विश्वलाई नै क्यासरबाट मुक्ति दिलाउन प्रबचन र योगाभ्यास

आर.सि.एनबाट
वीरगंज ।
आल वल्र्ड माँ महारानी परिवार वीरगंजको सौजन्यमा यही चैत्र ७ गते देखि १३ गते सम्म वीरगंजको स्थानिय राणीसति अतिथी सेवा सदनमा भारतका चर्चित परम पुज्य एवं माँ के दुलारे परम गुरु श्री राजीव ठाकुरद्वारा श्रीमद भागवात कथा प्रवचन एवं योगाम्यास कार्यक्रम शुरु भएको छ ।
सो प्रवचन कार्यक्रम विहान ६ वजे देखि ७ वजे सम्म हुने र योगाभ्यास दिउसो ३ वजे देखि वेलुकी ७ वजे सम्म संचालन भइरहेको कुरा आँल वल्र्ड माँ महारानी परिवार वीरगंजका कार्यक्रम संयोजक पप्पु जलानले बताउनु भयो ।
 उक्त कार्यक्रमबाट संकलन गरिएको रकम विश्वमा रहेको गरिब निमुखा क्यान्सर पिडीत विरामीमा खर्च गरिने कुरा परम पुज्य गुरु श्री ठाकुरले संचारकर्मीलाई जानकारी
गराउनु भएको थियो ।
साथै यसरी संकलन गरिएको रकमबाट भारतको दिल्ली स्थित वेदान्ता हस्पिटल र हैदरावादको ओमेगा हस्पिटलमा १२ सय जना क्यानसर पिडित विरामीहरुमा उपचार भइरहेको छ ।
भने आउदो समयमा भारत विहारको मुज्जफरपूरमा क्यान्सर हस्पिटल खोलि गरिव क्यान्सर पिडितलाई नि:शुल्कमा उपचार सेवा संचालन गरिने उदेश्य रहेको कुरा परम पूज्य गुरु ठाकुरले जानकारी दिनु भयो ।
त्यसै गरी सर्वसाधारणहरुमा क्यान्सर रोग , डायविटिज , ब्लड प्रेसर , मोटापा , किडनी , हेपाटाइटिस वी लगायतको रोगवाट वाँच्नको लागि योगाम्यास समेत शरु गरिएको कुरा आयोजक वर्गले आर.सि.एन.लाई बताएका छन ।

SHARE THIS

Author:

Facebook Comment