एनेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विचारक हुन् संगठनकर्ता होइन । यतिखेर उनको विचार गैर माक्र्सवादी र भारतपरस्तमा आधारित छ । डा. बाबुराम भट्टराईले जतिसुकै गरेपनि उनको नेतृत्त्वमा खोलिएको संगठनले नेपाल
र नेपालीको हित गर्न सक्दैन । डा. बाबुरामको विगतदेखिको प्रवृत्ति नै शंकास्पद, विवादास्पद छ । डा. बाबुराम भट्टराईको व्यक्ति महत्त्वकांक्षा राष्ट्रिय महत्त्वकांक्षा बन्न सक्दैन । डा. बाबुरामलाई संगठन खोल्ने नेतृत्त्व गर्ने अधिकार छ, आलोचना गर्न सकिन्छ, निषेध गर्न सकिंदैन । एनेकपा माओवादीभित्रको घर झगडासँग शान्ति, विकास र परिवर्तन चाहेका नेपाली जनताहरूलाई केही सरोकार छैन । नेपाली जनता नेपाल र नेपालीको सर्वोत्तम हित गर्ने सवल र परिपक्व पार्टी होस् भन्ने चाहन्छन् । त्यसले पार्टी नेपालमा कुनै नदेखिएबाट अवश्य खिन्न छन् । पटक–पटकको आन्दोलन र संघर्षबाट धोखा खाएकोमा नेपाली जनताहरूले विस्मात गरिरहेका छन् । पार्टीका नेताहरूलाई धिक्कारीरहेका छन् । नेपाल यतिखेर विश्वासयोग्य नेतृत्त्वविहीन अवस्थामा छ । नेपाल र नेपालीको आवश्यकता र इच्छाको प्रतिनिधित्त्व गर्ने नेताहरूको खडेरी लागेको बेला डा. बाबुराम तेश्रो शक्तिको कुरा उठाएर जनताहरू आकर्षित हुन्छन् कि भनेर राजनीति जालो फ्याँक्न अस्वभाविक होइन । डा. बाबुरामले नयाँपार्टी खोले भने नेपाली जनताको टाउको दुखाईको कुरा होइन ।
एनेकपा माओवादी पार्टी नेताहरूका व्यक्तिगत स्वार्थका कारण चोइंटिंदै गएमा पनि नेपाली जनताको नेपाली जनताको टाउको दुखाईको विषय होइन । अव एनेकपा माओवादी नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित गर्ने भरोसायोग्य राष्ट्रिय पार्टी भएन । एनेकपा माओवादीका नेताहरूको देशभक्ति र भारतभक्ति पनि राम्रोसँग उदाङ्गियो । डा. बाबुराम नयाँ–नयाँ विचार ल्याउन सक्छन् र ल्याएका पनि छन् । राष्ट्रको सर्वोपरी हितकालागि भन्दा पनि डा. बाबुरामका विचार एनेकपा माओवादीलाई ध्वस्त पार्ने हो र बचेखुचेको कम्युनिष्टको आस्तित्त्व समाप्त पार्ने हो । यसको मतलब एनेकपा माओवादीको नेतृत्त्व गरिरहेका प्रचण्ड सक्षम, योग्य, इमान्दार, कर्मठ देशभक्त भन्ने पनि होइन तर बाबुराम र प्रचण्डबीचको वैचारिक द्वन्द्व र मनमोटावले दुबै अवश्य सिद्धिन्छन् । क्रान्ति, आन्दोलनपछि नेताहरू झन–झन स्थापित हुन्छन्, लोकप्रिय बन्छ तर नेपालमा प्रचण्ड र बाबुरामको राजनैतिक हैसियत र स्तर गर्दो छ । उनीहरूले संगत गुनाको फल पाउँदै आएका छन् । नयाँ पार्टी बनाउने मनस्थितिमा पुगिसकेका अति महत्त्वाकांक्षी डा. बाबुरामले विकल्प खोजेका छन् । बाबुराम र दाहालबीच दूरी बढ्नु, असन्तुष्टी बढ्नुले राष्ट्रिय राजनीतिमा कुनै कायापलट हुने होइन ।