एस.एस.पी. खरेल जस्तै अरु प्रहरी अधिकृत किन जन्मन सकेनन् ?

अशोक मान श्रेष्ठ
                नेपालमा बढदै गइरहेको आपराधिक गतिविधी र गुन्डागर्दीलाई समाप्त पार्न देशभक्त इमानदार प्रहरी अधिकृतको आवश्यकता रहेको थियो । सत्ता परितवर्तनपछि राजनीतिक दलहरुका नेताहरुले अपराधी र गुन्डाहरुलाई आफनो पार्टीको कार्यकर्ता बनाएर समाजमा आतंक मच्चाएर राजनीति गर्न सफल भएको अवस्थामा सर्वसाधारण जनताहरु निकै भयभित र आतंकीत बन्न पुगेका थिए । अपराधी र गुन्डाहरुले जतिसुकै पनि अपराध गरेता पनि प्रहरी अधिकृतहरुले अपराधीलाई कारवाही गर्नको लागि कहिले पनि आट गर्न सकेका थिएनन् ।
अपराधीलाई पक्राउ गरेता पनि दलका नेता र मन्त्रीको दवावमा तत्काल छाड्ने कार्य हुँदै आइरहेकाले नै नेपालमा आपराधिक गतिविधीहरु निकै बढ्दै गएका थिए । यसलाई नियन्त्रण गर्न नेपालमा नै चर्चित हुनु भएका एस.एस.पी रमेश खरेलले ज्यू ज्यान लागाएर देश र जनताको सेवा गर्न कटिबद्ध भएर काठमाडौमा लागि परिरहनु भएको छ । खरेल पर्सा जिल्लामा रहँदा अपराधी, गुन्डाहरुलाई तह लगाएर शान्ति सुरक्षा बहाली गर्नु भएको थियो । त्यसको महशुस अहिलेसम्म पर्साबासीहरुले गर्दै आइरहेका छन् । खरेल सरुवा भएर गएपछि पनि अपराधी समुहहरुले कुनै पनि आतंक मचाउन आट समेत गर्न सकेका छैन । खरेलले देखाएको साहस र आँटलाई कसैले पनि
बिर्सन हुन्न् । राजधानीमा दिन दहाडै गोली हानी हत्या गर्नै प्रयास अपराधी समुहले गरेकाले नै प्रहरी प्रधान कार्यालय काठमाडौ र मन्त्री परिषदको बैठकले ६ महिनाको लागि काठमाडौको प्रमुख बनाएकाले खरेलले अहिले राजधानीमा अपराधी र गुन्डाहरुलाई पक्राउ गर्दै कानुनी कारवाही गर्न पछि परेका छैनन् । अपराधी मनसाय भएका राजनीतिक दलका भातृ संगठन ने.वि.संघ शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति, ने.वि.संघका नेता शुभराम बस्नेत संघका पूर्वसहामन्त्री शुतीश शर्मा कार्यकर्ताहरु जोन खडका, राजेशविक्रम शाही र लीलावहादुर खडकालाई हतियार सहित राती सितापाइलाबाट पक्राउ गरेपछि ने.वि. संघका नेता र कार्यकर्ताहरुले पक्राउ परेकाहरुलाई छुटाउन सडकमा आएर नै आफनो गाइजात्रे गरे । उनीहरुले प्रहरी अधिकृत खरेललाई नै कारवाही गर्नू पर्छ भनेर माग समेत गरेका थिए । अवैध हतियार लिएर हिंड्ने र उल्टै सडकमा आएर प्रदर्शन गरेर आफनो गुन्डागर्दी देखाउने ने.वि. संघका नेता र कार्यकर्ताहरुको नैतिकता कति सम्म पतन भइसकेको छ भन्ने कुरा यो घटनाक्रमले पनि देखाउन पुगेको छ ।
                सरकार बाहिर हुँदा अपराधी र गुन्डालाई कारवाही गर्नु पर्‍यो भन्दै सरकारलाई घचघचाउन पुग्ने गुन्डा दलका नेताहरुले प्रहरीले हतियार सहित पक्राउ गरेपछि उनीहरुले आफैले गुन्डाहरुलाई रिहा गर्न दवाव दिन पछि न परेकोले नै जति पनि अपराध नेपालमा हुदै आइरहेका छन् । त्यसमा राजनीतिक दलका नेता र कार्यकर्ताहरुको नै हात रहेको छ भन्ने कुरा उनीहरुले आफैले पुष्टि गर्न पुगेको छ । रमेश खरेल नेपालमा न भएको भए अहिलेसम्म कैयौ जनाहरुले आफनो ज्यान गुमाउनु परिसकेको हुन्थ्यो । पर्सा जिल्लामा रहँदा उनको नामबाट नै तथाकथित भुमिगत समुह,भारतीय अपराधी राजनीतीक दलका गुन्डा नेताहरु थर्कमान हुने गरेका थिए । उनलाई कुनै पनि दलका नेता र मन्त्रीको डर भय कहिले पनि हुन सकेन । राज्यले दिएको जिम्मेवारी पुरा गर्नको लागि जहिल पनि दत्तचित भएर लागि परिरहनु भएकोले नै जिल्लामा शान्ति सुरक्षा कायम हुन सकेका थिए । खरेलको देन पर्सावासीहरुले कहिले पनि बिर्सन सक्दैन भने अहिले