– सुदर्शनराज पाण्डे
समाज वा सरकारले तत्काल गर्नु पर्ने काम भनेको राम्रो काम गर्ने मानिसलाई प्रोत्साहन र पुरस्कार नराम्रो काम गर्ने मानिसलाई दण्ड दिनु पर्दछ तबमात्र सबैखाले अपराधमुक्त सुसभ्य, सुसंस्कृत समाज निर्माण हुन्छ । अपराध र अपराधी घटदछ । कानून र समाजले के के काम गर्नु हुन्छ नर–नारीले के के काम गर्न हुँदैन भनेर निर्धारण गरेको छ । सरकार र समा
जले निर्माण गरेको अर्थात् गर्न हुन्न भनेको काम कर्तव्य कसैले गर्दछ भने त्यो दण्डको भागी हुन्छ । उसलाई दण्ड दिनमा कसैले पनि बीच बचाव र मोलाहिजा गर्नु हुँदैन । दण्ड दिनुपर्ने व्यक्तिलाई उन्मुक्ति दियो भने बिधि बिग्रिएर वेथिति बढ्दै जान्छ । अपराध र अपराधीसम्म सम्झौता गर्नु सामाजिक न्याय हुँदैन । मानिसबाट गल्ति हुन्छ तर सामाजिक न्याय र दण्डको अधिनमा मानिस रहनु पर्दछ । बेलैमा गल्तीको प्रायश्चित गर्नु भनेको उचित दण्ड नै हो । नेपालको न्यायप्रणालीमा बहुदलीय ब्यवस्था स्थापना भए पछि राम्रो प्रथाको सुरुवात भएको छ भनिन्छ तर मेरो बुझाइमा यो गलत हो । नेपालमा नाममात्रको प्रजातन्त्र छ र प्रजातन्त्र आएपछि झन विधि बिग्रिएको छ, बेथिति अव्यवस्था र हस्तक्षेप, भ्रष्टाचार र घुसखोरी बढेको छ । न्याय निकै महंगो बन्दै भएको छ । समयको परिवर्तन सँगै चोरलाई चौतारी र साधुलाई सुलीको व्यवस्था आएको छ । दण्ड दिनु पर्ने सम्मानित हुन थालेको छ, सम्मानित हुनु पर्ने, पुरस्कृत हुनु पर्ने मानिस उपेक्षित हुन थालेको छ ।
उचित मूल्यांकन, उचित दण्ड जरिवानाको अवस्था कमजोर बन्दै गएको छ । आफूलाई मन परेको, राम्रो मानिस होइन, हाम्रो मानिसलाई बिना कारण, बिना योगदान अघि बढ्न प्रोत्साहन दिने पुरस्कार दिने नौलो चलन सुरु भएको छ । हिजोआज घुसखाने, भ्रष्टाचार गर्ने, अनैतिक तरिकाले धन सम्पत्ति आर्जन गर्नेलाई सम्मान गर्ने चलन छ । कलियुगका प्रतापका कारण जहाँ पाप, त्यहाँ फलिफाप हुँदै गएको क्षणिक अवस्था पनि देखिन्छ । वेरीत र वेथिती बढाउने पार्टीका नेता र कार्यकर्ता तथा कर्मचारी भएका छन् । सर्वसाधारण जनताहरुलाई सरकार छ वा छैन कुनै अनुभूति हुन सकेको छैन । जसले गर्दा देश र जनताको भाग्य र भविष्यको राजनीति परिवर्तनले प्रत्याभूति गर्न सकेको छैन ।
अदालत अव सम्मानित र विवादित हुन सकेको छैन । माननीय न्यायाधीश, न्यायमूर्ती विश्वासयोग्य र इमान्दार देखिएका छैनन् । न्यायालयमा पुग्दैमा न्याय पाइन्छ भन्ने पनि छैन । संचार माध्यमले देशमा व्याप्त सबैखाले विकृतिका विभद्ध सत्य र तथ्यमा आधारित खोजी पत्रकारिता अन्तर्गतका समाचार सामग्री प्रकाशन र प्रसारण गर्दैमा सुधार हुन्छ भन्ने पनि देखिएको छैन । हात्ती लसकदै छ, कुकुर भुक्दै छ जस्तै नेपाली जनताहरु जो भ्रष्टाचारीका विरद्ध जति आवाज उठाए पनि केही फरक नपर्दै अवस्था देखापरेको छ । कोही कसैलाई कहिले काहीँ गलत काम कर्तव्य गरेकोमा कारबाही गरे पनि कारबाही गर्नु पर्ने थुप्रै मानिसहरु सुरक्षित र संरक्षित छन् । अदालतहरुमा न्यायायिक वातावरण सिर्जना भइसकेको पाइदैन । मानव अधिकारवादीहरुले जतिसुकै हल्ला पिटाए पनि मानव अधिकारको अवस्था नाजुक बन्दै गएको छ । महिला हत्या र हिंसा बढ्दै गइरहेको छ । न्याय सेवामा कार्यरत न्यायाधीशहरु योग्य र इमान्दार नदेखिएकै कारण प्रशस्त संबिधान सभा आफैमा प्रत्युत्पादक बनेको छ । राष्ट्रको ढुकुटी रित्तिदा पनि जनताको आर्थिक अवस्था बेरोजगार र महँगीका कारण जर्जर हुँदा पनि संविधान बन्न सक्दैन । राजनीतिक दलहरुका नेताले आफूले