काठमाण्डौं, ४ मंसिर स् निर्वाचन आयोगले देशभर ४५ देखि ५० प्रतिशत मत खसेको जानकारी दिएको छ । आयोगले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले भर्खरै दिनुभएको जानकारी अनुसार देशका सबै ठाउँमा उत्साहजनक रुपमा मतदान भैरहेको छ । सुरक्षा व्यवस्था प्रभावकारी भएको र मौसमले समेत साथ दिएकाले मतदाता निकै उत्साही भएका उहाँले बताउनुभयो । सबै क्षेत्रमा खसेको मत स्थितिबारे बेलुकीसम्म जानकारी आउने उहाँको भनाई छ ।
४५ देखि ५० प्रतिशत मतदान