स्थापना दिवसमा हातेमालोद्वारा सरसफाइ

प्रदीप गौतम/
सिमरा, १७ जेष्ठ ।
स्थापनाको सातौ बर्षमा प्रवेश गरेको अवसरमा साताब्यापी कार्यक्रम गरिरहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले अहिले सिमरामा सरसफाई कार्यक्रम गरिरहेको छ ।
 लायन्स क्लब अफ जितपुर, उद्योग बाणिजय संघ सिमरा शाखा र ईलाका प्रहरि कार्यालय सिमराको संयुत्त पहलमा सरसफाई कार्यक्रम भईरहेको हो । नवघोषित गढिमाई नगरपालिकाको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारिको भवनबाट शुर भएको सरफाई अभियान सिमरा बिमानस्थल, सिमरास्थित तरकारि बजार हुदै अहिले सिमरास्थित स्वाथ्य चौकिको वरिपरि सरसफाई कार्यक्रम भईरहेको छ ।
 सरसफाई कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण पौडेल, लेखा संयोजक डम्मरमणि थेवे लिम्वु, उपाध्यक्ष विनोद कलवार, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, ईलाका प्रहरि कार्यालय सिमराका प्रहरि निरिक्षक कुमार बिक्रम थापा लगाएतको उपस्थिति रहेको छ ।

SHARE THIS

Author:

Facebook Comment