एक वर्षभित्र संविधान बन्दैन–संविधानसभा भंग हुन्छ

अमर मान श्रेष्ठ
बीरगंज /दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि दलहहरुले जसरी भएपनि नयाँ संविधान एक वर्षभित्र बनाउछु भन्दै स्याल हुइँया मच्चाउदै आइरहेका छन् । नयाँ संविधान बनाउन दलहरुलाई कति गाह्रो हुनेछन् भनेर उनीहरुले आफैले बुझ्न सकेका छैनन् । जसरी भएपनि नयाँ संविधान बनाएर नेपाली जनताहरुलाई दिन्छु
भन्दै आइरहेका छन् । पहिलो संविधानसभाको निर्वाचनमा एमाओवादी,काँग्रेस,एमाले र मधेसवादी दलहरु क्रमश: सबै भन्दा ठूलो दलको रुपमा संविधानसभामा उभिएका थिए । उनीहरुले दुई वर्षमा नै संविधान बनाएर दिने बताउँदै आइरहेका थिए । तर चार वर्ष सम्म सत्ताको भागबण्डामा रुम्मलिएर मोजमस्ती गर्दै संविधान बनाउनुको सट्टा संविधानसभा भंग गरेका थिए । दोस्रो सविधानसभाको निर्वाचन गराएर विजय हासिल गरेका काँग्रेस,एमाले र एमाओवादीका शीर्ष नेताहरुले एक वर्ष भित्र नयाँ संविधान बनाएर दिने बताउँदै आइरहेका छन् । जुन बेला चार दलको बहुमत हुँदा संविधान बनाउन नसक्ने नेताहरुले अब आएर नयाँ संविधान कसरी बनाउन सक्छ । नेकपा माओवादी लगायत अन्य ३३ दलहरु संविधानसभा बाहिर रहेकोले उनीहरुलाई माइनस गरेर संविधान बनाउन सफल भएमा सभासदहरुको घर घरमा नै नेकपामाओवादीले बम विस्फोट गराउन सफल भएमा सभासदहरु आफनो घर आगनमा समेत जान सक्ने अवस्था रहन सक्दैन । नेकपामाओवादीले आफनो मागलाई पुरा गराउनको लागि जस्तो सुकै पनि विध्वंश मच्चाउन सक्छ भन्ने कुरा चुनाव बहिष्कारको बेला बम विस्फोटको घटनालाई तीन ठूला दलहरुले चटक्कै बिर्सन पुगेका छन् । नयाँ संविधान बनाउन काँग्रेस एमाले र एमाओवादीलाइई चुरे पहाड फोड्नु जस्तै हुनेछ । दलहरुले जसरी भएपनि संघीयता सहितको नयाँ संविधान बनाउने बताउँदै आइरहेका छन् । संघीयता सहितको नयाँ संविधान लागु गर्न सफल भएमा दलहरुले मुलुकमा हिंसा भडकाउने सिवाय अरु कुनै पनि काम गरेर देखाउन सक्छ । जुन दिन संघीयता सहितको संविधान लागु हुन्छ । दलहरु भूमिगत अवस्थामा रहेर आफनो ज्यान जोगाउनु पर्छ भन्ने घटनाहरु हुन सक्छ भनेर सोचन नसक्नेहरुले एक वर्ष भित्र नयाँ संविधान बनाएर दिन्छु भन्दै आइरहेका छन् ।
                नेकपामाओवादी लगायत अन्य दलहरुलाई बाहिर राखेर संविधान बनाउन चेष्टा कसैले पनि गर्न खोजेमा मुलुकमा द्वन्द्व हुन्छ भनेर सोच्न नसक्ने नेताहरुलाई खडेरी नै लागेको छ । नेपाली जनताहरुले मत दिएर काँग्रेस र एमालेलाई ठूलो दल बनाउन सफल भएको अवस्थामा काँग्रेसका सभापति पति एवं प्रधानमन्त्री सुशील कोइरालाले त आफुले नयाँ संविधान न बनाए सम्म प्रधानमन्त्रीको पदसम्म न छाड्ने बताएका छन् । उनले नयाँ संविधान बनाएर नै पद त्याग गर्ने बताएपछि अब पाँच वर्ष सम्म प्रधानमन्त्री बन्ने सपना देख्न थालेका छन् । नयाँ संविधान चाहेको जस्तो बनाउन सक्दैन भनेर किन अहिले सम्म बुझन सकेको छैन । नेपालमा कहिले न भएको संघीय राज्य लागु गराउन विदेशीहरुको दबावमा दलहरु लागिपरिरहेकाले यसले नै मुलुकमा द्वन्द्व निम्त्याउने छ भनेर सोच्न नसक्ने नेताले नयाँ संविधान बनाएर दिन्छु भनिरहँदा जनताको बिचमा नेताहरु आफै ना·िन पुगेका छन् । संघीय राज्यमा भूमि कसरी विभाजित गर्ने ? कुन जातिहरुलाई कति भुमि दिने ? लगायतका समस्याहरु नेताहरुलाई संविधान बनाउदा फलामको च्यूरा चपाए जस्तै हुनेछ । संघीय राज्य सहित संविधान बनाउन खोज्दै छन भनेर जनताको विचमा आउन थाल्यो भने देशभरिका जनताहरु सडकमा आएर आन्दोलन हडताल चक्काजाम गरि दलहरुलाई पहिलो संविधानसभामा जसरी अप्ठारोमा पारेका थिए । त्यसैगरि दोस्रो संविधानसभामा पनि जनताहरुले अप्ठारोमा पार्ने छन् भनेर बुझ्न नसक्ने नेताले  संविधान बनाउन सक्दैन भनेर सोच्न समेत सकेका छैनन् । नेताहरुले जे मनलाग्यो त्यहि बोलेर आफै हाँसोको पात्र मात्रै भइरहेका छन् । काँग्रेस एमाले र एमाओवादीले  संघीय राज्य बनाउनु परेको छ । संघीय राज्य बनाउदा थारुहट राज्य, मथैली राज्य, भोजपुरा राज्य, तामसालि·, नेवार राज्य, लुम्मुवान, खुम्वुवान राज्य, लगायतका राज्यहरुको सिमाना कोरिंदा त्यसबाट कति विस्फोट हुन सक्छ भनेर किन बुझन सकेका छैनन् ? थारुहरुले आफुलाई मधेसी होइन । तराईका जिल्ला थारुहरुको हो । मधेस राज्यमा गाभ्न खोजेमा लाखौंलाख थारुहरु सडमा आउन सक्छ । त्यस्तै गरि अन्य जातिहरुले पनि आफनो भुमिको लागि सडकमा आएर विरोधको कार्यक्रम गर्दै नेपाल नै ठप्प पारि छाड्ने छन । त्यसबेला नेताहरुले कसरी संविधान बनाएर दिन सक्छ ?

