
रिपोर्टर्स क्लब नेपालद्धारा नवनियूक्त मन्त्रीलाई बधाई तथा सुभकामना दिन आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुको तर्फबाट अध्यक्ष ऋषि धमलाबाट बधाई त सफलताको सुभकामना ग्रहण गर्दै सरकार बनाउने र गिराउने खेल भए संविधान नबन्ने भएकोले उनले एक वर्षभित्रै संविधान निर्माण गर्ने उद्देश्यका साथ एमालेसँग मिलेर कसैले गिराउन नसक्ने सरकार बनाएको दावी गरे।
मन्त्री रिजालले भने– यो सरकारसँग संविधान निर्माणमा केन्द्रीत हुने ताकत छ। एमालेसहितका दलहरु भएकोले अब कसैले गिराउन र बनाउन तर्फ सोच्दैन, संविधान निर्माणमा केन्दीत हुन्छन। संविधान सभाभित्र र बाहिर रहेका दलहरुको चित्त बुझ्ने गरी लोकतान्त्रिक संविधान निर्माण गर्छौ।
एक वर्षभित्र संविधान निर्माण गर्न सरकारले राजनीतिक बातावरण निर्माण गर्ने भन्दै राजनीतिक
बातावरण निर्माण भए अबको आठ महिना भित्रमै संविधान जारी हुने विश्वास ब्यक्त गरे।
सरकार जनतामाथि शासन गर्ने भन्दा पनि जनताको सेवक संस्था भएकोले अब संविधान निर्माणसँगै शान्ति, सुरक्षा, स्थिरता, कानूनको कार्यान्वयन र समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता मन्त्री रिजालले ब्यक्त गरे।
उनले पत्रकारिता क्षेत्रलाई मर्यादित, सुरक्षित र आर्कषण पेशाको रुपमा बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पत्रकारहरुले पनि क्रियाशिल नागरिको रुपमा काम गर्न सक्नु पर्नेमा जोड दिए।
आफू सहित अधिकांश राजनीतिज्ञहरुले सबै भन्दा बढी आएर आफ्नो धारणा राख्ने थलो रिपोर्टर्स क्लब भएकोले आफू मन्त्री बनेपछिको पहिलो सार्वजनिक कार्यक्रमको सुरुवात समेत गरेको भन्दै क्लब र यसका अध्यक्ष ऋषि धमलाले चलाउने हरेक अभियानमा आफ्नो सहयोग र समर्थन रहने स्पष्ट पारे।
नवनियूक्त मन्त्रीलाई फुलमाला सहित बधाई र सुभकामना दिदै क्लबका अध्यक्ष ऋषि धमलाले क्लबले संविधान निर्माणको लागि सरकार र दलहरुवीच सहजीकरण गर्ने उद्देश्यका साथ राष्ट्रब्यापी अभियान सञ्चालन गर्ने घोषणा गर्दै भने–हाम्रो मिसन संविधान निर्माण हो । यसैलाई आधार बनाए कुनै कसर पनि बाँकी राख्दैनौ।
उनले पत्रकारिता क्षेत्रलाई सुरक्षित बनाउन तत्काल श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको लागि जोड दिदै आफ्नो कार्यकालमा पत्रकारको बृत्ति विकास, सुरक्षाको लागि काम गर्न सुझाव दिए।