
पर्सा प्रहरीले बिहीवार तीनजना जुवाडेलाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ ।
वीरगंज–१२ स्थित बुचियाको बारीमा बिहीवार साँझ हारजित हुनेगरी जुवातास खेलिरहेको अवस्थामा प्रहरीले राम सर्राफसहित तीनजनालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाली कानुनले अवैध ठहर गरेको खेल जुवा तासमा रकम तथा श्रीसम्पती दाउमा लगाएर खेल्दै गरेको अवस्थामा वीरगंज–१२ घडिअ
र्वा निवासी राम सर्राफ, वडा नं. १३ निवासी ओम साह तुरहा र माइस्थान–८ निवासी नविन कुमार कलवारलाई तास र नगद रु ५७०५ सहित पक्राउ गरी आवश्यक अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।