वैचारीक क्रान्तिलाई अगाडी नबढाएमा नेपाली जनता मुक्ति नपाउने

आर.सि.एनबाट
वीरगंज। समाजवादका प्रणेत महामानव डा.राम मनोहर लोहियाको १०४ औं जन्म जयन्तिको उपलक्ष्यमा नेपाल समाजवादी पार्टी (लोहियावादी) केन्द्रिय कार्यालय वीरगंजले आज होटल सम्झनामा ‘‘नेपाल कि राजनीतिक चुनौतियो के परिपेक्ष्यमे लोहियाबादी चिन्तन’’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो ।
सो अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथी नेपाल समाजवादी पार्टी (लोहियादी)का राष्ट्रिय अध्यक्ष नन्दन यादवले नेपालको राजनीतिक पार्टीका नेता ,बुद्धिजिवी , समाजसेवी , भद्र भलादमी , संचारकर्मी एवं युवा लगायतका महानुभावहरुले लोहियावादीको समाजवादी चिन्तनलाई मनन गरेर जव सम्म समाजमा वैचारीक क्रान्तिलाई अगाडी बढाउने काम गरिदैन ।
तव सम्म नेपालमा देखिएको गरिवी शिक्षा,स्वास्थ्य , वेरोजगारी , आर्थिक समस्या लगायतका मुद्दाहरुवाट जनता मुक्ति नपाउने बताउनु भयो । त्यसकारणले विगतको समयमा राजनीतिक पार्टी वीच नेताहरुमा देखिएका तिता मिठा कुराहरुवाट टाढा भई एक आपसमा भाइचारा र सदभावलाई सदाको लागि कायम गर्दै देश र जनताको लागि लोहियावादीको समाजवादी विचारलाई अगाडी वढाएमा
देश र जनताको विकास हुनुको साथै नेपाल राष्ट्रको विश्वमा नै समाजवादी राष्ट्रको रुपमा पहिचान हुने अन्तरक्रिया कार्यक्रममा भन्नु भयो ।
उक्त कार्यक्रमको विशेष अतिथी मधेशी जन अधिकार फोरम ( गणतान्त्रिका) पार्टीका महा सचिव शशी कपुर मियाँ , संघिय सदभावना पार्टीका सह–महा सचिव शिव पटेल , सदभावना पार्टीका केन्द्रिय सदस्य नेजामुद्दिन समानी , वरिष्ठ पत्रकार चन्द्र किशोर झा , अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी , रिपोर्टस क्लव नेपाल मधेस क्षेत्रिय संयोजक कन्हैया गुप्ता , रा.स.स.अंचल प्रमुख सितल महतो , नेपाल पत्रकार महा संघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा , नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष धु्रव साह ,भारतीय पत्रकार राजेश वर्मा, पार्टीका महासचिव हरे राम पंडित र प्रमोद कुमार , कोषाध्यक्ष अशोक कुमार गुप्ता , संगठन सचिव डा.इशा अंसारी , अर्थ सचिव राम इश्वर यादव , प्रचार सचिव विजय प्रजापति, प्रशासन सचिव राज कुमार साह , महिला विभाग प्रमुख एवं केन्द्रिय सदस्य सुषमा पटेल , केन्द्रिय सदस्य सवनम बानो , सोना लाल पटेल , समाजवादी छात्र सभाका केन्द्रिय अध्यक्ष नन्दु यादव , केन्द्रिय सदस्य लक्ष्मी राउत कुर्मी र राज पटेल लगायतले लोहियावादीको समाजवादी विचार अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य डा.हरेराम ठाकुरले गर्नु भयो ।
भने कार्यक्रमको सभापति पार्टी पर्साका अध्यक्ष विजय प्रजापतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको संचालन सुनिल कुमार साहले गरेका थिए ।


SHARE THIS

Author:

Facebook Comment