प्रदिप गौतम, सिमरा
औद्योगिक प्रदुषणबिरुद्धको आन्दोलनमा उत्रिएका सिमराबासी र जगदम्बी स्टील्स उद्योगबिच हिजो भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
आन्दोलित सिमराबासी र उद्योग प्रशासनबिच इलाका प्रहरी कार्यलय सिमरामा भएको वार्ता बिनानिष्कर्ष टुंिगएको हो । औद्योगिक प्रदुषणका कारण जनजिवन प्रभावित भएको भन्दै
सिमराबासी एक सातायता आन्दोलित छन् ।
आन्दोलित स्थानियले केही दिन अघि जगदम्बा स्टील्समा तालाबन्दी गर्दै प्रदुषण न्युनिकरण गर्न माग गरेका थिए । स्थानियको आन्दोलनका लागी बन्द रहेको उद्योगको तालाबन्दी खुलेपनि उत्पादन भट्टी भने सञ्चालनमा आउन सकेको छैन् । प्रदुषण न्युनिकरणका लागी उद्योग प्रशासनले लिखित प्रतिबद्धता नगरेसम्म भट्टी सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् ।
हिजो भएको वार्तामा सहमती हुन नसकेपछि वार्ता आज कलैयास्थित जिल्ला प्रशासन कार्यलयमा बस्ने भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यलयमा उद्योग प्रशासन र स्थानियस्तरमा गठित संघर्ष समितिबिच वार्ता हुने संयोजक किशोर त्रिपाठीले जानकारी दिए ।