“एक वर्षभित्रमा संविधान जारी गर्ने जनतासँग गरेको प्रतिबद्धताअनुरूप
सरकारले सबै दलसँगको सम्बन्ध सहजीकरणका आधारमा वातावरण बनाउने काम गर्नेछ,” प्रधानमन्त्रीले दिनुभएको निर्देशन उद्धृत गर्दै सञ्चारमन्त्री डा रिजालले बताउनुभयो ।
निर्देशन दिने क्रममा प्रधानमन्त्री कोइरालाले मुलुकको आर्थिक विकास, रोजगारी निर्माण र जनताले खोजेअनुसारको प्रभावकारी शासनमा ध्यान दिनुपर्ने बताउँदै जनताको सेवकका रूपमा काम गर्न सुशासन, उत्तरदायित्वपूर्ण शासन व्यवस्था, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिनुपर्ने बताउनुभयो । “मन्त्रीहरूले अनुशासन पालन गरी भ्रष्टाचार नियन्त्रण गर्न असाध्यै दृढ र कठोर हुनुपर्छ, त्यसलाई सहनुहुँदैन, मन्त्रीहरूले सचिवालय सञ्चालन तथा भ्रमणलगायत कुरामा मितव्यियता पालन गर्नुपर्छ र कर्मचारीको काममा हस्तक्षेप गर्नुहुँदैन,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
प्रधानमन्त्री कोइरालाले जनतासँग छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता गरिएकाले सोअनुरूप छ महिनाभित्र निर्वाचन गर्ने गरी तयारी अघि बढाउन समेत निर्देशन दिनुभयो । उहाँले जनताको आकाङ्क्षा र विकासको चाहना पूरा गर्न छिमेकी तथा मित्र राष्ट्र र दातृसंस्थासँगको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने तथा तिनबाट प्राप्त सहयोगको सदुपयोग गनुपर्ने बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले समुदाय–व्यवस्थित कृषि आयोजनासम्बन्धी थप वित्तीय सहयोगका लागि एसियाली विकास बैंकबाट ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेर सो टोलीलाई वार्ताको अख्तियारी दिइने निर्णय गरेको छ ।
प्रम बिमस्टेक सम्मेलनमा भाग लिन म्यान्मा जाने
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को सदस्य राष्ट्रको तेस्रो शिखर सम्मेलनमा प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपाली टोलीले भाग लिने सरकारका प्रवक्ता डा रिजालले जानकारी दिनुभयो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को सदस्य राष्ट्रको तेस्रो शिखर सम्मेलनमा प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपाली टोलीले भाग लिने सरकारका प्रवक्ता डा रिजालले जानकारी दिनुभयो ।
बैठकले बिमस्टेक तेस्रो शिखर सम्मेलनमा जलवायुसम्बन्धी स्थायी सचिवालय, सांस्कृतिक उद्योगसहितका तीन समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्रमन्त्रीलाई अख्तियारी दिने निर्णय गरेको छ । सोही बैठकले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।