बोलेको समयमा संविधान दिन नसकेको खण्डमा उनीहरुमाथि जनकारवाही हुनु पर्ने हो, हुन सकेको छैन । जनताहरुले निर्वाचनलाई निर्णायक बनाउन सकेका छैनन् जसले गर्दा सिंगो राष्ट्रका सम्पूर्ण नेपाली जनता नेपाली राजनीति अनिर्णयको बन्दी भएको र राष्ट्रियता कमजोर र असफल बन्दै गएकोमा चिन्तित छन् । कुकुरको पुच्छर बाह्र बर्षसम्म ढुंग्रोमा हाले पनि बाङ्गा को बाङ्गै भने झैं देशमा परिवर्तनका लागि क्रम भंग हुन सकेन । सामाजिक–आर्थिक रुपान्तरणका कुरा कुरा मात्र बने । यथास्थिति र संक्रमणबाट राष्ट्रले मुक्ति पाउन नै नसक्ने गरी राष्ट्र खाल्डोमा जाकियो । बिदेशी चलखेल र हस्तक्षेपले नेपाल र नेपालीको सर्वोत्तमहित हुने कुनै काम कारबाही अगाडि बढ्न सकेन । सार्वजनिक महत्वको बिवाद नै बिवादमा नेपालीहरुको विकासमा ध्यान दिनु पर्ने महत्वपूर्ण समय खेर गइ रहेको छ । मुठीभरका मानिसले राष्ट्रलाई लुटीरहेका छन् । चुसी रहेका छन्, बहुसंख्यक जनताको शोषण गरीरहेका छन् । शेषण, दमन, भय र भ्रमबाट मुक्ति दिलाउने, भारतीय बिस्तारवादको कारण खतरामा परेको नेपाली स्वाभिमान, नेपालको स्वाधीनता रक्षाको प्रश्न उठाउने नेताहरु भारतको दलाल साबित भएका छन् । समाजमा अमनचयन कायम गर्ने दायित्व शासन प्रशासनको हो, शासन, प्रशासन चुसत दुरुस्त छैन । राजनीतिक व्यवस्था भित्र अवस्था छ । मुलुक अन्तरिम संविधान, तदर्थ सरकार र तदर्थ राष्ट्रपति बाट चलिरहेको छ कुनै पनि बेला राजनीतिक दुर्घटना हुने अवस्था छ ।
राज्यले अपराधीलाई निगरानी गरेको हुन्छ भनिन्छ तर राज्यकै संरक्षणमा अपराध बढ्न थाल्यो भने त्यो देशको अवस्था कस्तो हुन्छ हामी आफै कल्पना गरौं । नेपाल र नेपाली आशा, भरोसा बिना बाँची रहेका छन् । हुँदा खाने र हुने खाने वर्ग छुट्टीएको छ । फजुल खर्च बढेको छ । बाह्य आडम्बर बढेको छ । परम्परागत कुरीति, रीतिथितिमा आधुनिकीकरणको प्रभाव पारिसकेको छैन । बोक्सी प्रथाका कारण प्रत्येक वर्ष थुप्रै महिलाहरुले बोक्सीको आरोप खेप्नु परेको छ । दहेज पथाको कारण थुप्रै महिलाहरु अहिलेसम्म पनि प्रताडीत हुँदै आएका छन् । प्रतिबन्धित लागू पदार्थ ओसार पसार गरी जिवीकोपार्जन गर्ने सिलसिलामा लागेका थुप्रै महिला पुरुष जेलमा छन् । महिला बेचबिखन धन्दा र यौन व्यवसाय झन फस्टाएको छ । रक्सी सेवन नेपालको संस्कृति बनेको छ । फागू पर्व भनेको रक्सी सेवनको मज्जा नै हो भन्ने नयाँ सन्देश गएको छ । रक्सी उत्पादक उद्योगहरुले सबैभन्दा बढी रक्सी बिक्री हुने चाड फागु होली नै ठहर्याएका छन् । शान्ति, प्रेम, सदभावको प्रतीको चाडमा सबैले जाँड रक्सी पिएर नाँच्न र होहल्ला गर्न थालेपछि त्यसको धार्मिक र सांस्कृतिक महत्वमा विकृति र विसंगति आयो कि आएन ? यसलाई कुन कानूनले रोक्ने ? परम्परागत थितिलाई विथोल्नेहरुलाई प्रोत्साहन भयो कि दण्ड ? सूचनाको हक सम्बन्धी कानून बने केही देख्न सकिने परिवर्तन भएको छ भनिन्छ ।
नागरिक वडापत्र ठूलो होर्डिङ टाँग्दैमा परिवर्तन भएको हो कि गुण मा ? मानिसको नैतिकता, आदर्श चरित्र र अनुशासनमा आएको ह्रास के डरलाग्दो छैन । यसतर्फ कसैको चिन्ता भएको छ । ठूला वडाले, पदमा हुनेले, पैसा हुनेले जे गर्दछ काम त्यो हुन्छ सर्वसम्मत भन्ने सिद्धान्त समाजमा लागू भएको छ । दरबार, सेना, न्यायालयका विरुद्ध प्रेसले हिजो पनि लडेको थियो आज पनि गलत गर्ने पार्टी, पार्टीका नेता विरुद्ध लड्नु पर्दछ । देश र जनतालाई बचाउनु पर्दछ । नराम्रो काम गर्नेहरुका विरुद्ध प्रेसले सकारात्मक जनमत तयार गर्नुपर्दछ ।