देशभरि नै उनको नामको जयजयकार हुँदै आइरहेका छन् । सानो अवधिमा नै नेपालको सबै भन्दा ठुलो महान व्यक्तित्व बनाउन सफल हुनु भएको खरेलको विरोधमा दलका भातृ संगठनहरुले जतिसुकै पनि विरोधको स्वर उठाएता पनि खरेललाई कसैले पनि तल देखाउन सक्दैन भन्ने कुरा हतियार बोकी आतंक मचाउने दलका नेता र कार्यकर्ताहरुले राम्रोसित बुझ्नु परेको छ । राजधानीमा दिन दहाडै गोली हानी हत्या गर्ने प्रयास गर्ने गुन्डाहरुले जसलाई पनि डर त्रास देखाएर हिंड्ने र अवैध कारोवारीलाई समेत पक्राउ गर्न पछि न परेको अवस्थामा खरेलको इमानदारीतालाई ढाल्न खोज्ने नेताहरुको क्रियाकलापबाट अहिले देशभरिका जनताहरु आक्रोशित हुन पुगेका छन् । देश र जनताको सेवामा समर्पित हुन सफल भएका खरेलको विरोध गरि गुन्डाराज चलाउन खोज्ने दलका नेताहरुलाई नेपाली जनताहरुले एक दिन पक्कै पनि सजाय दिन पछि पर्दैन । खरेलसंग अहिले देशभरिका जनताहरु साथमा रहेको छ । उनले जहिले पनि जनताको ज्यु ज्यान सुरक्षा गर्नको लागि नै आफनो पहिलो दायित्व सम्झीन पुगेका छन् । खरेल जस्तै अरु प्रहरी अधिकृतहरु किन बन्न सकेन भन्ने प्रश्न पनि अहिले उठन थालेका छन ।
                एस.एस.पी खरेलले देखाएको बाटोलाई अरु प्रहरी अधिकृतहरुले पनि मार्गदर्शन भएर  हिंड्न सकेको भए । अहिले देशभरि नै शान्ति सुरक्षाको कायम हुने थियो । प्रहरी अधिकृतहरु राजनीतिक दलका नेता र मन्त्रीको दवावमा काम गर्नै भएकाले नै देशमा अपराधी र गुन्डाहरुको बर्चस्व नै कायम रहेको थियो । प्रहरीले अपराधी पक्राउ गरेर ल्याउदा साथ नेता र मन्त्रीको दवावको अगाडी झुक्ने र अपराधीलाई  कानुनी कारवाही नगरि छाडने गरेकाले नै देशभरि नै अपराधीहरुको ठुलो संजाल कायम रहेको छे । राजधानीमा नै केही दिनमा नै यति धेरै अपराधी समुहलाई खरेलले पक्राउ गर्न सफल भएको अवस्थामा अन्य प्रहरी अधिकृतहरुले अहिले सम्म के  कार्य गरेर बसेका थिए ? खरेललाई कुनै पनि दलका नेता र मन्त्रीले आज सम्म झुक्काउन सकेका छैनन् । उनले अहिलेसम्म  नेता र मन्त्रीको दवावमा आएर काम गरेका छैनन् । जनताको सुरक्षाको लागि आफुले जस्तो सुकै पनि त्याग गर्न सक्छु भन्दै आइरहुन भएको छ । जनताको ज्यु ज्यान र कानुन आफ्नो हातमा लिएर हिंड्नेमाथि कारवाही गर्न पछि न पर्ने अडानमा कायम रहेको बेला ने.वि. संघले सडकमा आन्दोलन गरेर केही लछारपछार हुने छै्रन । खरेल जस्तै अन्य प्रहरी अधिकृतहरुले पनि यस्तै प्रकारको देश र जनताको पक्षमा काम गरेर देखाउन सक्ने आँट लिएर अब हिंड्नु पर्ने बेला भएको छ । देश र जनताको पक्षमा जसले काम गरेर देखाउन सक्छ । त्यसैलाई नै नेपाली जनताहरुले दिगो दिगो सम्म सम्झने छन् भने नेपालमा उनको इतिहास समेत बन्ने छ । देश र जनताको सेवा गर्न प्रहरीमा प्रवेश गरेका प्रहरी अधिकृतहरुले कुनै पनि दलका नेता र मन्त्रीको दवावमा आएर काम गर्न हुन्न भन्ने शिक्षा अब एस.एस.पि. खरेल संग लिनु पर्ने बेला भएको छ । खरेललाई नेपालमा मात्रै होइन अन्य मुलुकमा बसोबास गर्दै आइरहेका नेपालीहरुले समेत उनको कार्यशैलीप्रति खुसी भएर देश र जनताको लागि अझै अघि बढ्न खरेल हामी तपाईको साथमा छौ भन्ने सन्देश समेत फेसबुकमा दिइरहेका छन् । खरेललाई देशभरिका जनताहरुले जुन सम्मान दिइरहेका छन् त्यसबाट नेता र कार्यकर्ताहरुले आफनो गलत क्रियाकलाप गर्न रोकिएन भने जनताहरु नै सडकमा आएर नेता र कार्यकर्ताहरुलाई तह लगाउन पछि पर्दैन । जय होस खरेलको नेपाली जनताहरुले सधैं साथ दिइरहने छन् । (अविचल)

SHARE THIS

Author:

Facebook Comment