सरकारले झन्डै चार हजार गाविसका सचिवलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम दिने भएको छ ।
उपप्रधानमन्त्री एवम् सङ्घीय मामला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आज साँझ पदबहाली गरेपछि गाविस सचिवलाई समयानुकूल प्रशिक्षित गर्दै जाने नीतिअनुरुप उक्त तालिमको व्यवस्था
गर्ने निर्णय गर्नुभएको हो । त्यस अवसरमा उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय विकास मन्त्रालयअन्तर्गतका निकायका काम कारबाहीप्रति नागरिकले सास्ती व्यहोर्नुपरेका धेरै गुनासा आएकाले तिनको तत्काल सम्बोधन गर्न सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।
“विगतका कमीकमजोरी सच्याउँदै जनतालाई राहत दिने काम गर्नैपर्छ, जनताका काममा अब ढिलासुस्ती गरेर हुँदैन, जनताले सेवाप्रवाहमा सुधार आएको महसुस गर्ने वातावरण हुनैपर्छ।” मन्त्री सिंहले भन्नुभयो । उहाँले भ्रष्टाचारमुक्त मन्त्रालय र सुशासन एवम् संस्कारयुक्त निकायका रुपमा सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालयलाई स्थापित गरेर स्थानीय विकासमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
विद्यमान समस्या समाधान गर्न सामूहिक प्रयत्न हुनैपर्ने र स्थानीय निकायको निर्वाचन गर्ने दायित्व पनि यसै मन्त्रालयको सक्रियता आवश्यक हुने भएकाले आवश्यक कार्य गर्नुपर्छ भन्नुभयो । मन्त्री सिंहलाई उक्त मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र मन्त्रालयअन्तर्गत विभाग एवम् निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।
पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा रामशरण महतले बजेट व्यवस्थापनको मध्यावधि समीक्षा गरिने बताउँदै पुँजीगत खर्च बढाउन सबै मन्त्रालयले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
अर्थमन्त्री डा रामशरण महतले बजेट व्यवस्थापनको मध्यावधि समीक्षा गरिने बताउँदै पुँजीगत खर्च बढाउन सबै मन्त्रालयले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय र मातहतका निकायका पदाधिकारीलाई निर्देशन दिँदै उहाँले खर्च गर्न नसक्ने मन्त्रालयको बजेट विकासनिर्माणमा लगाउन सक्ने मन्त्रालयमा रकमान्तरसमेत गर्न सकिने बताउनुभयो ।
बजेट कार्यान्वयनको कार्यसूचीलाई दृढताका साथ अघि बढाउन सबै मन्त्रालय लाग्नुपर्ने औँल्याउँदै उहाँले देशलाई आर्थिक उन्नयनको मार्गमा डोर्याउन विकास निर्माणका गतिविधि द्रुत गतिमा हुनैपर्छ भन्नुभयो ।
मुलुकमा लगानीको वातावरण बन्दै गएको पुष्टि पछिल्ला दिनमा सेयर बजारमा भइरहेको बढोत्तरीले गरेको छ भन्दै निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । नवनियुक्त अर्थमन्त्री डा महतलाई अर्थसचिव शान्तराज सुवेदी र मन्त्रालय मातहतका विभिन्न विभागीय प्रमुखले स्वागत गर्नुभएको थियो ।
सडक विस्तारको काम अगाडि बढाउन मन्त्री निधिको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले पदबहाली गर्नुभएको छ । पदबहालीपछि मन्त्री निधिले राष्ट्रिय गौरवका आयोजना तत्काल सम्पन्न गर्न र काठमाडौँ उपत्यकाभित्र भइरहेको सडक विस्तारको कामलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले काठमाडौँ उपत्यकाभित्रको सडक विस्तारको काम सुस्त गतिमा अगाडि बढेका कारण नागरिकले दुःख पाएको भन्दै तत्काल सम्पन्न गर्नका लागि के कति उपाय हुन सक्छ अपनाउन विभागीय प्रमुखलाई निर्देश गर्नुभयो । नवनियुक्तमन्त्री निधिलाई सो मन्त्रायका सचिव तुलसीप्रसाद सिटौला र सहसचिव र विभागीय प्रमुखहरूले स्वागत गर्नुभएको थियो ।

शिक्षामन्त्री बहालीः विद्यालय क्षेत्र सुधार कार्यक्रम थप
नवनियुक्त शिक्षामन्त्री चित्रलेखा यादवले ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’ को दोस्रो चरणको परियोजना कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा लेखी पठाउनेसम्बन्धी फाइलमा निर्णय गरी आज आफ्नो पदबहाली गर्नुभयो ।

