वीरगंज । महिलाले गरे के हुदैन भनेर पर्सा बन्यजन्तु क्षेत्रको मध्यबर्ती संग जोडीएको मकवानपुरका महिलाहरुले देखाईदिएका छन् । हिजो तस्करहरुले बनफडानी गरि मरुभुमिकरण भएको पर्सा बन्यजन्तु आरक्षको चुरियामाई क्षेत्र अहिले हराभरा मात्र होईन जंगली जनावरको चहल पहलले रमणिय क्षेत्र बन्न पुगेको छ ।
बारा, पर्सा र मकवानपुर साग जोडीएको पर्सा वन्यजन्तु आरक्षअन्तर्गत चुरे क्षेत्रमा वर्षमा २/३ गौरीगाई मारिन्थे । तस्करले आरक्षभित्रै सुकुटी बनाएर लग्थे । स्थानीय सामुदायिक सहजकर्ता कृष्ण स्याङ्तान
का अनुसार २ वर्षअघिसम्म वाषिर्क ३ वटासम्म गौरीगाई मारेको मुद्दा आरक्षमा हुन्थ्यो । स्थानीयवासीका अनुसार यहाको चुरिया क्षेत्रमा गौरीगाई बस्छन् ।
त्यहाबाट चितवन निकुञ्ज ओहोरदोहोर हुन्छ । ’अहिले यसको जिरो पोचिङ छ,’ उनले भने, ’मंसिर १० गते आरक्ष कार्यालयमा सरोकारवालाबीच चोरी……–सिकार शून्य बनाउने सहमति भएको छ ।’ दुइ वर्षअघि यहाा चोरी–सिकारबाहेक काठ निकासी पनि समस्या थियो । बुटादेखि ठूला रूखसम्म काट्ने गरिन्थ्यो ।
अवैध बनफडानीले आरक्षबाहिर हरियाली थिएन । बस्ती आसपास उजाड बनेपछि स्थानीय महिला एकजुट भए । उनीहरूले दुई वर्षअघि मिलेर वन जोगाउन कम्मर कसे । ’जंगल नाङ्गै बनाउने धेरै भेट्यौं,’ चुरियामाई १ की विमला मोक्तानले भनिन्, ’गस्ती जाादा जुधाजुध भो ।’ जंगल फाडानी गर्नेको हासिया खोस्दा हात काटिएको सुनाइन् । तस्करीमा संलग्नलाई ’तिमी मरेपछि एक मुठी चामल पनि लिएर आउादैनौं,’ भनेको उनले सुनाइन् । उनका अनुसार सुरुमा २३ महिलाले मिलेर वन र वन्यजन्तु चोरी–सिकार जागरण महिला समूह बनाएका थिए । दुई किशोरी बिहे गरेर गएपछि २१ जना रहे । ’लाठा काट्न ९/१० जनाको समूह आउाथे,’ स्थानीयवासी दुर्गा गोलेले भनिन्, ’दाउरा काट्दै गरेको ३५ जनाको समूह पक्राउ गर्यौं ।
श्रीमाया थिङका अनुसार संरक्षण गर्ने उद्देश्यले समूह गठन गरिएको थियो । स्थानीय बनेलधाप र बिजौरी दमार सामुदायिक वनले संरक्षणको काम गर्थे । ’स्थानीयवासीले टेर्दैनथे,’ उनले भनिन्, ’जंगल मरुभूमि थियो ।’ उनका अनुसार यहााबाट निकासी गरेको काठ ट्रकमा लादेर राजधानीसम्म पुर्याइथ्यो । ’वन हेरालुले भनेको टेर्न छाडेपछि हामी गयौं,’ उनले भनिन्, ’बञ्चरो र हासिया खोस्यौं ।
महिलाका अनुसार सुरुमा तस्करीमा संलग्नले घरमा आएर मार्ने धम्की दिए । महिला एकजुट भएपछि पहिले नाङ्गै डााडा अहिले मान्छे छिर्न नसक्ने भएको छ । महिलाले भविष्य र हरियाली मध्यवर्ती वनमा गस्ती गर्छन् । दुवैको क्षेत्रफल ८ सय ९६ हेक्टर छ । उनीहरूले सातामा २ पटक नियमित गस्ती गर्छन् । जंगलमा शंकास्पद गतिविधि सञ्चालन भए राति उठेर पनि जाने गरेको बताए ।
महिलाको जाागर देखेर तराई भूपरिधि कार्यक्रमले खाजा खर्च उपलब्ध गराएको छ ।
अध्यक्ष बलराम बलका अनुसार ५ वर्षअघि चुरियामाई उपभोक्ता समिति गठन भएको थियो । त्यसबेला वनको अवस्था नाजुक थियो । सुरुवातमा २ किलोमिटर टाढाको मान्छे देखिन्थ्यो । अहिले ५ सय मिटरमा देख्न सकिन्न । उनका अनुसार महिलाले पहिलोपटक अवैध काम गरेको फेला पारे त्यस्तालाई पुन: नगर्न चेतावनी दिन्छन् । दोस्रोपटक फेला परे वनको विधानअनुसार १ हजारदेखि १ हजार ५ सयसम्म जरिवाना गर्छन् ।
तेस्रोपटक पनि त्यही व्यक्ति फेला परेमा आरक्षको जिम्मा लगाउने गरेका छन् । स्थानीय उपभोक्ताका अनुसार अहिले काठ चोरीमा ७५ प्रतिशत कमी आएको छ । यो बस्तीमा ६० बचत समूह छन् । ’आयआर्जनका लागि जंगल छिर्नै पर्नेलाई समूहबाट ऋण दिएका छौं,’ स्थानीय राममाया गोलेले भनिन्, ’समूहको जमानीमा अदुवा खेती गराउछौं ।’ समूहको लगानीमा १ सयभन्दा बढी वैदेशिक रोजगारीमा छन् ।
