काठमाडौं, वैशाख १९ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले शक्ति पृथकीकरणका बारेमा आफू राम्रोसँग जानकार रहेको भन्दै धेरै अर्तिवुद्धि आवश्यक नभएको बताएका छन् । आज नेपाल चिकित्सक संघका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष रेग्मीले मुलुकमा शक्ति नै नभएका बेला शक्ति पृथक्कीकरणको हौवा पिट्नुको कुनै अर्थ नभएको टिप्पणी पनि गरे ।अन्तर्राष्ट्रिय जगतले आफूलाई त्यत्तिकै समर्थन नगरेको तर्क गर्दै अध्यक्ष रेग्मीले आफ्नो नियुक्ति लोकतान्त्रिक मान्यता र शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको भए ती शक्तिहरुले किन समर्थन गर्थे भन्ने प्रश्न पनि गरे ।
चिकित्सक संघले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्न तथा आगामी आर्थिक बजेटमा स्वास्थ्य क्षेत्रको बजेटमा १० प्रतिशतले बढाउनुपर्ने लगायतका मागहरु सरकार समक्ष पेश गरेको छ ।