वीरगंज । एक दुई बर्ष होईन बिगत तीन दशकदेखि भारतको रक्सौलबाट नेपाल भित्रिंदै आइरहेको लागूऔषध खैरो हेरोइनको कारोबारले अहिलेसम्म निरन्तरता पाइरहेको छ । वीरगंज अहिले खैरो हेरोइन भित्रिने नेपालको प्रमुख केन्द्रको रुपमा स्थापित भएको छ ।
तिनदशक देखी रक्सौलमा पुगेर लाखौं नेपाली युवाहरु लागुऔषधमा फस्दापनि यसतर्फ सम्बन्धित निकाय तथा प्रहरी प्रसासनले ध्यान नदिनु आफैमा दुखद बिषय बन्न पुगेको छ ।
झण्डै २५ बर्ष अगाडि सीमावर्ती शहर रक्सौलमा अम्बिका कुर्मी र सहदेव साहले खैरो हेरोइनको कारोबारको सुरुवात गरेका थिए । पहिले नेपालको गााजा भारत प्रवेश गर्दा नेपाल प्रहरीले नेपालीलाई अहित नगर्ने र आम्दानी पनि भइरहने हुनाले भारत लग्न छुट दिएकाले भारतीय प्रहरीले पनि भारतीयहरूलाई
नोक्सान नगर्ने भएकोले भारतीय प्रहरीले मोटो रकम लिएर खैरो हेरोइनको कारोबारीलाई संरक्षण दिंदै आएको कारण अहिलेसम्म यो कारोबारले निरन्तरता पाइरहेको छ । सीमावर्ती रक्सौलमा खैरो हेरोइनको कारोबारमा संलग्न अम्बिका कुर्मी पेशाले डााका पनि भएकाले उनी भारतीय प्रहरीको अप्रेसनमा मारिए र पछि सहदेव साहलाई पनि भारतीय प्रहरीले भिडन्तमा मारेपछि केही वर्ष खैरो हेरोइनको कारोबारमा शिथिलता आएको थियो। तर विगत एक दशकबाट खैरो हेरोइनको कारोबारले पुन: तीब्रता पाएको छ । अहिले दैनिक ४ किलोको हाराहारीमा खैरो हेरोइन वीरगंज नाकाबाट मात्र नेपाल प्रवेश गरिरहेको बिषेश श्रोतले जनाएको छ ।
सीमावर्ती शहर रक्सौलको नरकदेही अहिले नेपाल भित्रिने खैरो हेरोइनको प्रमुख केन्द्र भएको छ । नरकदेहीका असलम मियाा ठकुराई, असरफ मियाा ठकुराई र सोही गाउाका अब्बास मियाा ठकुराई, करमूल्लाह, मजहर मियाा ठकुराई, रमेश पासवान र बरामुला रामगढवाका बहाव मुखिया खैरो हेरोइन कारोबारका मुख्य नाइके भएका छन् ।
नकरदेहीमा रहेका यी खैरो हेरोइनका कारोबारीहरूले भारतकै दिल्लीबाट खैरो हेरोइन मगाउने गर्छन् भने केही खैरो हेरोइनलाई नकरदेहीस्थित आफ्नै घरमा उत्पादन गर्ने गरेका छन् । पर्सा जिल्लाबाट जाने अफिमको धूलोबाट असलम मियाा ठकुराई, अब्बास मियाा ठकुराई र असरफले खैरो हेरोइन पनि बनाउने गरेको स्रोतले बताएको छ ।
नरकदेहीमा खैरो हेरोइनका मुख्य कारोबारीहरू रहेको रक्सौल थाना प्रभारीलाई थाहा छ । तर त्यहााका जिम्मेवार अधिकृतहरू खैरो हेरोइनका कारोबारीसाग मिलेको हुादा अहिलेसम्म उनीहरूलाई केही हुन सकेको छैन । भरपर्दो स्रोतले दिएको जानकारी अनुसार नकरदेहीमा प्रत्येक साता एकजना कारोबारीले करिब ३० किलोको परिमाणमा खैरो हेरोइन मगाउने गर्छन् । यो परिमाणमा मगाउनेहरू तीनजना छन् र बााकी कारोबारीहरूले साताको करिब १० किलो मगाउने गर्छन् । दिल्लीबाट मगाएको खैरो हेरोइन अहिले यी कारोबारीहरूले नै सीधा डिलिङ गरेर काठमाडौं र पोखरासम्म डेलिभरी दिने गरेका छन् ।
रक्सौलमा ३ लाख ८५ हजार नेपालीमा पाइने खैरो हेरोइन वीरगंजमा ४ देखि सवा चार लाखसम्ममा पाइने गरेको छ भने काठमाडौं र पोखरामा करिब ५ लाखसम्म पर्न जान्छ । रक्सौलमा रहेका भरियालाई परिचालन गरेर कारोबारीहरूले गन्तव्यसम्म पुर्याउने गरेको कारण अहिले यो पेशा नेपाल प्रहरीको निगरानीमा पर्न सकेको छैन । इन्टरनेट र मोबाइल सेवाबाट सीधा सम्पर्कमा रहने हुनाले अहिले नेपालमा रक्सौलका यिनै कारोबारीहरूले बिना कुनै सम्पर्कको कारोबार सञ्चालन गर्दै आइरहेका छन् ।
नेपालका कारोबारीहरूले माग गरेको परिमाणको खैरो हेरोइन भरियामार्फत् ५ देखि १० हजारको खर्चमा गन्तव्यसम्म पुर्याउने काम भइरहेको स्रोतले बतायो । थोकको कारोबार यसरी सञ्चालन गरिरहेका खैरो हेरोइनका कारोबारीहरूले रक्सौलको सोना टाकिजदेखि परियार चोकसम्मको क्षेत्रबाट खुद्रा कारोबार गरिरहेका छन् । खैरो हेरोइन सेवन र खुद्रा कारोबार गर्नेहरूले यो क्षेत्रबाट खरिद गर्ने गर्दछन् । भारतमा प्रतिबन्धित खैरो हेरोइनको कारोबारप्रति भारतीय प्रहरीले निगरानी गरेजस्तो देखाउन यी कारोबारीहरूलाई एकाध पटक पक्रेर मोतीहारी जेल चलान पनि गरिएको छ । तर जमानतमा छुटेर आएका यो समूहले निर्वाधरूपमा कारोबार सञ्चालन गर्दैछन् र रक्सौल प्रहरीले केही गर्न सकेको छैन । डिएसपीदेखि इन्स्पेक्टर र थानेदार सबैले खैरो हेरोइनको कारोबारीसाग मोटो रकम असुल्ने गरेको स्रोतले बताएको छ ।
नेपाल भारत सीमा सुरक्षा अधिकारीहरूको बैठकमा भारतीय अधिकारीले गााजा, चरस र अफिमको कारोबार नेपालबाट भइरहेकोतफ ध्यानाकर्षण गराउने गरेकोमा केही वर्षदेखि सो कारोबार नियन्त्रण गर्ने काम भइसक्दा पनि भारतीय पक्षले भने रक्सौल क्षेत्रबाट नेपाल भित्रिने खैरो हेरोइनका कारोबारीलाई नियन्त्रण गर्नेतर्फ कुनै पहल नगर्दा नेपाली अधिकारीहरूले थप दबाब दिन सकेका छैनन्।