सो निर्णयअनुसार साझेदार निकायसँगको सहकार्यमा सन् २००९ देखि २०१४ सम्म कार्यान्वयनमा रहेको सो कार्यक्रम दुई वर्षका लागि थप हुने भएको छ । मन्त्री यादवले शिक्षा क्षेत्रलाई पारदर्शी, जिम्मेवार र उत्तरदायित्वपूर्ण बनाई आपसी सहयोगबाट अघि बढाउने विश्वास दिलाउनुभयो । मन्त्री यादवलाई मन्त्रालयका सचिव नारायणगोपाल मलेगोलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।
परराष्ट्रमन्त्रीको पहिलो निर्णय जमैकासँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने
सरकारले क्यारेबियन मुलुक जमैकासँग कूटनीतिक सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढाएको छ । नवनियुक्त परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेपछि उक्त मुलुकसँग दौत्य कायम गर्नेसम्बन्धी प्रस्ताव स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय गर्नुभएको हो । मुलुकको सार्वभौमिकता, राष्ट्रियता हितको प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय जगत्मा देशको गरिमा र प्रतिष्ठा बढाउनुपर्ने गुरुत्तर दायित्व बोकेको परराष्ट्र मन्त्रालय संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले त्यसनिम्ति आफूले हरतरहले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकको कूटनीतिक क्षेत्र पछिल्लो समयमा कमजोर बन्दै गएको महसुस आफूले गरेको उल्लेख गर्दै मन्त्री पाण्डेले राष्ट्रको बृहत्तर हितका खातिर योगदान गर्ने संवेदनशील निकाय परराष्ट्र मन्त्रालयलाई अझ सुदृढ, सबल र प्रभावकारी बनाउन सामूहिक प्रयास गर्नुपर्ने खाँचो औंँल्याउनुभयो ।
रोजगारीका सिलसिलामा खाडी क्षेत्रका विभिन्न मुलुकमा गएका नेपालीको सेवा, सुविधालगायत सामाजिक सुरक्षाका निम्ति गम्भीर भएर लाग्न अपरिहार्य भएको भन्दै उहाँले सम्बद्ध कर्मचारी, राजदूतले इमानदारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालय, विदेशस्थित कूटनीतिक नियोग तथा राजदूतावासले पनि विश्वका अन्य मुलुकको कूटनीतिक अभ्यास र परम्पराबाट सिक्नुपर्ने तथा त्यसलाई राष्ट्रका निम्ति उपयोग गर्नुपर्ने उहाँको कथन थियो । नीतिगत व्यवस्था तथा कार्यान्वयन पक्षका कठिनाइ हटाउन आफूले सक्दो सहयोग गर्ने दृढता मन्त्री पाण्डेले व्यक्त गर्नुभयो ।
“ठोस कार्ययोजनाका साथ मुलुकको कूटनीति सञ्चालन आजको आवश्यकता हो, देशलाई समृद्धिको मार्गमा अघि बढाउन आर्थिक कूटनीतिलाई पनि उत्तिकै महत्वका साथ कार्यान्वयन गर्नुपर्छ” उहाँले भन्नुभयो । सकारात्मक सोचका साथ काम गरेमा लक्ष्यित उपलब्धि हासिल गर्न कठिनाइ नहुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
मन्त्री पाण्डेको स्वागत गर्दै उक्त मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले देशको परराष्ट्र सम्बन्धलाई अझ सशक्त एवम् प्रभावकारी बनाउन मन्त्रालयको सम्पूर्ण कर्मचारी दत्तचित्त भएर सघाउन दृढ रहेको बताउनुभयो ।
मलखाद व्यवस्था गर्न कृषिमन्त्रीको निर्देशन
कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले पनि आजै पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहणपछि मन्त्री पराजुलीले जनतालाई राहत दिने ढङ्गले काम अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले मलखाद, औषधिलगायत विषयलाई तत्काल जनताले अनुभव गर्ने गरी राहतको व्यवस्था गर्न निर्देश गर्नुभयो । मन्त्री पराजुलीलाई सचिव जयमुकुन्द खनाल र मन्त्रालयका विभिन्न विभागीय प्रमुखले स्वागत गर्नुभएको थियो ।

पर्यटनमन्त्रीको बहाली
संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालयका नवनियुक्तमन्त्री भीमप्रसाद आचार्यले पनि आजै पदभार ग्रहण गर्नुभयो । मन्त्री आचार्यलाई सचिव सुशील घिमिरेललगायत विभिन्न विभागीय प्रमुखले स्वागत गर्नुभएको थियो ।–श्राेतःहाम्राकुरा