वीरगंज । सञ्चारको आधुनिकीकरण हुँदै जाँदा हुलाक सेवाका पुराना प्रविधिहरु पोष्टबक्स, चिठीपत्र, द्रुतसेवा, धनादेश आदि प्रभावित हुनुका साथै सो सेवाका लागि नियुक्त
कर्मचारीहरु कामविहीन हुन पुगेका छन् ।
जिल्ला हुलाक कार्यालयले प्रदान गर्दै आएको पोस्टबक्स, चिठ्ठीपत्र, द्रुतसेवा, धनादेश, टेलिसेन्टर, बिमा, हुलाक बचत बैक, पत्रपत्रिका नवीकरण र केबुल सेन्टर नवीकरणमध्ये पोस्टबक्स, चिठीपत्र, द्रुतसेवा, धनादेश सेवा प्रभावकारी नहुँदा ती सेवामा कार्यरत कर्मचारीहरु कामविहीन भएका हुन् ।
जिल्ला हुलाक कार्यालय र सो अन्तर्गत जिल्लाका ग्रामीण क्षेत्रमा रहेका इलाका र अतिरिक्त
हुलाकमा गरी २ सय ६८ जना कर्मचारीहरु अहिले जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् भने तीबाहेक ग्रामीण क्षेत्रमा कार्यरत हुलाकका कर्मचारीहरु दिन काटेर तलब मात्र बुझ्ने गरेका छन् । सञ्चार क्षेत्र आधुनिकीकरणतर्फ उन्मुख भएपछि करिब आधा दशकदेखि पर्सा हुलाक सेवामा कार्यरत कर्मचारीहरु कामविहीन भएका हुन् ।
ग्रामीण क्षेत्रमा सूचनाका लागि मोबाइल सेवा प्रभावकारी भएपछि हुलाकबाट आउने चिठीपत्रमा कमी आएको र नेटबाट इमेल, फेसबुकको चलन बढेपछि त झनै खस्केको बताइन्छ । ग्रामीण क्षेत्रबाट रोजगार तथा अध्ययनका लागि विदेशिएकाहरु अहिले घरपरिवारलाई मोबाइल, इमेल र फेसबुुकबाट सूचना प्रवाह गरिरहेकाले हुलाकबाट प्रदान गरिंदै आएका सेवाहरु प्रभावित भएको जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख ईश्वरनाथ मिश्रले बताउनुभयो ।
सञ्चारमा आधुनिकीकरणसँगै ग्रामीण क्षेत्रमा राखिएको चिठ्ठीपत्र राख्ने बक्साहरु हालका दिनमा खाली हुन थालेका र लोप भइसकेको बताइन्छ । ग्रामीण क्षेत्रमा चिठ्ठीपत्र बक्सको यो अवस्था छ भने वीरगंज शहरमा पनि ती बक्साहरु लावारिस अवस्थामा छन् । हुलाक कार्यालयले ग्रामिण क्षेत्रमा १४ वटा इलाका हुलाक कार्यालय र ६६ वटा अतिरिक्त हुलाक कार्यालय स्थापना गरेको छ ।
ती कार्यालयहरुमा प्रमुख एजेन्ट, डेलिभरी एजेन्ट र कुरीयर एजेन्ट गरी ३ जनाको दरबन्दी छ । तर काम नभएको कारण जिल्लाका कुनै पनि हुलाक कार्यालयमा अहिले मुस्किलले कर्मचारीहरु उपस्थित रहेका हुन्छन् ।
हुलाक कर्मचारीहरु कार्यालयमा हप्तैपछि आउने र हाजिर गरेर आफ्नो अनुकूल काममा लाग्ने गरेको पाइएको छ । हुलाक कार्यालय पर्साका प्रमुख मिश्र भन्नुहुन्छ– ग्रामीण क्षेत्रको सेवा दुरुस्त छैन । त्यहाँ हुलाक सेवा प्रभावकारी नभएको कारण कर्मचारीहरुबारे गुनासाहरु पनि नआएको र जिल्लाबाट गरिने अनुगमन पनि हुने गरेको छैन ।
जिल्ला कार्यालयमा अन्य सेवाहरु पनि भएकाले त्यहाँ कार्यरत करिब ७२ जना कर्मचारी कुनै न कुनै काममा अल्झिएका हुन्छन्, तर ग्रामीण क्षेत्रमा अन्य आधुनिक सेवा विस्तार नगरिएकोले पुराना सेवा प्रभावित हुँदा कर्मचारीहरु कामविहीन भएका हुन् ।