नेपाल पत्रकार महासंघ पर्सा शाखाको आकस्मिक बैठक


वीरगन्ज,१७ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आज सम्पन्न भएको आकस्मिक बैठकले प्रहरी सहायक निरीक्षक संजय कुमार झालाई कारवाही गर्न माग गरेको छ ।
०७१ साल जेठ १६ गते राति वीरगन्जको घण्टाघरमा नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा रेडियो नेपालका पर्सा प्रतिनिधि एवम् रेडियो वीरगन्जमा कार्यरत पत्रकार धुर्ब अधिकारीमाथि नियोजित रुपमा प्रसनि झाले दुब्र्यवहार गरेको ठहर गर्दै पत्रकार महासंघले तत्काल पारदर्शी तवरले कारवाही गर्न माग गरेको हो । प्रसनि झाले पत्रकार अधिकारीमाथि गरेको दुब्र्यवहारप्रति पत्रकार महासंघ पर्सा शाखाले खेद प्रकट समेत गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्ण उदास खनालले जानकारी दिनुभयो ।
२४ घण्टाभित्र झालाई कारवाही नगरेको खण्डमा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश बजिमयलाई आइतबार ज्ञापन पत्र दिदै पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने निर्णय समेत बैठकले गरेको पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बंजराले जानकारी दिनुभयो । दुब्र्यवहार भए लगत्तै शुक्रबार राति घण्टाघरमा प्रहरी दुब्र्यवहारको बिरोधमा प्रदर्शनमा उत्रिएका संचारकर्मीहरुप्रति समेत पत्रकार महासंघको बैठकले सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बंजराको अध्यक्षतामा सम्पन्न भएको बैठकमा बैठकमा पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् मध्यमाञ्चल संयोजक शीतल प्रसाद महतो,पूर्व अध्यक्ष एवम् शाखाका सल्लाहकार शत्रुघन नेपाल लगायत पीडित पत्रकार धुर्ब अधिकारीको पनि उपस्थिति थियो ।


SHARE THIS

Author:

Facebook Comment