बारा, २० माघ /
नेपाल पत्रकार महासंघ बारा शाखाको कार्यालयमा गत बिहिबार देखि रिले अनशनमा बस्नु भएका नेपाल प्रेस युनियन बाराका अध्यक्ष रविन्द्र सिंहको स्वास्थ्य अवस्था विग्रदै गएको छ । रिले अनशनमा बसेका सिंहलाइ पेट तथा टाउको दुख्ने, पिसाब रातो भएको र चक्कर लाग्ने समस्या देखिएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष लक्ष्मी साहको
काम कारवाहीको विरोधमा प्रेस युनियन बाराले पत्रकार महासंघको कार्यालयमा गत बिहिबार देखि २४ घण्टे रिले अनशन शुरु गरेको हो । यसैबिच नया सदस्यता वितरणको बिबादमा प्रेस युनियन बाराले रिले अनशन लगायतका बिभिन्न कार्यक्रम गरिरहेका बेला नेपाल पत्रकार महासंघ बारा शाखाबाट नया सदस्यता लिएका सञ्चारकर्मीहरुले भने युनियनले गरेको आन्दोलनको औचित्य नभएको बताएका छन् । महासंघबाट सदस्यताका लागी सिफारिस भएका संचारकर्मीले आज संयुक्त बिञप्ती जारी गर्दै प्रेस युनियनले गरेको आन्दोलनको औचित्य नभएको बताएका हुन । सदस्यता वितरणको बिषयलाई लिएर पटक पटक तालाबन्दी गरिनु, सदस्यता खारेजीको माग गर्नु तर्कसंगत नभएको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ । सदस्यता वितरणको बिषयलाई लिएर युनियनले थालेको आन्दोलन फिर्ता नगरिए आफुहरु पनि सशक्त आन्दोलनमा उत्रिने उनिहरुले चेतावनी दिएका छन् । बिज्ञप्तीमा संजय तिवारी, अरुण कुमार साह, भोलानाथ पौडेल, प्रभु प्रसाद यादव, अजय कुमार साह, पुष्पराज खतिवडा, द्वारिकानाथ मण्डल, संजय कुशवाहा, नवलकिशोर साह, श्यामबाबु यादव, बिक्की महतो, भवानी सुवेदी, मनोज उपाध्याय, अनिल कुमार गौरव, रामेश्वर राउत कुर्मी, राजेश साह, नरेश गुप्ता, विवेक बस्नेत, श्याम गुप्ता, विशाल सत्याल लगायतकाले हस्ताक्षर गरेका छन् ।