                दलहरुले नयाँ संविधानलाई आफनो राजनीतिकलाई मागि खाने भाँडो बनाउदै आइरहेका छन् । एकवर्षमा संविधान बनाएर दिन्छु भन्दा भन्दै उनीहरुले पाँच वर्ष सम्म संविधान बनाउन सक्दैन । अन्त्यमा गएर दलहरुविच विवाद सृजना हुने र विवादको कारणले गर्दा पुन: संविधानसभा नै भंग हुने पक्का छ  । दलका नेताहरुले जतिसुकै पनि फुर्ति देखाएर जनताको विचमा संविधान बनाएर दिन्छु भन्दै आइरहेता पनि उनीहरुले जनतालाई धोखा मात्रै दिइरहेका छन् । संघीय राज्य जुन दिन बनाउन सफल हुन्छ । नेपाल अफगानिस्तान हुन्छ भनेर अहिले देखि सोच्नु परेको छ । अफगानिस्तान भयो भने कुनै पनि नेताहरुले आफुलाई सुरक्षित सम्झीन सक्दैन । आफनो राष्ट्र र राष्ट्रियता जोगाउनको लागि नेपालीहरुले जस्तो सुकै पनि बलिदान दिन तयार हुन्छ भन्ने कुरा नेताहरुले बिर्सन पुगेकाले आफैंले खनेको खाल्टोमा दलहरु आफै पुरिने कार्य गरिरहेका छन् । नेपाली जनताहरुले मत दिएर विजय बनाएका दलहरुले निकै फुर्ति गरेर हिंडीरहेका छन् । पहिले आपसमा मिलेर देखाउनु पर्‍यो ।अहिले देखि सत्ता प्राप्तिको लागि काँग्रेस र एमालेले जुन नाटक देखाउन  पुगेका थिए । उनीहरु सरकारमा गएर मौजमस्ती गर्न कति आतुर रहेको थियो भन्ने कुरा सबैले राम्रोसित देखन पुगेको थियो । जनतालाई ढाँट्दै पुन: पाँच वर्ष सम्म हाली मुहाली गरि राज्यको ढुकुटी समाप्त पारि हिडने नेताहरुले संविधान बनाउन सक्ने कुनै आधार नै रहेको छैन । नयाँ संविधान बनाउनको लागि नै दोस्रो संविधानसभाको चुनाव गराउन सफल भएको भन्दै आइरहेका नेताहरुले संविधानसभाको चुनावको माध्यबाट पाँच वर्षसम्म सरकार बनाउन सफल भएको भन्न सकिरहेको छैन । देश र जनताहरुलाई जहिले पनि धोखा दिदै आइरहेका दलहरुले नयाँ संविधान बनाउनु भन्दा संविधानसभा भंग गरेर आफनो दायित्व पुरा गरि जनताको विचमा आउने छ । आफुले संविधान बनाउन सकिदैन भनेर भन्नै सकिरहेका छैन । विदेशीहरुले आफुलाई के भन्ला भनेर निकै चिन्तित भएका नेताहरुले जहा पनि नयाँ संविधान बनाएर दिने बताउदै आइरहेको अवस्थामा कहिं न भएको जात्रा हाँडी गाउँमा भने जस्तै भएको छ । (अविचल)

SHARE THIS

Author:

Facebook Comment