मनाङ मस्र्याङ्दी र थ्रीस्टार भीड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबबीच आज अन्तिम खेल हुँदै छ  प्रतियोगितामा उपाधि विजेताको टुङ्गो लागिसकेकोले आजको खेल प्रतिष्ठानको लागि मात्रै हुनेछ । शीर्ष स्थानमा रहन सफल मनाङले उपाधि हात पार्ने पक्का भइरहेको छ भने थ्रीस्टारको तेस्रो स्थान निश्चित भइसकेको छ । आजको खेल दिउँसो २ बजेपछि रङ्गशालामा हुने छ । आजै विजेता टोलीहलाई पुरस्कार वितरण गरिने कार्यक्रम छ । विजेता मनाङले ७५ लाख रुपैयाँ र उप विजेता मच्छिन्द्र क्लबले ४५ लाख रुपैयाँ पाउनेछन् ।

SHARE THIS

Author:

Facebook Comment