भवानी हस्पिटलको प्राङ्गनमा दुई दिने बृहत नि : शुल्क स्वास्थ्य शिबिर


आर.सि.एनबाट
वीरगंञ्ज १७ जेष्ठ । पर्सा, बारा, रौतहट, महोत्तरी, सर्लाही, मकवानपुर र भारतको रक्सौल, घोडासहन, बर्गिनिया, सितामढी, मोतिहारी, बेतिया लगायत आसपासका क्षेत्रहरुमा रहेका गरिब निमुखा रोगी रकमको अभावमा बिशिष्ट एवं दक्ष चिकित्सकद्वारा उपचार गराउनबाट बञ्चि
त रहेका रोगीलाई मध्ये नजर गर्दै श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा.लि. वीरगंज र नर्भिक इन्टरनेशनल हस्पिटल काठमाण्डौको बिशिष्ट एवं दक्ष चिकित्सकद्वारा बीरगंज उपमहानगरपालिका वडा नं.– ११ लिक रोड नयॉ‘ बसपार्क नजिक भवानी हस्पिटलको प्राङ्गनमा दुई दिने बृहत नि : शुल्क स्वास्थ्य शिबिर कार्यक्रमको आयोजना गरयो ।
उक्त दुई दिने बृहत नि : शुल्क स्वास्थ्य शिबिर कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटल काठमाण्डौका बिशिष्ट एवं दक्ष चिकित्सक डा.राम कुमार सिहं (एम.एस.जेनरल सर्जरी,मेडिकल डाइरेक्टर), डा. राजेन्द्र रेग्मी (एम.एस.जेनरल सर्जरी), डा.प्रकाश चौधरी(एम.एस.जेनरल सर्जरी), डा. दिपक रौनियार (एम.डी.एम.एस.युरोलोजिष्ठ), डा.गौरव ढकाल (एम.सर्जरी), कोडिनेटर रबिना सर्राफ एवं रबी श्रेष्ठ लगायतले गत शुक्रबार प्रथम दिनको स्वास्थ्य शिबिरमा २०० जना भन्दा बढी रोगीहरुको चेक जॉच गर्नु भएको थियो ।
भने आज शनिबार अन्तिम दिन दोस्रो नि : शुल्क स्वास्थ्य शिबिर कार्यक्रममा बिहान ६ बजे देखि नै हस्पिटलको प्राङ्गनमा रोगीहरुले आफनो नाम दर्ता गराउनुको साथै बिहान ८ बजे देखि उपचार सेवा लिन लामबद्ध रुपमा रोगीहरु लाइनमा बसिरहेको कुरा हस्पिटलका डाइरेक्टर राम श्रेष्ठले संचारकर्मीहरुलाई बताउनु भएको छ ।


SHARE THIS

Author:

Facebook Comment