पूर्व राजाको सवारी हुँदै

वीरगंज/पूर्व राजा ज्ञानेन्द्र शाह तराई–मधेशको पुन: भ्रमण गर्दै हुनुहुन्छ । राजतन्त्रको समाप्ती र संघीय गणतन्त्र लागू भए पनि उहाँ जनता र राष्ट्र बाट अलगिनु भएको छैन । चाहे मन्दिर उद्घाटन होस्, धार्मिक कार्यक्रम होस्, वा दैविप्रकोपको राहत बाँड्ने सम्म पूर्व राजा ज्ञानेन्द्र शाह बेला–बखत जनतामाझ देखा पर्नु हुन्छ । वर्षमा दुई–तीन पल्ट मधेशमा भ्रमण गर्दै आउनु भएको छ, हो पनि राजा र प्रजाको सम्बन्धको सौगात पनि हुन सक्छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको चैत्र २८ गते शुक्रवार दिउँसो ४ बजे बाराको सिमरा सवारी हुँदैछ । सिमरालाई भ्रमणको केन्द्र बनाएर बिभिन्न दाउँमा भ्रमण गर्नु हुनेछ । भ्रमणको क्रममा २०७१ बैशाख १ गते सुनसरीको धरान, बैशाख २ गते सुनसरीकै चतरा स्थित बाराह क्षेत्रमा शाही स्नान, बाराह मन्दिरमा पूजा अर्चना र बाराह क्षेत्रमा लागेका कुम्भ मेला अवलोकन गर्नु हुनेछ । त्यसै क्रममा झापा र ईलामको धार्मिक स्थलमा पूजा–अर्चना गर्ने कार्यक्रम छ । बैशाखको दोस्रो सप्ताहमा सिमराबाट पर्सा जिल्लावासी माझ भ्रमण हुनेछ । पर्साको वीरगंजस्थित  गहवामाई मन्दिर, महावीर मन्दिर, प्रगतीनगर स्थित गायत्री मन्दिर, ईनर्वा स्थित भूटनदेवी मन्दिर, पोखरीयाको शिव मन्दिर र सखुवा प्रसौनीस्थित शिव महादेव खाकी बाबा मन्दिरमा समेत मौसुफको भ्रमण हुने छ । राष्ट्रिय सरोकार मञ्च र राजसंस्था पुनस्थापना संघर्ष समितिको संयुक्त प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

SHARE THIS

Author:

Facebook Comment