सर्लाहीमा अमरेश सिंहका कार्यकर्ताद्वारा बुथ कब्जा


सर्लाही, ४ मंसिर स् सर्लाहीको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार अमरेश सिंहका कार्यकर्ताले मतदान बुथ कब्जा गरेका छन् । उनको घर नजिकै बलरा गाविसको वडा नम्बर ५,६, ७ वडाको मतदान केन्द्र रहेको रिजविया मुस्लिम मदरसा मतदान केन्द्र र वडा न ८ र ९ को मतदान केन्द्र रहेको प्रावि जब्दीमा सिंहका समर्थकहरुले कब्जा गरेका हुन् । उनीहरुले मतदान हुनु अगावै कब्जामा लिएर आफ्ना समर्थक बाहेक बाहेक अन्य दलकालाई प्रवेश गर्न दिएक छैनन् । मतदान सुरु हुनासाथ मतदाताहरुलाई मतदान केन्द्रमा प्रवेश गर्न नदिई आफै आफूखुसी मत हालेको विपक्षीहरुको आरोप लगाएका छन् । आफ्नो नामको मत अरुले खसालेको भन्दै स्थानीय मतदाताहरुले पुनः मतदानको माग गरेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर उम्मेदवार रहेको क्षेत्रमा उनका प्रतिनिधी केदारनन्दन चौधरीले तमालोपकाको पोलिङ एजेन्टलाई भगाएर बुथ कब्जा गरेको आरोप लगाएका छन् । तराई मधेस सदभावना पार्टीबाट उम्मेदवार शिवपुजन रायले पनि दुई वटा बुथमा कांग्रेसले कब्जा गरेको आरोप लगाए ।

SHARE THIS

Author:

Facebook Comment