–सन्तोष कुमार मिश्र
नेपाल पत्रकार महासंघ सम्पूर्ण संचारकर्मीहरुको छाता संगठन हो । पंचायती ब्यवस्था ढाल्न र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्न नेपाल पत्रकार महासंघको नेतृत्वमा मुलुकभर संचार कर्मीहरुले आन्दोलन गरेका थिए । संचारकर्मीहरु भनेका परिवर्तनका संवाहक, शान्ति व्यवस्थापनका अगुवा हुन् । संचार माध्यम भन्नाले छापा, (समाचार पत्र) टेलिभिजन, रेडियो, अनलाइन आदि भन्ने बुझिन्छ । संचारमाध्यमले जनमत बनाउने काम गर्दछ । सकारात्मक परिवर्तनका लागि संचार माध्यम हरबखत संघर्षरत हुन्छ । आजको युग संचारको युग हो । नेपालमा पनि संचार क्रान्ति भएको छ । संचार माध्यमले अन्याय, अत्याचार, सवैखाले विकृति, विसंगति, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती, न्यायसम्पादनमा ढिलासुस्ती, घुसखोरी, विभेद, असमानताका विरुद्ध निरन्तर सशक्त दबाव दिन्छ । सुधारका लागि लडिरहन्छ । मानव अधिकार, महिला अधिकार, बालबालिकाको अधिकार र अवसरका लागि खोजी पत्रकारिता, अनुसन्धानात्मक पत्रकारिता गर्दै आएको छ । नेपाली समाजका सबैखाले मुद्दा संचार जगतले उज्जागर गर्दै आएको छ । संचार माध्यममा कार्यरत सम्पूर्ण संचारकर्मीको एउटै स्वार्थ भनेको राष्ट्रिय स्वार्थ र सामूहिक स्वार्थको प्रतिनिधित्व गर्नु हो । संचारकर्मी स्वतन्त्र हुन्छन । संचारकर्मी सबैका हुन, कसैका पनि होइनन् । राम्रो कुरा अवलम्बन
गर्नु, नराम्रो कुरा औल्याउन संचारकर्मीको जिम्मेवारी हो । सामाजिक जिम्मेवारी र राष्ट्रिय उत्तरदायित्व पूरा गर्ने क्रममा संचारकर्मीहरुले कसैसँग पनि सम्झौता गर्दैन । संचारकर्मीलाई ‘वाच डग’ र संचारमाध्यमलाई दर्पण भनिन्छ । संचार माध्यमले के गर्नु पर्ने, के गर्नु नपर्ने कुराको ख्याल गर्नु पर्दछ । संचारकर्मी भ्रष्ट भए भने समाज र राष्ट्र नै जोखिम मा पर्दछ । संचार माध्यमलाई राज्यको चौथो अंग भनिन्छ । राज्यका तीन अंग कार्यपालिका (सरकार), व्यवस्थापिका (संसद) र न्यायपालिकाको हरेक गतिविधिलाई प्रकाशन र प्रशारण गर्ने संचार माध्यमले आफ्नो प्रेस आचारसंहिता भित्र रहेर कर्तव्य निर्वाह गर्दा राष्ट्र र समाज सवल बन्छ । गणतन्त्र र लोकतन्त्र हुन्छ ।
गहन जिम्मेवारी बोकेको जोखिमपूर्ण पेशा हो पत्रकारिता । पत्रकारिता पेशा अंगाल्ने संचारकर्मीहरु जहिले पनि निडर, निर्भिक र निष्पक्ष हुनुपर्दछ । प्रचार र प्रशार र प्रकाशनका लागि सामग्री उत्पादन गर्दा सत्यतथ्य, सन्तुलित र विश्वसनियतालाई विशेष ध्यान दिनु पर्दछ । असामाजिक तत्व र अराष्ट्रियतत्व राष्ट्रका साँझा शत्रु हुन, साझा शत्रुसँग मुकाबिला गर्दा संचारकर्मीहरुले जनताहरुको सहयोग लिनु पर्दछ । संचारकर्मीहरुलाई शोषित, उत्पीडित जनताहरुले असल साथीका रुपमा लिनु पर्दछ । नेपाललाई निर्माण गर्ने हो भने राजनीतिक दलहरु र सरकारले सदैव सौहार्दपूर्ण सम्बन्ध राख्नु पर्दछ । प्रेसले सबैसँग सहकार्य गर्नु पर्दछ । सहकार्य, सह अस्तित्व, सहमति र सामाञ्जस्यतालाई प्रेस जगतले सदैव महत्व दिन्छ ।
जति कुरा गरेपनि सम्पूर्ण संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्वतन्त्र छैन र छाता संगठन पनि होइन । नेपाल पत्रकार महासंघ भित्र पनि गूट, फूट र लुटको रोग छ । प्रेस जगत आफ्नो धर्मबाट विचलित छ । व्यवसायिक पत्रकारिताका नाममा ध्येयमूलक पत्रकारितालाई पन्छयाउन खोजिएको छ । पत्रकाहरु सदैव सरकार र सत्ताको बिपक्षमा जनताको पक्षमा रहनु पर्दछ । सत्ताले सबै जनतालाई अवसर दिन सकेन, राष्ट्र र जनताको स्वार्थ रक्षा गर्न सकेन भने प्रेसले कस्सिएर कतिपनि पूर्वाग्रही नभई सत्य र सकारात्मक आलोचना गर्नु पर्दछ । नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुको थोरै संख्याले मात्र जिम्मेवारी पूरा गरेका छन् । व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थ भन्दा माथि नेपाली पत्रकारिता उठीसकेको छैन । नेपाल पत्रकार संघको सबै जिल्लामा शाखा छ । सबै जिल्लामा नयाँ नेतृत्वका लागि चुनाव हुदैछ । विगतमा झै यसपाली पनि स्वतन्त्र नेतृत्व चयन हुने अवस्था छैन ।