जनकपुरधाम , फागुन १४ – मंगलबार साँझ प्रहरीले जनकपुरको बिभिन्न होटल तथा गेष्ट हाउसमा अवैद्य यौनधन्धामा संलग्न १३ जना महिला पुरुषलाई पक्राउ गरेको छ ।
पुरानो बसपार्कको रामजानकी लज र जानकी मन्दिर पछाडिको जय नेपाल गेष्टहाउसमा छापा मारी ७ जना पुरुष र ६ जना महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार पक्राउ परेकाहरु सबै विवाहित महिला भएको उनीहरुको उमेर २५ देखि ४० वर्षसम्मक रहेको छ । पुरुषहरु भने २० देखि ६० वर्ष सम्मका रहेका छन् । प्रहरीले गेष्ट हाउस सञ्चालक २ जनालाई पनि पक्रेको छ । उनीहरु सबैलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।
केही महिनायता जनकपुरमा अवैध यौनधन्धाको व्यवसाय मौलाउदै गएको पाइएको छ । जनकपुरको बाह्रविघा रंगभुमि मैदान, रामचोक, सार्वजनिक स्थलहरुमा महिला र पुरुषले कुरा मिलाएर लजमा गएर अबैध यौनधन्धा गर्ने कार्य बढ्दै गएको हो । प्रहरीले त्यसलाई नियन्त्रण गर्न निगरानी बढाएको छ ।