मन्त्रीमण्डलल समावेशी भएनःसुजाता कोइराला

वीरगंज १६ फाल्गुन ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले पार्टी भित्र बिना छलफल र निर्णय नै नगरी मंत्रीमण्डल गठन भएकोले पार्टीको नेतृत्व प्रति गम्भीर आपती जनाउनु भएको छ । प्रेस युनियन पर्साले आज वीरगंजमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोईरालाले यस्तो आपती
जनाउनु भएको हो । मंत्रिमंण्डल समावेशी नभएकोले यसलाई बेलैमा सच्याई अगाडी बढनु पर्ने, मधेशी, दलित, मुस्लिमको सहभागीता हुने गरी मंत्रीमंण्डलमा सुधार गर्नु पर्ने उहााले बताउनुभयो । पार्टीको संसदीय बोर्डमा छलफल नगरेको साथै मंत्रीको नाम केन्द्रिय कमिटीबाट अनुमोदन नगराई सिधै मंत्रीमंण्डल गठन गरेको प्रति उहााले आक्रोश व्यक्त गर्नु भयो । साथै नेपाली काग्रेसको बिधान बिपरीत काम भएकोले नसच्याई नेतृत्वले सुखै नपाउने बताउनुभयो । बिधान बिपरीत संचालन हुने पार्टी र सरकार कमजोर हुने र छिटै सकिने समेत दावी समेत नेतृ कोइरालाले गर्नुभयो । अबको एक बर्ष भित्र जसरी भए पनि संविधान निर्माण गरी जनतामाझ लैजानु पर्नेमा उहााले जोड दिनुभयो । स्थानिय निकायको निर्वाचन नहुादा भ्रष्टाचार बढेको भन्दै जतिसक्दो छिटो स्थानिय निकायको निर्वाचन गर्नु पर्ने उहााले बताउनु भयो ।


SHARE THIS

Author:

Facebook Comment