सरकारी भनेर छुट्याईएको छैन !
हरेक समस्याको समाधान पक्कै पनि हुन्छ ! अब पनि समस्यालाइ आँखा चिम्लिने हो भने भविष्यमा त्यसले निकै ठुलो असर नपुर्याउला भन्न सकिन्न ! यो समस्याको एकमात्र उपाए हो बिधालय तथा कलेजमा राजनीति माथि पूर्ण प्रतिबन्ध लगाउनु पर्छ ! जनताको करले पालिएको शिक्षक तथा शिक्षिकाहरुले राजनीति गर्न देखि पार्टी तथा संगठनको सदस्य हुन निषेध गर्नु पर्छ ! बिधालयमा नियमित हाजिर नहुने तथा राजनीतिक पार्टीको काममा खट्ने शिक्षक तथा शिक्षिकाहरुलाइ बर्खास्त र च्याउ सरि उम्रेको राजनीतिक पार्टीहरु र निजि बिधालयहरुलाइ प्रतिबन्ध नलगाए सम्म यो समस्याको समाधान कदापि हुन सक्दैन ! यस्ता कुराहरुलाई सबैले मनन गरौ र गराऔं !

SHARE THIS

Author:

Facebook Comment