रोजगारमा भ्रष्टाचार

–सन्तोषकुमार मिश्र
कोही बेरोजगार हुनु हुँदैन । सबैका लागि रोजगारको सिर्जना गर्ने नीति, कार्यक्रम र योजना हुनु पर्दछ । रोजगार सरकारी क्षेत्र र निजी क्षेत्रमा छ । बैदेशिक रोजगारको ठूलो अवसर यति खेर नेपालीले पाइरहेका छन् । सबैले रोजगार पाए, सबै उद्यमीशिल भए भने मुलुकको सर्वाङ्गिन विकास हुन्छ । स्वरोजगार वर्तमान आवश्यकता हो । कारिन्दो शिक्षा नीति अव्यवहारिक शिक्षा नीति होइन अब वैज्ञानिक, रोजगारमुखी शिक्षा नीति चाहिन्छ । उद्यमशिलता बिनाको जीवन, जीवन होइन भनिन्छ । सबैले जोजगार पाए, काम अनुसारको माम सबैर्ला मिल्दछ । रोजगारका क्षेत्रमा निकै शोषण र भ्रष्टाचार छ । रोजगारका लागि घुस र कमिशन खुवाउनु पर्ने बाध्यता छ । युवा पुस्ताहरु सबैलाई रोजगारको ग्यारेन्टी निजी क्षेत्र र सरकार मिलेर गर्नु पर्दछ । बेरोजगारको स्थिति रहन दिनु नै हुँदैन । रोजगारीका क्षेत्रमा अनगिन्ति समस्या छन् । रोजागरदाताहरुले रोजगार सँगै उचित ज्याला, तलब दिने तर्फ पनि सोचनु पर्दछ । नेपालमा दश हजारसम्म तलब नपाउनेले बिदेशमा गएर एक लाखसम्म मासिक कमाउने गरेको पाइन्छ । नेपालका वित्तिय संस्था, बोर्डिङ स्कुल, निजी क्षेत्रका अस्पतालहरुले मुनाफा
कमाएको सुनिन्छ तर कर्मचारीहरुलाई निकै कम तलबमा काम लगाएर शोषण गरिरहेका छन् । श्रम शोषण गर्नु पनि पाप हो ।
जब समाजमा बेरोजगारको संख्या बृद्धि हुन्छ तब नानाथरिका आर्थिक अपराध, सामाजिक अपराध जन्मिन्छ । वेश्यावृत्ति, गजल नाइट पनि हिजोआज रोजगार नै बन्दै गएका छन् । अवैध मदिरा उत्पादन र बिक्री, जंगलको काठ दाउरा, कटान, चिरान र बिक्री पनि रोजगार नै भएका छन् । भएको बन जंगल बेरोजगारीका कारण सखाप पारिनु वातावरणीय दृष्टिकोणले निकै हानिकारक हो । उत्पादन र सेवाका क्षेत्रमा जति बढी मानिस सरिक भए त्यति राष्ट्रको बिकास हुदै जान्छ । सम्मानजनक, सुरक्षित रोजगार जनताको अधिकार हो । रोजगार सानो होस वा ठूलो सबैले आफ्नो योग्यता, क्षमता र दक्षता अनुसार गर्नु नै पर्दछ । कृषि, जल विद्युत, पर्यटन र उद्योग, व्यवसाय, नेपालका रोजगारका आधार हुन् । कृषि जन्य उद्योग, खानी जन्य उद्योगलाई प्रोत्साहन दिइ भारतीय कामदारलाई विस्थापित नगरेसम्म नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित हुँदैन । स्वदेशमा रोजगारको अवसर गुमाएर सिर्जना नगरेर बिदेशमा जानुले दीर्घकालिन रुपमा राष्ट्र र समाजलाई ठूलो हानी पुर्‍याउछ । पढे लेखेको मानिसले खेतीपाती, पशुपालन आदि गर्नु हुँदैन, हात बाँधेर, खुट्टा पसारेर बसेमात्र सुख हुन्छ भनेर सोच्नु मुर्खता हो । जो इलममा लागेका छन्, उसको आयश्रोत नियमित भइ जीवन राम्रोसँग चलेको छ । जसले इलम पाएको छैन उ अति दुखि हुँदै गइरहेको छ । वैदेशिक रोजगार होइन अब स्वदेशमा स्वरोजगार बढाऔं ।
प्रकाशन मितिः२०७० फागुन २२ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment