काँग्रेस र एमाले कार्यकर्ताबीच झडप, अश्रु ग्याँस प्रहार


वीरगन्ज,४ मंसिर स् पर्साको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत विरुवागुठी गाविसको मतदान केन्द्रमा झडप भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच मतदान केन्द्र बाहिर सोमबार राती प्रचार सामाग्री टाँस्ने विषयलाई लिएर विवाद चर्किंदा झडप भएको हो । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रहार गर्नु परेको थियो ।
प्रहरीले बल प्रयोग गरेपछि स्थिति नियन्त्रणमा रहेको प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले बताए । छ । पर्साका  मतदान केन्द्रहरुमा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले बताए ।

SHARE THIS

Author:

Facebook Comment