सभासद सचेत गराउँदै तन्नेरीहरु


संविधान जारी गर्न नसकी विगठन भएको पहिलो संविधान सभामा आवद्ध सभासदहरुले गरेका क्रियाकलापहरुबारे पुस्तक प्रकाशन भएको छ । तन्नेरी चासोले उक्त पुस्तक प्रकाशन गरेको हो ।
पुस्तकको आज एक समारोहका विच सभासद एवं पूर्व उर्जामन्त्री गोकर्ण विष्ट, कांग्रेस सभासद डिना उपाध्याय, रामहरी खतिवडा र नेपाल परिवार दलका सभासद मिलन कुमारी राजवंशीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन । पुस्तकमा पहिलो संविधानजसभामा संलग्न सभासदहरुले गरेका नकरातमक कार्यहरुको वारेमा चर्चा गरिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै सभासद गोर्कण विष्टले युवाहरुले गरेको
यो कामले सभासदलाई जिम्मेवार बन्न सहयोग पु¥याउने वताए । राजनीति गर्नेहरु जिम्मेवार हुनैपर्छ भन्दै विष्टले पुस्तकले राजनीति गर्नेहरुलाई गम्भिर बनाएको वताए ।
राजनैतिक उत्तरदायित्वका लागि काम गरिरहेको संस्था तन्नेरी चासोले प्रकाशन गरेको पुस्तक सबै सभासदलाई उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै कांग्रेस सभासद रामहरी खतिवडाले काम गर्न नसकेका कारण नै पहिलो संविधानसभाका धेरै नेताहरुले सार्वजनिक स्थलमा दूव्र्यवहार भोग्नुपरेका कारण यस पटक संविधान जारी गर्ने तथा राजनीतिज्ञहरुले आफ्नो व्यवहार सुधार गर्नैपर्ने वताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ मानवअधिकारकर्मी शुसिल प्याकु¥यालले स्थानिय निकाय निर्वाचन नभएका कारण भ्रष्टचार बढ्दै गईरहेको वताउनुभयो । ‘पछिल्लो समयमा राजनीति सहि हुन नसक्दा समाज अराजकतातर्फ गईरहेका कारण जनताको खबरदारी अत्यन्तै आवाश्यक भएको छ ।’


SHARE THIS

Author:

Facebook Comment