कफी नर्सरी तालीम सम्पन्न, धौलागिरिमा यस वर्ष ३ लाख विरुवा उत्पादन गरिने

–समिक्षा शर्मा, पर्वत, १४ फागुन
भौगोलीक र हावापानीको हिसावले कफी खेतीको लागि उत्कृष्ठ मानिएको धौलागिरि अंचलका पर्वत, बागलुङ र म्याग्दी जिल्लामा व्यवसायीक कफी खेतीको विकास गर्ने उदेश्यका साथ आयोजना गरिएको २ दिने कफी नर्सरी तालीम मंगलवार कुश्मामा सम्पन्न भएको छ ।

सो अवसरमा बोल्नुहुँदै नेपाल कफी व्यवासायी महासंघका राष्ट्रिय महा–सचिव एवं केन्द्रीय कफी सहकारी संघका उपाध्यक्ष भवानीप्रसाद शर्माले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा नेपाली अर्गानीक कफीको माग बढ्दै गएकोले व्यवसायीक कफी खेतीको आवाश्यकता रहेको बताउनुभयो ।

सबै हिसावले नेपाल कफी खेतीको लागि उपयुक्त भएर पनि व्यवायीक कफी खेतीमा उल्लेख्य विकास हुन
नसकेको उल्लेख गर्दै महा–सचिव शर्माले पछिल्लो समयमा बिदेश बाट


फर्किएका युवाहरुमा कफी खेती प्रति देखिएको जागरुकताको कारण पनि नेपालमा कफी खेतीको भविष्य उज्वल रहेको दावि गर्नुभयो ।

महा–सचिव शर्माले भौगोलीक, हावापानी, प्रबिधि, जनशक्ति र बजारीकरको साथै गुणस्तरिय कफी उत्पादनको हिसावले पनि धौलागिरि अंचल अग्रस्थानमा रहेको बताउँदै आगामी वर्षको लागि २२ वटा नर्सरी मार्फत अराविका जात अन्र्तगत बोर्बन अम्रेलो र एल्लोकाटुरा प्रजातीका करिव ३ लाख विरुवा उत्पादन गर्ने तयारी रहेको जानकारी गराउनुभयो ।

सो अवसरमा पर्वत सामुदायीक विकास परियोजनाका ऋषिराम भुषाल, जिल्ला कफी व्यवसायी संघ पर्वतका सल्लाहकार ठाकुरप्रसाद शर्मा र संघका सदस्य एवं नर्सरी नाईके यमवहादुर बि.क. लगायतले बोल्नुभएको थियो ।

तिन जिल्लाका २६ जना नर्सरी नाईकेहरुको सहभागिता रहेको उक्त तालीममा नर्सरी राख्ने जग्गाको छनौट, व्याडको तयारी, व्याडमा बिउ रोपण, व्याडको रेखदेख तथा व्यवस्थापन, प्लाष्टिक थैलाको तयारी, बेर्ना स्थानान्तरण र विरुवाको रेखदेख एवं व्यवस्थापन आदीको वारेमा जानकारी गराईएको थियो । तालिमको सहजीकरण जिल्ला कफी व्यवसायी संघका अध्यक्ष भवानीप्रसाद शर्मा र व्यवस्थापक दुर्गा रेग्मीले गर्नु भएको थियो ।

नेपाल कफी व्यवसायी महासंघका अनुसार पर्वत जिल्लामा जिल्ला कफी व्यवसायी संघ र जिल्ला कफी सहकारी संघ लि. अन्र्तगत विभिन्न कफी सहकारी र समुह मार्फत कफी उत्पादन, प्रशोधन एवं बजारीकरण हुँदै आएको छ । कफी खेतीको लागि पर्वत जिल्लामा जिल्ला कृषि विकास कार्यालय पर्वत, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कफी तथा चिया विकास शाखा किर्तिपुर, कफी प्रबद्र्धन कार्यक्रम मार्फत कार्यक्रम संचालन हुँदै आएको छ ।

त्यसैरी पर्वत सामुदायीक विकास परियोजना (असल छिमेकी, माछापुच्छ«े विकास संघ कास्की, जिल्ला विकास समिति पर्वत, घरेलु तथा साना उद्योग विकास समिति पर्वत, व्यवसायीक तथा सिप विकास तालीम केन्द्र कुश्माको साथै कफी खेती गरिएका स्थानीय गाविसहरुले समेत कफी खेतीको लागि सहयोग गर्दै आइरहेको संघले जनाएको छ ।

त्यसैगरी बागलुङ र म्याग्दी जिल्लामा भने जिल्ला कृषि विकास कार्यालयको साथै जिल्ला कफी व्यवसायी संघ पर्वत र अर्गानीक कफी सहकारी संस्था समेतले कफी क्षेत्रमा काम गरिरहको महासंघले जनाएको छ । यि तिन जिल्लामा वार्षिक करिव ३० मेट्रीक टन पार्चमेन्ट कफी उत्पादन हुने गर्दछ । उत्पादीत कफीलाई जिल्ला कफी सहकारी संघ र अर्गानीक कफी सहकारी संस्था मार्फत ३७ स्थानमा पल्पीङ केन्द्र स्थापना गरि प्रसोधन पश्चात बजारीकरण गरिदै आएको महासंघका महा–सचिव भवानीप्रसाद शर्माले जानकारी दिनुभयो ।  





SHARE THIS

Author:

Facebook Comment