गाँजासहित भारतीय पक्राउ

वीरगंज, १४ फागुन ।
पर्सा प्रहरीले अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पर्साको जानकीटोला स्थित पाण्डेपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बुधवार विहान करिब आठ बजेको समयमा जानकीटोला गाविसको वडा नं. ८ स्थित बाटोमा उत्तरबाट दक्षिणतर्फ शसंकित अवस्थामा जाँदै गरेको भारत विहार पश्चिमी चम्पारण बेतिया जिल्ला शिवाघाट बस्नेत छोटेलाल सहनीको २६ वर्षीय छोरा मनोज सहनीलाई २ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका ती भारतीय नागरिकलाई आजै जिल्ला अदालत पर्सामा उपस्थित गराई १० दिनको म्याद थप अनुमति लिई आवश्यक थप अनुसन्धान भइरहेको जनाएको छ ।


SHARE THIS

Author:

Facebook Comment