नेपाल प्रहरी अब सेवा प्रभावकारीतामा केन्द्रित हुन्छ : अर्याल

वीरगंज १५ चैत
प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्यालले नेपाल प्रहरीको आगामी दिन सेवा प्रभावकारीतामा केन्द्रित हुने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको नव निर्मित भवनको आज एक समारोहका विच उद्घाटन गर्नु हुदै प्रहरी महानिरिक्षक अर्यालले अपराध र अपराधिसंग नेपाल प्रहरीको कुने हालतमा सम्झौता नहुने र राजनैतिक आवरणमा हुने गरेको अपराधलाई समेत ध्वस्त पार्ने चेतावनी दिनु भयो ।
उहांले नेपाल प्रहरी र नागरिक विच आत्मीय सम्बन्ध रहेको बताउदै महिला तथा बालबालिका माथि हुने अपराधलाई न्यूनिकरण गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको कुरामा
जोड दिनुभयो ।
भवन निर्माण समितिका संयोजक विश्वकरण जैनको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बैद्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जरा लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । सात कोठे पक्कि भवन ३० लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।
यसैविच आजै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले नेपालको मुख्य प्रवेश द्वार इनर्वा सिमा चौकीको नव निर्मित पक्की भवनको उद्घाटन गर्नु भयो ।
स्थानिय जन सहभागितामा १ करोड २ लाखको लागतमा बनेको २ तले पक्की भवनमा प्रहरी कार्यालय सहित आवास, पर्यटन मैत्री कक्ष गरी १६ वटा कोठा रहेका छन् । कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष शम्भु शरण कलवारको सभापतित्वमा सम्पन्न भएको थियो । यसैगरी आजै प्रहरी महानिरिक्षक अर्यालले वीरगंजको घण्टाघर चौकमा समर्पण सेवा संस्थाद्वारा निर्माण गरिएको प्रहरी विटको समेत उद्घाटन गर्नु भयो ।


SHARE THIS

Author:

Facebook Comment