वीरगन्ज,४ मंसिर स् संविधान सभा निर्वाचनमा मतदातालाई प्रभावित पार्न रातको समयमा रकम बाँड्दै गरेको अवस्थामा पर्साको सुगौलीबिर्ता गाविसबाट चारजना यूवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवारका लागी भोट माग्दै रकम बाँड्न पुगेका चारजनालाई ५६ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तमलोपाका कार्यकर्ता कमलेश कुमारसहित चारजना यूवक छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।