लामखुट्टेको प्रकोपले नगरबासी अक्रान्त

बीरगंज /गर्मी याम आउन बाँकी रहेता पनि लामखुट्टेको प्रकोप चाहि अहिले देखि बढदै गइरहेको छ । नगर क्षेत्रमा लामुट्टेको टोकाईवाट सर्वसाधारण नागरिकहरु निकै पिडीत हुन पुगेका छन् । बीरगंज उपमहानगरपालिका कार्यालयले लामुखुट्टेलाई नियन्त्रण गर्नको लागि कहिले औषधी छर्ने होला ? लामखुट्टेको टोकाइबाट जोगाउन नगरपालिकाका कर्मचारीहरुले कहिले ध्यान पुर्‍याउने होला ? प्रत्येक साल लामखुट्टेका टोकाइबाट विभिन्न रोग लाग्ने गरेको छ । लामखुट्टेको टोकाइबाट रोग लाग्नबाट जोगाउनको लागि बीउमनपाका
अधिकृत ताराबहादुर कार्कीले कहिले आफनो ध्यान पुर्‍याउने होलान् ? लामखुट्टेको टोकाइबाट प्राणघातक रोगहरू लागेर धेरै जनाहरुले आफनो ज्यान गुमाउनु परिरहेको छ । त्यैपनि समयमा नै लामखुट्टेलाई नियन्त्रण गर्नको लागि कसैले पनि समयमा नै आफनो ध्यान पुर्‍याउन नसकेकाले लामखुट्टेको प्रकोपबाट नगरका जनताहरु सधै पिडीत र दुखीत भएर बस्नु परेको छ ।

                उप महानगरपालिकाका कार्यकारी अधिकृत कार्की अहिले शहरमा विकास प्रेमीको रुपमा निकै चर्चित हुन पुग्नु भएको छ । उहाँको कार्यकालमा शहरमा धेरै विकासको कामहरु भएको छ । आफै सक्रिय भएर नाला बाटो सरसफाई फोहर हटाउने कार्यमा जुट्न पुगेका अधिकृत कार्कीले अब आफैं सक्रिय भएर शहरमा बढ्दै गएको लामखुट्टेलाई नियन्त्रण गर्न औषधी कहिले छर्छन् होलान् ? यसतर्फ अधिकृत कार्कीले समयमा नै आफनो ध्यान पुर्‍याउनु होला भनेर नगरबासिहरुले धेरै आशा लिएर बसेका छन् । समयमा नै लामखुट्टेलाई नियन्त्रण गर्न सकेमा लामखुट्टेको टोकाईबाट नगरका जनताहरु इन्सफास्टिक रोगबाट जोगिन सक्छ । 

SHARE THIS

Author:

Facebook Comment