युनाइटेडको दशौ शाखा वीरगंजमा

वीरगंज, १४ फागुन ।
युनाइटेट फाइनान्स लिमिटेडले शाखा जनतालाई सुलभ बचत र कर्जा प्रवाह गरी सेवा दिने क्रमलाई फराकिलो पार्दै आर्थिक नगरी वीरगंजमा दशौं शाखा विस्तार गरेको छ ।
एक कार्यक्रमका बीच बुधवार युनाइटेड फाइनान्सको दशौं शाखाको उद्घाटन गर्न लागिएको हो ।
यूनाईटेड फाईनान्स लिमिटेड नेपालको उच्च व्यापारिक घरानाहरु चौधरी ग्रुप एवं मोरङ्ग अटो वक्र्स लगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरुद्धारा प्रवद्र्धित कम्पनी
हो । यसले आफ्नो कारोबार वि.सं. २०५२ साल देखि काठमाडौंमा शुभारम्भ गरेको हो तथा यसको मुख्य कार्यालय दरबार मार्ग, काठमाडौंमा अवस्थित छ ।

कम्पनीको प्रधान कार्यालय काठमाडौ तथा शाखा कार्यलयहरु विराटनगर, बुटवल, नारायणघाट, पोखरा, न्युरोड(काठमाडौ, कालीमाटी(काठमाडौ, ठिमी (भक्तपुुर), दाड्ड र नेपालगञ्जवाट विभिन्न किसिमको निक्षेप योजना जस्तै फलेक्सी वचत खाता, नवनारी बचत खाता, अनुभवि जीवन बचत खाता, शेयर लगानी खाता, स्पेसल बचत खाता, कर्मचारी बचत खाता र कोमल जीवन बचत खाताहरु अति आकर्षक ब्याजदरमा संचालन गर्दै आएको छ । यस्तै गरि कर्जा तर्फ घर—जग्गा कर्जा, व्यावासिक कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, शेयर धितो कर्जा तथा हायर पर्चेज कर्जाहरु संचालन गर्दै आएको छ ।

यूनाईटेड फाइनान्स लिमिटेडले आफनो शाखा सञ्जाल वृद्धिको क्रममा दशौ शाखा विरगञ्जमा यस कम्पनीका महाप्रबन्धक ईश्वर पोखरे
ल, सहायक महाप्रबन्धक श्रीप्रसाद गेलाल र शाखा प्रबन्धक मनिष आचार्य लगायतको उपस्थितिमा शुभसाईत गरी आजदेखि कार्य सञ्चालनमा ल्याएकोे छ । विरगञ्ज शाखाको विधिवत उद्धाटन विरगञ्जबासीहरुको उपस्थितीमा यथाशीघ्र गरिने जनाइएको छ ।
आ.व.२०७०।७१ पौष मसान्तसम्मको वित्तिय अवस्था ः–

चुक्ता पुँजी रु. ३५०८०१ हजार
सञ्चित कोष रु. १०४३३६  हजार
निक्षेप रु.३३५१४८१  हजार
कर्जा रु.२७९११२९  हजार
सञ्चालन नाफा रु.  ५३००८  हजार

आ.व. २०५८÷५९ साल देखि यस फाईनान्सको शेयर नेपाल धितोपत्र बिनिमय बजारमा ‘क’ श्रेणीमा सूचीकृत छ र यस कम्पनीको शेयर धितोपत्र बजारमा सक्रिय रुपमा कारोबार हुदै आएको छ ।


SHARE THIS

Author:

Facebook Comment